प्रचण्डको प्रस्ताव कांग्रेस सभापति देउवाद्वारा अस्विकार



हाम्रो इकोनोमि

 

प्रमुख विपक्षी नेपाली कांग्रेसका सभापति शेरवहादुर देउवाले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राखेको प्रधानमन्त्रीको अफर अस्विकार गरिदिनु भएको छ । उहाले कम्युनिष्ट र विशेषगरी प्रचण्डको भर नहुने भएकाले आफु प्रधानमन्त्री नबन्ने स्पष्ट पार्नुभएको हो ।

बुढानीलकण्ठ निवास पुगेका कांग्रेस सम्बद्ध आदिवासी जनजाति नेताहरूसँग भेटमा देउवाले आफ्नो एकमात्र उद्देश्य फेरि पार्टी सभापति हुने रहेकाले प्रधानमन्त्री पदसँग आफ्नो रुचि नरहेको बताउनु भयो । ‘मलाई प्रधानमन्त्रीसँग मतलब छैन र यिनीहरुको (कम्युनिष्‍ट) विश्वास छैन । अहिले जसरी पनि सभापति हुने हो, महाधिवेशनबाट एकपटक पार्टी फेरि हाँक्ने हो’, उहाको भनाई उदृत गर्दै एक जनजाति नेताले भन्नुभयो ।

सभापति देउवाले प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध अविश्वासको प्रस्ताव ल्याउने पनि आफुहरुको रुचि नभएको स्पष्ट पार्नुभयो । उहाले अविश्वासको प्रस्ताव ल्याउने, हटाउने, फेरी विश्वासको मत लिने यस्ता कार्यमा आफ्नो रुचि नभएको बताउनु भयो ।

प्रतिक्रिया दिनुहोस
आनीको नियुक्तिप्रति कांग्रेसको पनि आपत्ति

    लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्माको नियुक्तिलाई लिएर प्रमुख प्रतिपक्षी...

बैंकहरूको गैरबैंकिङ सम्पत्ति ४७ अर्ब नाघ्यो

    वाणिज्य बैंकहरूमा कर्जा असुली तथा धितो व्यवस्थापनसँग जोडिएको गैरबैंकिङ सम्पत्तिको आकार...

बजारमा चलनचल्तीको मुद्रा ९ खर्ब नजिक

    दसैँको चहलपहलसँगै नेपाली बजारमा नगदको प्रवाह उल्लेख्य रूपमा बढेको छ ।...

कुरिनटारमा ट्रक, बस र माइक्रो दुर्घटना हुँदा ११ जना घाइते

    चितवनको ईच्छाकामना–४ धारापानीस्थित पृथ्वी लोकमार्गमा ट्रक , बस र माइक्रो एकआपसमा...