एमाले र ओली पक्षमा रहेका माओवादी नेताहरूबीच बैठक



हाम्रो इकोनोमि

 

नेकपा एमालेले माओवादी केन्द्रमा परिणत भएका गृहमन्त्री रामबहादुर थापा ‘बादल’ सहितका नेता तथा मन्त्रीहरुसँग पार्टी एकतामै रहने गरी छलफल अघि बढाएको छ । अहिले प्रधानमन्त्री निवास बालुवाटारमा एमाले अध्यक्ष केपी शर्मा ओली, महासचिव ईश्वर पोखरेल र उपमहासचिव विष्णु पौडेलले बादल, टोपवहादुर रायमाझी, लेखराज भट्टलगायतका नेताहरूसँग छलफल चलिरहेको स्रोतले जनाएको छ । सर्वोच्च अदालतको फैसला आएकै दिन प्रधानमन्त्रीले ती नेताहरुसँग छलफल गर्दा उनीहरुले ओलीको साथ नछाड्ने बताएका थिए । स्थायी कमिटी सदस्य तथा मन्त्री मणि थापाले सँग कुरा गर्दै अब आफूहरू माओवादी केन्द्रमा नफर्कने बताए ।

माओवादी केन्द्रबाट एमालेमा समाहित हुँदा सांसदहरुमाथि प्रचण्डले कारवाही गरे कानुनी अवस्था के हुनसक्छ भन्नेबारेमा पनि छलफल चलिरहेको छ । माओवादी नेताहरुले भने सांसद पद गए पनि ओलीको साथ नछाड्ने बताइरहेका छन् । प्रतिनिधिसभामा माओवादी केन्द्रका सांसद टोपवहादुर रायमाझी, प्रभु साह,लेखराज भट्ट र गौरीशंकर चौधरी छन् । विभिन्न प्रदेशससभाका सदस्यहरु पनि ओली पक्षमा लागेका छन् । राजनीतिक, कानुनी परामर्श र एमालेमा समाहित हुँदाको संगठन तथा पदीय समायोजनबारे पनि छलफल हुने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस
फागुन २० देखि २२ गतेसम्म सार्वजनिक बिदा

    निर्वाचनमा उत्साहजनक सहभागिताका बढाउन निर्वाचन आयोगले फागुन २० देखि २२ गतेसम्म...

नेपाल उद्योग वाणिज्य महासंघमा चुनावी दौड सुरु

    निजी क्षेत्रका व्यवसायीको छाता संस्था नेपाल उद्योग वाणिज्य महासंघमा पनि चुनावी...

रास्वपाले निर्वाचन आचारसंहिता उल्लंघन गरेको राप्रपाको आरोप

    राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रवक्ता मोहन कुमार श्रेष्ठले रास्वपाले ध्वनी प्रदुषणा हुनेगरी...

ओखलढुङ्गा अस्मिता थापाका ६ संकल्प: पूर्वाधारदेखि प्रविधिसम्मको ‘रोडम्याप’

    आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्यको उपनिर्वाचनका लागि नेकपा...