प्रचण्डको प्रस्ताव कांग्रेस सभापति देउवाद्वारा अस्विकार



हाम्रो इकोनोमि

 

प्रमुख विपक्षी नेपाली कांग्रेसका सभापति शेरवहादुर देउवाले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राखेको प्रधानमन्त्रीको अफर अस्विकार गरिदिनु भएको छ । उहाले कम्युनिष्ट र विशेषगरी प्रचण्डको भर नहुने भएकाले आफु प्रधानमन्त्री नबन्ने स्पष्ट पार्नुभएको हो ।

बुढानीलकण्ठ निवास पुगेका कांग्रेस सम्बद्ध आदिवासी जनजाति नेताहरूसँग भेटमा देउवाले आफ्नो एकमात्र उद्देश्य फेरि पार्टी सभापति हुने रहेकाले प्रधानमन्त्री पदसँग आफ्नो रुचि नरहेको बताउनु भयो । ‘मलाई प्रधानमन्त्रीसँग मतलब छैन र यिनीहरुको (कम्युनिष्‍ट) विश्वास छैन । अहिले जसरी पनि सभापति हुने हो, महाधिवेशनबाट एकपटक पार्टी फेरि हाँक्ने हो’, उहाको भनाई उदृत गर्दै एक जनजाति नेताले भन्नुभयो ।

सभापति देउवाले प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध अविश्वासको प्रस्ताव ल्याउने पनि आफुहरुको रुचि नभएको स्पष्ट पार्नुभयो । उहाले अविश्वासको प्रस्ताव ल्याउने, हटाउने, फेरी विश्वासको मत लिने यस्ता कार्यमा आफ्नो रुचि नभएको बताउनु भयो ।

प्रतिक्रिया दिनुहोस
एमाले: विगतका गल्तीमा आममाफी, आलोचना गरे कारबाही

     नेकपा (एमाले) ले भर्खरै ललितपुरको च्यासलमा सम्पन्न आफ्नो तेस्रो केन्द्रीय कमिटी...

कांग्रेस महाधिवेशनमा सात हजार ११४ प्रतिनिधि, २०० बढी स्वयंसेवक परिचालन

    नेपाली कांग्रेसको १५ औँ महाधिवेशनअन्तर्गत निर्वाचनमा भाग लिने महाधिवेशन प्रतिनिधिको अन्तिम...

कांग्रेसले पदाधिकारीको संख्या बढायो, वरिष्ठ उपसभापति पद थप्ने

    नेपाली कांग्रेसले पदाधिकारीको संख्या बढाउने भएको छ । खुलामञ्चमा बसेको केन्द्रीय...

नेपाली कांग्रेस १५औँ महाधिवेशनको निर्वाचन कार्यतालिका सार्वजनिक

    नेपाली कांग्रेसको आइतबारदेखि सुरु भएको १५औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत आजदेखि बन्दसत्र हुने...