अध्यक्ष ओलीसंग काँदमा-काँद मिलाएर जाने हो : माधवकुमार नेपाल



हाम्रो इकोनोमि

 

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपाल समूहबीच सोमबार वार्ता भएको छ । पार्टी कार्यालय धुमबाराहीमा उनीहरुबीच नेकपा एमालेलेलाई एकताबद्ध गरेर अघि बढाउने कुरामा सहमति भयो । यद्यपि पछिल्लो समय चर्केको विवादलाई कसरी सम्बोधन गर्ने भन्नेबारे कुनै ठोस सहमति भने भएन ।

नेपाल समूहले फागुन २३ मा सर्वोच्च अदालतले गरेको फैसलापछि पार्टीले गरेका निर्णयहरु खारेज वा फिर्ता हुनुपर्ने अडान राखेको थियो । नेता नेपालका अनुसार उनीहरुको प्रस्तावमा प्रधानमन्त्री समेत रहेका अध्यक्ष ओलीले सहमति नजनाएको बताएका छन् ।

उनले सुरुमा वार्ता सकारात्मक भएको बताए । यद्यपि अन्त्यमा भने प्रधानमन्त्री ओलीले आफूहरुको पुरानै अवस्थामा फर्किऔँ भन्ने प्रस्तावमा सहमति नगरेकाले वार्ता टर्रो भएको बताए । उनले भने– ‘सुरुवातमा राम्रो कुरा भयो । छुट्टिने बेलामा टर्रो कुरा भयो । यथास्थानमा रहने स्थिति बन्यो । सर्वोच्च अदालतले फैसला गरिसकेको अवस्थामा पूर्व एमालेको जुन पुरानो अवस्था हो, यो अवस्थामा पार्टीको संरचना, पदाधिकारी र सदस्य यथावत स्वीकार गर्ने स्थितिमा जाउँ भनी हामीले भन्यौ । पार्टीलाई एकताबद्ध बनाउँ, आन्दोलनलाई पनि अरु पार्टीलाई पनि समेटेर लैजाने काम गरौं भन्यौ । अरु कुरा भन्दा पनि २८ गतेको उहाँको आफ्नो सानो गुटको भेला हो, त्यसलाई उहाँले केन्द्रीय कमिटीको बैठकको नाम दिनुभएको छ । त्यसैमा कुरा मिलेन ।”

त्यस्तै, उपाध्यक्ष भीम रावलले पनि पछिल्लो अवस्थामै फर्किने प्रस्तवामा कुरा नमिलेको बताए । त्यसैगरी नेता रघुजी पन्तले भने संवादको अवस्था हुनु सरकात्मक भएको बताए । उता ओली पक्षका नेता सुवास नेम्वाङले पार्टी एकताबद्ध गरेर जाने भन्नेमा सबैको एकमत रहेको र पछिल्ला राजनीतिक विषयमा नेताहरुबीच मतान्तर रहेको बताए ।

प्रतिक्रिया दिनुहोस
एमाले: विगतका गल्तीमा आममाफी, आलोचना गरे कारबाही

     नेकपा (एमाले) ले भर्खरै ललितपुरको च्यासलमा सम्पन्न आफ्नो तेस्रो केन्द्रीय कमिटी...

कांग्रेस महाधिवेशनमा सात हजार ११४ प्रतिनिधि, २०० बढी स्वयंसेवक परिचालन

    नेपाली कांग्रेसको १५ औँ महाधिवेशनअन्तर्गत निर्वाचनमा भाग लिने महाधिवेशन प्रतिनिधिको अन्तिम...

कांग्रेसले पदाधिकारीको संख्या बढायो, वरिष्ठ उपसभापति पद थप्ने

    नेपाली कांग्रेसले पदाधिकारीको संख्या बढाउने भएको छ । खुलामञ्चमा बसेको केन्द्रीय...

नेपाली कांग्रेस १५औँ महाधिवेशनको निर्वाचन कार्यतालिका सार्वजनिक

    नेपाली कांग्रेसको आइतबारदेखि सुरु भएको १५औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत आजदेखि बन्दसत्र हुने...