एमालेमा अध्यक्ष र महासचिव बाहेकका पद खारेज, मंसिरमा महाधिवेशन



हाम्रो इकोनोमि

 

नेकपा एमालेको केन्द्रीय कमिटी बैठकले अध्यक्ष र महासचिवबाहेकका सबै पद खारेज गर्दै महाधिवेशनको मिति तय गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको बैठकले उपाध्यक्ष, उपमहासचिव, सचिवलगायत पद खारेज गरेको हो ।निर्णयसँगै अब एमालेमा अध्यक्ष र महासचिवबाहेक पदाधिकारी नहुने भएका छन् । पार्टी प्रवक्ताको जिम्मेवारी भने प्रदीपकुमार ज्ञवालीलाई तोकिएको छ । यसअघि नेकपाको दुई समुह हुँदा पनि उहालाई नै प्रवक्ताको जिम्मेवारी दिइएको थियो ।

बैठकले नेकपा माओवादी केन्द्रबाट एमालेमा आउनु भएका रामबहादुर थापा ‘बादल’ सहित २३ जना नेतालाई केन्द्रीय कमिटी सदस्य बनाउने निर्णय गरेको पार्टीका केन्द्रीय सदस्य सूर्य थापाले जानकारी दिनुभयो । योसँगै अब एमालेको केन्द्रीय कमिटी सदस्य सङ्ख्या दुई सय ६४ पुगेको छ ।

एमालेले सातै प्रदेशका इन्चार्ज पनि तोकेको छ । जसअनुसार बादललाई बागमती प्रदेश कमिटीको इन्चार्जको जिम्मेवारीसमेत दिइएको छ । प्रदेश १ मा सुवासचन्द्र नेम्वाङ, प्रदेश दुईमा सत्यनाराण मण्डल, प्रदेश चारमा पृथ्वीसब्बा गुरुङ, लुम्बिनीमा शंकर पोखरेल, कर्णालीमा यमलाल कडेँल र सुदूरपश्चिम प्रदेशमा लेखराज भट्टलाई इन्चार्ज बनाउने निर्णय गरेको छ । यसैबीच, एमालेको महाधिवेशन २०७८ मंसिरमा गर्ने निर्णय पनि बैठकले गरेको छ । पार्टीको १०औं महाधिवेशन आगामी मङ्सिर २ देखि ६ गतेसम्म गर्ने निर्णय भएको छ ।

प्रतिक्रिया दिनुहोस
आनीको नियुक्तिप्रति कांग्रेसको पनि आपत्ति

    लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्माको नियुक्तिलाई लिएर प्रमुख प्रतिपक्षी...

बैंकहरूको गैरबैंकिङ सम्पत्ति ४७ अर्ब नाघ्यो

    वाणिज्य बैंकहरूमा कर्जा असुली तथा धितो व्यवस्थापनसँग जोडिएको गैरबैंकिङ सम्पत्तिको आकार...

बजारमा चलनचल्तीको मुद्रा ९ खर्ब नजिक

    दसैँको चहलपहलसँगै नेपाली बजारमा नगदको प्रवाह उल्लेख्य रूपमा बढेको छ ।...

कुरिनटारमा ट्रक, बस र माइक्रो दुर्घटना हुँदा ११ जना घाइते

    चितवनको ईच्छाकामना–४ धारापानीस्थित पृथ्वी लोकमार्गमा ट्रक , बस र माइक्रो एकआपसमा...