जसपाभित्र कलह, पार्टी फुटाएरै भएपनि सरकारमा जाने तयारी



हाम्रो इकोनोमि

भावी सत्ता समीकरणमा एकाएक निर्णायक शक्ति बन्न पुगेको संसद्को चौथो दल जनता समाजवादी पार्टी (जसपा) मा तीव्र अन्तर्विरोध सुरु भएको छ । अदालतले सत्तारूढ दलको एकीकरण प्रक्रिया खारेज गरेर पुरानै पार्टी एमाले र माओवादी केन्द्र ब्युँताइदिएपछि जसपामा सत्ता गठबन्धनकै विषयले आन्तरिक कलह उत्पन्न भएको हो ।

सांसद रेशम चौधरीको रिहाइलगायत मुद्दा र सत्ता समीकरणकै विषयमा छलफल गर्न सरकार र जसपाले कार्यदल बनाएको विषय मंगलबार नै सार्वजनिक भएपछि जसपाभित्र अन्तरविरोध बढेको हो । पार्टी फुटाएरै भएपनि सरकारमा जाने अध्यक्ष महन्थ ठाकुर र राजेन्द्र महतोले गोप्य तयारी गरेको स्रोतको दाबी छ ।

सर्वोच्च अदालतको फैसलाले नेकपा एमाले र नेकपा माओवादी केन्द्र ब्युँताएसंगै धेरैको ध्यान जनता समाजवादी पार्टीतर्फ मोडिएको छ । माओवादी केन्द्रले समर्थन फिर्ता लिएको अवस्थामा संसदमा बहुमत सिद्ध गर्न प्रधानमन्त्री केपी शर्मा ओलीलाई नेपाली कांग्रेस वा जसपामध्ये कुनै एकको समर्थन आवश्यक छ ।

यस्तोमा जसपा नै प्रधानमन्त्री ओलीको रोजाइँमा परेको छ । जसपाभित्रै भने प्रधानमन्त्री ओलीसंग सहकार्य गर्ने वा नगर्ने भन्नेमा विवाद बढेको छ । पार्टीभित्र पर्याप्त छलफल नहुँदै जसपाका तर्फबाट सत्ता समीकरणबारे छलफल गर्न लक्ष्मणलाल कर्ण र सर्वेन्द्रनाथ शुक्लालाई जिम्मा दिइएको छ ।

यस्तो जिम्मेवारी बारे जसपा अध्यक्ष उपेन्द्र यादव र संघीय परिषद अध्यक्ष डा.बाबुराम भट्टराई अनभिज्ञ रहे । जसपा गठनपूर्व राजपामा रहेका नेताहरु प्रधानमन्त्री ओलीसंग सहकार्यका लागि तयार र पूर्व संघीय समाजवादीका नेताहरु अनिच्छुक देखिएसंगै जसपा विभाजनतर्फ अघि बढेको विश्लेषण गर्न थालिएको छ ।

प्रतिक्रिया दिनुहोस
फागुन २० देखि २२ गतेसम्म सार्वजनिक बिदा

    निर्वाचनमा उत्साहजनक सहभागिताका बढाउन निर्वाचन आयोगले फागुन २० देखि २२ गतेसम्म...

नेपाल उद्योग वाणिज्य महासंघमा चुनावी दौड सुरु

    निजी क्षेत्रका व्यवसायीको छाता संस्था नेपाल उद्योग वाणिज्य महासंघमा पनि चुनावी...

रास्वपाले निर्वाचन आचारसंहिता उल्लंघन गरेको राप्रपाको आरोप

    राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रवक्ता मोहन कुमार श्रेष्ठले रास्वपाले ध्वनी प्रदुषणा हुनेगरी...

ओखलढुङ्गा अस्मिता थापाका ६ संकल्प: पूर्वाधारदेखि प्रविधिसम्मको ‘रोडम्याप’

    आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्यको उपनिर्वाचनका लागि नेकपा...