माधव नेपाल गुट केन्द्रीय सदस्यहरूको बेग्लै भेला



हाम्रो इकोनोमि

 

नेकपा एमालेको माधव नेपाल पक्षले केन्द्रीय सदस्यहरूको भेला बोलाएको छ । सर्वोच्च अदालतको फैसलापछि एमाले ब्युँतिएसँगै माधव नेपाल पक्ष सोमवार पेरिसडाँडामा प्रचण्डसँग अन्तिम बैठक गरेर छुट्टिएको थियो । एमाले पुनःस्थापित भएयता अध्यक्ष केपी शर्मा ओलीले माधव नेपाल, झलनाथ खनाललगायतका नेताहरूसँग भेटेका छैनन् । यसबीचमा अध्यक्ष ओली, महासचिव ईश्वर पोखरेल, उपमहासचिव विष्णु पौडेल र संसदीय दलका उपनेता सुवास नेम्वाङसहितका नेताहरूले माओवादीबाट आएका नेताहरूको व्यवस्थापनलगायतका विषय टुंगो लगाउँदैछन् ।

‘एमालेमै बसेर केपी ओली प्रवृतिविरुद्ध संघर्ष गर्ने’ निष्कर्षसहित पेरिसडाँडाबाट छुटेको माधव नेपाल पक्षले आज अपरान्ह ४ बजे आफ्नो समूहका केन्द्रीय सदस्यहरूलाई बानेश्वरको अर्याल होटलमा बोलाएको छ । केन्द्रीय सदस्य हरिबहादुर राईले बैठक बोलाइएको पुष्टि गरे । अब कसरी प्रस्तुत हुने भन्ने सन्दर्भमा छलफल गर्न केन्द्रीय सदस्यहरूको अनौपचारिक बैठक बस्न लागेको बताइएको छ । अध्यक्ष ओलीले चाँडै केन्द्रीय कमिटी बैठक बोलाउने तयारी गरेका छन् ।

प्रतिक्रिया दिनुहोस
हुम्लाको दक्षिण क्षेत्रका चार गाउँपालिकामा नुन अभाव

     हुम्लाको दक्षिण क्षेत्रका चार गाउँपालिकाका बासिन्दाले बर्सेनि नुन अभाव झेल्दै आएका...

ओली भेट्न गुन्डु पुगे राष्ट्रपति पौडेल

    नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली भेट्न राष्ट्रपति रामचन्द्र पौडेल गुन्डु...

इरानसँग चलिरहेको युद्ध चाँडै अन्त्य हुन्छ : ट्रम्प

    अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग चलिरहेको युद्ध चाँडै अन्त्य हुने संकेत...

होर्मुज स्ट्रेट सञ्चालनमा सहयोग नभए नेटोको भविष्य नराम्रो हुनेछ : ट्रम्प

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युरोपेली मुलुकहरूले होर्मुज स्ट्रेट पुन: सञ्चालन लागि...