विजय गच्छदारलाई पक्राउ गर्ने तयारी



हाम्रो इकोनोमि

 

बालुवाटारस्थित ललिता निवासको सरकारी जग्गा हिनामिना प्रकरणका मुख्य आरोपितमध्ये एक हुन, नेपाली कांग्रेसका उपसभापतिसमेत रहेका विजयकुमार गच्छदार । बालुवाटारको १ सय ३६ रोपनी सरकारी जग्गा व्यक्तिका नाममा लगेको अभियोगमा अख्तियारले २२ माघ २०७६ मा गच्छदारसहित एक सय ७५ विरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको थियो ।

तत्कालीन भौतिक मन्त्री हुँदा सरकारी जग्गालाई व्यक्तिका नाममा लैजाने गरी मन्त्रिपरिषदमा प्रस्ताव लगेका उनीविरुद्ध ९ करोड ६५ लाख ७६ हजार रुपैयाँ बिगो दाबी गर्दै मुद्दा दायर गरिएको हो । तर अदालतमा मुद्दा दायर भएको १ वर्ष गुज्रिसके पनि उनी अहिलेसम्म अदालतमा उपस्थित भएका छैनन् । अर्थात् अदालतको नजरमा बेपत्ता छन् ।  यो मुद्दामा हाजिर गराउन विशेष अदालतले २०७६ फागुन २० मा गच्छदारको स्थायी ठेगाना रहेको सुनसरी जिल्ला अदालतलाई भनेको थियो । तर, एक वर्ष कटिसक्दा पनि  उनको म्याद तामेल हुन सकेको छैन । उनी आफैंले पनि अहिलेसम्म म्याद बुझेका छैनन् ।

पक्राउ गर्ने तयारी 

अदालतमा मुद्दा दायर भएर वयानका लागि बोलाउन म्याद तामेल गर्नेबारे चार विकल्प कानुनले परिकल्पना गरेको छ । पहिलो हो, सम्बन्धित प्रतिवादी आफैंले म्याद बुझ्ने । प्रतिवादीले नबुझे परिवारका सदस्यले पनि बुझ्न सक्ने व्यवस्था अदालतले गरेको छ । परिवारका सदस्यले नबुझेको खण्डमा घर ठेगानामा म्याद टाँस गर्ने कानुनी प्रक्रिया पनि छ ।कानुनअनुसार ४ वटै विकल्पबाट म्याद तामेल हुन नसकेको अवस्थामा अर्को विकल्प अदालतसँग रहन्छ । त्यो हो– वेपत्ते सूचना जारी गरेर पक्राउ गर्ने । हो, अहिले अदालतले गच्छदारलाई अदालतमा हाजिर गराउन यही विकल्प प्रयोग गर्ने तयारी गरेको श्रोत बताउछ । ‘वयानका लागि अभियुक्त हाजिर नभए अदालतले त्यस्ता व्यक्तिलाई पक्राउ गर्न आदेश दिनसक्छ,’ विशेष अदालत श्रोतले भन्यो, ‘गच्छदारले १ वर्षदेखि अदालतमा हाजिर हुन आनाकानी गरेकाले पक्राउ गर्ने तयारी गरिएको छ ।’

मुद्दामा बिलम्व 

गच्छदारसँगै सोही प्रकरणका अर्की प्रतिवादी माधवी सुवेदीलाई पनि म्याद तामेल हुन सकेको छैन । तर मुद्दाका १ सय ३५ जना प्रतिवादी अदालत हाजिर भएर बयान दिइसकेका छन् ।  तर गच्छदारकै कारण बालुवाटार जग्गा हिनामिना मुद्दा लम्बिने जोखिम बढेको विशेष अदालत श्रोत बताउँछ । ‘बालुवाटार जग्गा हिनामिना प्रकरणमा जोडिएका १ सय ३५ प्रतिवादीसँग वयान भइसके पनि पूर्व उपप्रधानमन्त्री गच्छदार अदालतमा उपस्थित नहुँदा मुद्दा किनारामा बिलम्व हुने खतरा बढेर गएको छ,’ श्रोतले भन्यो साँघु अनलाईनले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
एमाले: विगतका गल्तीमा आममाफी, आलोचना गरे कारबाही

     नेकपा (एमाले) ले भर्खरै ललितपुरको च्यासलमा सम्पन्न आफ्नो तेस्रो केन्द्रीय कमिटी...

कांग्रेस महाधिवेशनमा सात हजार ११४ प्रतिनिधि, २०० बढी स्वयंसेवक परिचालन

    नेपाली कांग्रेसको १५ औँ महाधिवेशनअन्तर्गत निर्वाचनमा भाग लिने महाधिवेशन प्रतिनिधिको अन्तिम...

कांग्रेसले पदाधिकारीको संख्या बढायो, वरिष्ठ उपसभापति पद थप्ने

    नेपाली कांग्रेसले पदाधिकारीको संख्या बढाउने भएको छ । खुलामञ्चमा बसेको केन्द्रीय...

नेपाली कांग्रेस १५औँ महाधिवेशनको निर्वाचन कार्यतालिका सार्वजनिक

    नेपाली कांग्रेसको आइतबारदेखि सुरु भएको १५औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत आजदेखि बन्दसत्र हुने...