संसदमा आजबाट प्रचण्ड-माधवको बसाई अलग



हाम्रो इकोनोमि

 

प्रतिनिधिसभामा आजदेखि नेकपा एमाले र नेकपा (माओवादी)केन्द्र अलग संसदीय दलको रुपमा अस्थित्वमा आएका छन् । प्रतिनिधिसभाको आजको बैठकमा माओवादी केन्द्र सत्तापक्षमा बस्छ कि प्रतिपक्षमा भन्ने चाहिँ टुंगो लागेको छैन । नेकपा माओवादी केन्द्रका प्रमुख सचेतक देव गुरुङले त्यसबारे छलफल भइरहेको बताए । एमाले र माओवादी अलग भए पनि माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ता लिइसकेको छैन । आफूहरु सत्ता पक्ष वा प्रतिपक्ष कहाँ बस्ने भन्ने कुरा संसद सचिवालयले व्यवस्था गरे अनुसार हुने गुरुङले बताए । निर्वाचन आयोगले केपी शर्मा ओलीलाई नेकपा एमाले र पुष्पकमल दाहाल प्रचण्डलाई माओवादी केन्द्र दिइएको पत्र संसद सचिवालयलाई मंगलवार नै पठाइसकेको छ । सो पत्र सबै प्रदेशसभा सचिवालयहरुमा पनि पुगेको छ ।

संसद सचिवालयका प्रवक्ता रोजनाथ पाण्डेले निर्वाचन आयोगको पत्र बमोजिम अब एमाले र माओवादी केन्द्रका सांसदहरुको बस्ने सिट व्यवस्थापन मिलाइने बताए । माओवादी केन्द्र विपक्षमा गएको सूचना नआएकाले आज सत्तापक्षकै अर्को लहरमा व्यवस्था हुने पाण्डेले नेपाल प्रेसलाई जानकारी दिए । उनले भने, ‘आयोगको पत्र प्राप्त भएको छ । अहिलेसम्म उहाँहरु सत्तापक्षमै रहेको हुनाले सत्तापक्षकै लहरमा अर्को व्यवस्थापन गरिन्छ । हिजोसम्म एउटै दलको हुनाले एकै ठाउँमा हुनुहुन्थ्यो, आजबाट नजिकै अरु व्यवस्था गरिन्छ ।’

पुनःस्थापित प्रतिनिसभाको पहिलो बैठकका दिनसम्म सत्तापक्षका सांसदको पहिलो लहरमा प्रचण्ड, माधव नेपाल, झलनाथ खनाल र सुवास नेम्वाङ बस्ने गरेका थिए । आजबाट प्रचण्ड सत्तापक्षकै लहरमा रहे पनि माधव नेपाल झलनाथहरुसँग बस्ने छैनन् । अब प्रतिनिधिसभामा माओवादी केन्द्र तेस्रो दल बनेको छ । चौथो दलका रुपमा जसपा रहनेछ भने अन्य साना दलहरु राप्रपा, नेपाल मजदूर किसान पार्टी र राष्ट्रिय जनमोर्चाका एक एक सांसद छन् ।

प्रतिक्रिया दिनुहोस
फागुन २० देखि २२ गतेसम्म सार्वजनिक बिदा

    निर्वाचनमा उत्साहजनक सहभागिताका बढाउन निर्वाचन आयोगले फागुन २० देखि २२ गतेसम्म...

नेपाल उद्योग वाणिज्य महासंघमा चुनावी दौड सुरु

    निजी क्षेत्रका व्यवसायीको छाता संस्था नेपाल उद्योग वाणिज्य महासंघमा पनि चुनावी...

रास्वपाले निर्वाचन आचारसंहिता उल्लंघन गरेको राप्रपाको आरोप

    राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रवक्ता मोहन कुमार श्रेष्ठले रास्वपाले ध्वनी प्रदुषणा हुनेगरी...

ओखलढुङ्गा अस्मिता थापाका ६ संकल्प: पूर्वाधारदेखि प्रविधिसम्मको ‘रोडम्याप’

    आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्यको उपनिर्वाचनका लागि नेकपा...