बरु सांसद पद छाडिन्छ, ओलीको साथ छाडिन्न : मन्त्री रायमाझी



हाम्रो इकोनोमि

 

ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री टोपबहादुर रायमाझीले प्रधानमन्त्री केपी शर्मा ओलीको साथ नछाड्ने बताएका छन् । नेकपा एमालेले बिहीबार पोखरामा गरेको कार्यकर्ता भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री रायमाझीले सांसद पद अहिले आफूलाई गौण कुरा भएको बताएका हुन् ।

‘विचार, राजनीति, योजना कार्यक्रम जोगाउन लाग्ने कि संसद जोगाउन लाग्ने ? उहाँले भनिसकेपछि त विचार छोडियो भने विचलित भइन्छ’ मन्त्री रायमाझीले भने, ‘मेरो अर्थमा सांसद पद गौण भा’छ अहिले । सांसद पद बचाउन हामी हिंड्ने पक्षमा छैनौं ।’

सर्वोच्च अदालतकाे फैसलाले एमाले, माओवादी केन्द्र ब्युँतिएपछि उनी अहिले एमालेको पक्षमा लागेका छन् । माओवादीबाट चुनाव जितेका मन्त्री रायमाझी अहिले पार्टी ब्युँतिएपछि एमालेतिर लागेका हुन् ।

मन्त्री रायमाझीले माओवादी केन्द्रले अर्को पार्टीसँग मिलेर सत्ता चलाउने अवस्था पनि नरहेको बताए । उनले भने, ‘प्रचण्डजी र माओवादी केन्द्रसित त हामी यसै पनि लडिराखेका थियौं । जति छन् त्यतिले जसपा, कांग्रेससँग मिलेर सरकार बनाउने सम्भावना एकदमै कम छ । एक प्रतिशत पनि छैन ।’

कार्यकर्ता भेटघाट कार्यक्रममा मन्त्री रायमाझीले भने–

संसद पुनःस्थापनापछि साथीहरु (माओवादी–माधव पक्षीय) खुसी हुनुभो । अबिर जात्रा गर्नु भो, ठीकै भो । उहाँहरु मात्रै होइन हामी पनि खुशी भयौं । …त्यति हौसिनुपर्ने त जरुरी थिएन । त्यो पनि ठीकै भो ।

संसद पुनःस्थापनापछि संसदको बैठकमा प्रधानमन्त्रीको हैसियतको हुनुहुन्छ नि त केपी शर्मा ओली संसद रोक्दिनु भो । जो साथीहरु संसदको माग हामी त चुनावको माग गर्याथ्यौं । हामी बरु त्यहाँ बस्यौं । एमालेमात्रै त्यहाँ बस्यो । कांग्रेस पनि बाहिर गयो । उल्टै म काँ छु भन्नेबेला भो ।…. पुरानै समूहमा फर्किनुस् भनिसकेपछि प्रचण्ड र माधवकुमार नेपालजीको त्यो कुरा आइराथ्यो । माधवजी त यता हाम्रोतिर फर्किसक्नुभाछ ।

प्रचण्डजी र माओवादी केन्द्रसित त हामी यसै पनि लडिराखेका थियौं । जति छन् त्यतिले जसपा, कांग्रेससँग मिलेर सरकार बनाउने कुरा एकदमै कम छ । १ प्रतिशत पनि छैन । त्यो सरकार बनाउने भयो भने कांग्रेसको २ वटा फ्याक्टर छ । त्यसले हुन दिंदैन ।

प्रचण्डजीले देउवालाई प्रधानमन्त्री बनाउने प्रस्ताव राखिराख्नु भाछ । त्यो अर्को पक्षले मान्नेवाला छैन । जसपा पूरै चाहिन्छ । हुँदाखाँदाको आफ्नो कम्युनिस्टको प्रधानमन्त्री केपी शर्मा ओली सर्वसम्मत पहिलो अध्यक्ष छोडेर चुनाव लड्दा कम्युनिस्टको घोषणा पत्र लिएर लडेका थियौं । कम्युनिस्टलाई नेतृत्व जिम्मेवारी दिन थ्यो । देउवालाई प्रधानमन्त्री बनाउन होइन । बनाइहाल्नु भो भने पनि चल्दैन ।

हामी प्रतिपक्षमा बस्छौं र देशव्यापी रुपमा पहिलो सरकार, बहुमतको बलियो सरकार बनाउँछौं । कांग्रेस पार्टीको प्रधानमन्त्री बनाउनेलाई भोट दिंदैनन् । जनविरोधी यो नराम्रो कुरा अहिले प्रयोग नगरौं । उहाँहरु त बेठीक हुन् ।

हिजोको संसदमा अविश्वासको मत लिएर प्रधानमन्त्री फिर्ता लिन सक्नुहुन्थ्यो । सक्नुभएन । अहिले पनि हाम्रै पार्टी (नेकपा एमाले)लाई छ । झलनाथ, माधवजीहरु आफ्नो सांसदहरु बोकेर आइसक्नु भो । भैंसी हिंडेन भने पाडोपाडी पछिपछि हिंड्नै पर्‍यो । हाम्रो एमाले छँदैछ । अब एउटा सानो दल आए भइहाल्छ ।

प्रतिक्रिया दिनुहोस
गोलभेँडा फालेर माइतीघर मण्डलामा किसानको प्रदर्शन

  तरकारी किसानहरूले बुधबार काठमाडौंको माइतीघर मण्डलामा गोलभेँडा सडकमा फालेर सरकारविरुद्ध विरोध प्रदर्शन...

सिंहदरबार अगाडि मोटरसाइकल पार्किङ गरेर अखिलको प्रदर्शन, ६ विद्यार्थी नेता पक्राउ

    सिंहदरबार अगाडि मोटरसाइकल पार्किङ गरेर प्रदर्शनमा उत्रिएका नेकपा एमाले निकट विद्यार्थी...

इरानका पुल र विद्युत केन्द्र ध्वस्त पार्ने ट्रम्पको धम्की

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरान वार्तामा नफर्किए अर्को हप्तादेखि त्यहाँका पुल...

सरकारको विरोध गर्दा गोली हान्ने धम्की आयो : ऐन महर

    प्रतिपक्षी दल नेकपा एमालेका प्रमुख सचेतक ऐन महरले गुण र दोषको...