केपी ओली र माधव नेपाल पक्षबीच मिलेर जाने सहमति



हाम्रो इकोनोमि

 

 

प्रधानमन्त्री तथा अध्यक्ष ओलीले केही समय लिएर लामै कुरा राखेका थिए । वार्तामा सहभागी नेताका अनुसार ओलीले मार्मिकरूपमा आफूमाथि प्रचण्डसँग मिलेर माधव नेपाल पक्षले सकेजति सबै ज्यादती गरेको भन्दै तर अब बिगत सम्झेर बदला लिने सोच आफूमा नरहेको बताएका थिए । ओलीको भनाइ उदृत गर्दै ती नेताले भने, ‘तपाईंहरूले त सक्ने भए मलाई के बाँकी राख्नुहुन्थ्यो । एउटा बच्चालाई लगेर ढुंगामा बजारेको जसरी तपाईंहरूले केही बाँकी राख्नुभएन । अदालतको फैसलापछि एउटा स्थितिले मेरो राजनीतिक जीवन जोगिएको हो नत्र सिध्याउनै लाग्नुभएको थियो । मैले तपाईंहरूबाट अपेक्षा गर्ने भनेको त्यो गल्तीको रियलाइजेशन हो । सबै कुरा कोट्याएर जान चाहान्न ।’

ओलीले अदालतको फैसलाबाट एमाले पुनःस्थापित नभएको भए आफ्नो राजनीतिक जीवन नै धरापमा परेको सुनाएका थिए । आफ्नै अध्यक्षलाई चार-चारपटक निष्कासनको घोषणा गरेको, फौजदारी अभियोग लगाइएकाजस्ता प्रसंग उठाउँदै ओलीले सक्नेजति गरेर पनि नसकेपछि अदालतको फैसलाबाट नयाँ ठाउँमा पुगिएको बताए । वार्तामा सहभागी एमाले संसदीय दलका उपनेता तथा स्थायी कमिटी सदस्य सुवास नेम्वाङले प्रधानमन्त्रीले हिजो आफूमाथि गरिएका भद्दा कारबाहीहरूको प्रसंग उठाएपनि ती कुरा बिर्सेर पार्टीलाई एकताबद्धरूपमा अघि बढाउन तयार रहेको बताए । कुरा गर्दै नेम्वाङले हिजो अर्को पक्षसँग मिलेर गरिएका त्यस्ता कुराप्रति आत्मालोचित हुनु राम्रो हुने बताए ।

नेम्वाङले भने, ‘साथीभाइहरूले सक्नेजति त गरेकै हुन् । हिजो गल्ती भयो भनेर आउनु धेरै राम्रो हुन्छ । तरपनि प्रधानमन्त्री तथा पार्टी अध्यक्षले हिजोका कुरा बिर्सेर अघि बढौं भन्नुभएको छ । सर्वोच्च अदालतले एमाले पार्टी फिर्ता आएको छ, यसलाई एकताबद्ध बनाउँ भन्नुभयो । तर, उहाँहरू सहमत भइसक्नुभएको छैन ।’ वार्तामा सहभागी एमाले उपाध्यक्ष भीम रावलले भने तीन महिनापछि एकै ठाउँमा बसेर वार्ता गर्ने बाहेक ठोस कुनै प्रगति नभएको प्रतिक्रिया दिए । कुरा गर्दै रावलले अध्यक्ष ओली फागुन २८ को निर्णयबाट पछि नहट्ने देखिएकाले आफूहरू राष्ट्रिय भेलासहितका गतिविधिमै रहने बताए ।

एमाले प्रवक्ता प्रदीप ज्ञवालीले वार्ता हुनु आफैंमा सकारात्मक रहेको र यसले पार्टीलाई एकताबद्ध राख्नुपर्छ भन्ने पंक्तिलाई बल पुगेको बताए । तर, फागुन २८ गतेको विशेष केन्द्रीय कमिटीको निर्णय भने कार्यन्वयनमा गइसकेको ज्ञवालीको भनाइ छ । फागुन २८ को निर्णयबाट आफू पछि नहट्ने ओलीले प्रष्ट पारेपछि नेपाल पक्ष अब एकताको सम्भावना नरहेको निष्कर्षमा पुगेको छ । यद्यपि छलफल जारी राखिने रावलले बताए ।

प्रतिक्रिया दिनुहोस
यस्ता छन आजको मन्त्रिपरिषद् बैठकका निर्णयहरु

    सरकारले लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृत पदमा याङ्की उक्याबलाई नियुक्ति नियुक्त...

सडकमा जाने तयारी गर्न पार्टीपंक्तिलाई शंकर पोखरेलको निर्देशन

    नेकपा एमालेका महासचिव शंकर पोखरेलले सरकारको स्वेच्छाचारिता रोक्नको लागि एमाले सडकमा...

कोशीका मुख्यमन्त्री हिक्मत कार्कीले राजीनामा नदिने

    नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले...

ओली निवास गुण्डुमा ढले जगन्नाथ थपलिया

    बागमती प्रदेशका एमाले संसदीय दलका नेता जगन्नाथ थपलिया हिजो राति अध्यक्ष...