माओवादी छाडेर एमालेमा आए १३ सांसद (सूचीसहित)



हाम्रो इकोनोमि

 

नेकपा माओवादी (केन्द्र) ले दिएको २४ घण्टे म्यादभित्र नेकपा एमालेमा लागेका कुनै पनि सांसद नफर्किएपछि आज बस्ने केन्द्रीय कमिटी बैठकले कारबाही प्रक्रिया अघि बढाउने सम्भावना छ । सर्वोच्च अदालतले एमाले र माओवादी ब्युँताइदिएपछि संघीय संसद र प्रदेशसभाका गरी १३ जना प्रत्यक्ष निर्वाचित सांसद एमालेको केन्द्रीय कमिटी सदस्यमा मनोनीत भएका छन् ।

पुस ५ गते प्रधानमन्त्रीले प्रतिनिधिसभा विघटन गरेपछि विभाजित भएको तत्कालीन नेकपाको ओली पक्षमा लागेका प्रदेश सांसदहरू एमाले, माओवादी ब्युँतिएपछि माओवादीमा फर्किन चाहेनन् । उनीहरूले बरु सांसद पद त्याग्न तयार रहेको तर ओलीलाई छाड्न नसकिने बताए । माओवादीले दल त्याग गरेका सांसदहरूको संसद सदस्यता खारेजीका लागि कानूनी प्रक्रिया अघि बढाउने भनिसकेको छ । यद्यपि यसका विभिन्न चरणहरु पार गरेपछिमात्र संसद सदस्यता रिक्त हुनेछ ।

प्रतिनिधिसभामा ५३ सिट रहेको माओवादी केन्द्रका चारजना सांसद एमालेमा लागेका छन् । उनीहरू माओवादीमा नफर्किने निश्चित भएकाले अब प्रतिनिधिसभामा माओवादी पार्टी ४९ सिटमा सिमित भएको छ । त्यस्तै राष्ट्रियसभाका दुईजना सांसद एमालेमा लागेका छन् । प्रदेशसभातर्फ प्रदेश १ का एकजना, प्रदेश २ का एकजना, लुम्बिनीका दुईजना, कर्णालीका २ जना र सुदूरपश्चिमका एकजना प्रदेशसभा सदस्य माओवादी छाडेर एमाले बनेका छन् ।

प्रतिनिधिसभा

१. टोपवहादुर रायमाझी, अर्घाखाँची

२. लेखराज भट्ट,कैलाली- ४

३. गौरीशंकर चौधरी, कैलाली-३

४. प्रभु साह, रौतहट ३

राष्ट्रियसभा

१. रामबहादुर थापा ‘बादल’

२. चन्द्रबहादुर खड्का

प्रदेशसभा

१. टंक आङवोहाङ,ताप्लेजुङ

२. ज्वालाकुमारी साह,बारा

३. दधिराम न्यौपाने, रुपन्देही

४. दिनेश पन्थी,गुल्मी

५. ठम्मर विष्ट, सुर्खेत

६. धर्मराज रेग्मी, दैलेख

७. झपट बोहरा, अछाम

प्रतिक्रिया दिनुहोस
एमाले: विगतका गल्तीमा आममाफी, आलोचना गरे कारबाही

     नेकपा (एमाले) ले भर्खरै ललितपुरको च्यासलमा सम्पन्न आफ्नो तेस्रो केन्द्रीय कमिटी...

कांग्रेस महाधिवेशनमा सात हजार ११४ प्रतिनिधि, २०० बढी स्वयंसेवक परिचालन

    नेपाली कांग्रेसको १५ औँ महाधिवेशनअन्तर्गत निर्वाचनमा भाग लिने महाधिवेशन प्रतिनिधिको अन्तिम...

कांग्रेसले पदाधिकारीको संख्या बढायो, वरिष्ठ उपसभापति पद थप्ने

    नेपाली कांग्रेसले पदाधिकारीको संख्या बढाउने भएको छ । खुलामञ्चमा बसेको केन्द्रीय...

नेपाली कांग्रेस १५औँ महाधिवेशनको निर्वाचन कार्यतालिका सार्वजनिक

    नेपाली कांग्रेसको आइतबारदेखि सुरु भएको १५औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत आजदेखि बन्दसत्र हुने...