अनेमसंघको वृहत् राष्ट्रिय महिला कार्यकर्ता भेला हुँदै



हाम्रो इकोनोमि

 

 

आठ मार्चको अवसर पारेर दशहजार महिलाको सहभागितामा शनिवार राजधानीमा बृहत् राष्ट्रिय महिला भेला हुने भएको छ । अखिल नेपाल महिला सङ्घ –(अनेमसंघ) द्वारा शुक्रवार राजधानीमा कार्यक्रमको पूर्वसन्ध्यामा आयोजित पत्रकार सम्मेलनमा १११ औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसमा सङ्घले ‘संविधानको पूर्ण कार्यान्वयन गर्दै महिला समानता सुनिश्चित गरौं’ भन्ने नारासहित उक्त भेला सम्पन्न गर्ने जानकारी दिएको हो ।

सम्मेलनमा अनेम सङ्घका संयोजक सीता पौडेलले नेपाली महिलाको हरेक क्षेत्रमा ३३ प्रतिशतको सहभागिताको ग्यारेन्टीको माग राजनीतिक रुपमा सफल देखिनु, नीतिकै कारण भएको भन्दै अन्य क्षेत्रमा पनि त्यस अवधारणा लागु हुनुपर्ने मागलाई भेलाले वृहत् रुपमा उठाउने बताउनुभयो ।

उहाँले भन्नुभयो,‘लैङ्गीक समानताको माग गरिरहँदा राजनीतिक क्षेत्रमा मात्र होइन, आर्थिक, सामाजिक र सांस्कृतिक रुपमा पनि महिलाको सार्थक सहभागिता हुनुपर्ने आवश्यकतालाई व्यवहारमा लागू गर्ने, भेलामा सहभागी महिलालाई प्रशिक्षत गर्ने लक्ष्य लिएका छौँ ।’ त्यस्तै अभिव्यक्ति स्वतन्त्रताको नाममा व्यक्तिगत आक्षेप लगाउने क्रम बढेकोले आगामी दिनमा कसैले पनि त्यस्तो अभिव्यक्तिहरु नदिने वातावरण बनाउन पनि सामुहिक आवाज उठाइने उहाँले सुनाउनुभयो ।

कार्यक्रममा अनेम सङ्घका सचिव सुजिता शाक्यले आर्थिक, राजनीतिक, सामाजिकलगायतका सबै क्षेत्रमा कम्तिमा ३३ प्रतिशत महिला सहभागिताको सुनिश्चिता हुनुपर्ने, महिला र बालबालिकामाथि हुने यौनजन्य, हत्या, हिंसा र बलात्कारजस्ता जघन्य अपराधको अन्त्यका लागि सरकारसँग विशेष कार्यदल बनाएर अनुसन्धानसहित तत्काल अपराधीलाई कडा कारवाहीको माग गर्नेसहितका घोषणा पत्र भेलाबाट घोषणा गर्ने योजना रहेको बताउनुभयो ।

अनेम सङ्घका केन्द्रीय सदस्य एवं प्रचार प्रसार संयोजक शर्मिला कार्कीले अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको सन्दर्भमा सङ्घले साताव्यापी सन्देशमुलक कार्यक्रम गरिरहेको जानकारी दिँदै आगामी निर्वाचनमा अझ बढी भन्दा बढी महिलालाई राजनीतिक सहभागीताका लागि उर्जा प्रदान गर्ने प्रयास स्वरुप भेलाको आयोजना गरिएको बताउनुभयो ।

नेपालको जनसंख्याको हिसावमा पनि महिलाको सहभागिता हरेक क्षेत्रमा बढ्दै जानुपर्ने परिप्रैक्ष्यमा नीति निर्माणको तहमा पुग्ने बाटो राजनीतिक पाटो पनि महिलाका लागि महत्वपूर्ण कडी रहेकोले सङ्घले राजनीतिक सहभागीतालाई प्रेरित गर्दै जाने संयोजक कार्कीले बताउनुभयो । संघले अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस वि.स. २०३७ सालदेखि विविध कार्यक्रमको आयोजना गर्दै मनाउँदै आएको छ भने नेपाल सरकारले पनि यस दिवसलाई महत्व दिँदै आएको छ ।

प्रतिक्रिया दिनुहोस
गोलभेँडा फालेर माइतीघर मण्डलामा किसानको प्रदर्शन

  तरकारी किसानहरूले बुधबार काठमाडौंको माइतीघर मण्डलामा गोलभेँडा सडकमा फालेर सरकारविरुद्ध विरोध प्रदर्शन...

सिंहदरबार अगाडि मोटरसाइकल पार्किङ गरेर अखिलको प्रदर्शन, ६ विद्यार्थी नेता पक्राउ

    सिंहदरबार अगाडि मोटरसाइकल पार्किङ गरेर प्रदर्शनमा उत्रिएका नेकपा एमाले निकट विद्यार्थी...

इरानका पुल र विद्युत केन्द्र ध्वस्त पार्ने ट्रम्पको धम्की

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरान वार्तामा नफर्किए अर्को हप्तादेखि त्यहाँका पुल...

सरकारको विरोध गर्दा गोली हान्ने धम्की आयो : ऐन महर

    प्रतिपक्षी दल नेकपा एमालेका प्रमुख सचेतक ऐन महरले गुण र दोषको...