पार्टीबाट ‘माओवादी’ हटाउँदैछन् प्रचण्ड



हाम्रो इकोनोमि

 

नेकपा माओवादी केन्द्रले पार्टीको नाम फेरेर ‘नेपाली कम्युनिष्ट पार्टी बनाउने प्रस्ताव अगाडि सारेको छ । पार्टी कार्यालय पेरिसडाँडामा जारी केन्द्रीय कमिटी बैठकमा पार्टीको नाम फेर्ने प्रस्ताव गरिएसँगै उल्लेखित नामको चर्चा बाहिरिएको हो । पार्टी अध्यक्ष प्रचण्डले नै पार्टीको नाम फर्ने प्रस्ताव राखेको बताइएको छ ।

यसअघि बसेको स्थायी कमिटी बैठकमा समेत उक्त नामबारे छलफल भएको बताइएको छ । एमालेसँग एकीकरण गरेर नेपाल कम्युनिष्ट पार्टी (नेकपा) बनाइएको भए पनि एकीकरण बदर भएर एमाले र माओवादी केन्द्र पुन ब्युँतिएका छन् ।

तर प्रचण्डले भने पुनः आफ्नो पार्टीको नामबाट ‘माओवादी केन्द्र’ हटाउने कोशिस गरिरहेका छन् । माओवादीको नाम बोकिरहँदा अनेक लाञ्छना व्यहोर्दै आएका प्रचण्ड माओवादीबाट मुक्त हुन चाहेको टिप्पणी गरिएको छ ।

प्रतिक्रिया दिनुहोस
एमाले: विगतका गल्तीमा आममाफी, आलोचना गरे कारबाही

     नेकपा (एमाले) ले भर्खरै ललितपुरको च्यासलमा सम्पन्न आफ्नो तेस्रो केन्द्रीय कमिटी...

कांग्रेस महाधिवेशनमा सात हजार ११४ प्रतिनिधि, २०० बढी स्वयंसेवक परिचालन

    नेपाली कांग्रेसको १५ औँ महाधिवेशनअन्तर्गत निर्वाचनमा भाग लिने महाधिवेशन प्रतिनिधिको अन्तिम...

कांग्रेसले पदाधिकारीको संख्या बढायो, वरिष्ठ उपसभापति पद थप्ने

    नेपाली कांग्रेसले पदाधिकारीको संख्या बढाउने भएको छ । खुलामञ्चमा बसेको केन्द्रीय...

नेपाली कांग्रेस १५औँ महाधिवेशनको निर्वाचन कार्यतालिका सार्वजनिक

    नेपाली कांग्रेसको आइतबारदेखि सुरु भएको १५औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत आजदेखि बन्दसत्र हुने...