प्रदेश १ र बागमतीमा एमालेको स्पष्ट बहुमतमा , माओबादीको २ मुख्यमन्त्रीको पद धरापमा



हाम्रो इकोनोमि

 

सर्वोच्च अदालतले तत्कालीन एमाले र माओवादी केन्द्रलाई ब्युँताइदिएपछि केन्द्रको मात्रै होइन, प्रदेशको सत्ता समीकरणसमेत फेरबदल हुने भएको छ । जसले अविश्वास प्रस्ताव सामना गरिरहेका प्रदेश १ र बागमती प्रदेशका मुख्यमन्त्री झन् बलिया हुनेछन् । तुलनात्मक रुपमा सुरक्षित मानिएका चार मुख्यमन्त्री जोखिममा परेका छन् ।

अविश्वासको प्रस्ताव सामना गरिरहेका प्रदेश १ र बागमतीका मुख्यमन्त्री नै सबैभन्दा बलियो देखिएका छन् । प्रदेश १ का मुख्यमन्त्री शेरधन राईको दल एमालेसँग ५१ सांसद छन् । जब कि उनलाई बहुमतका लागि जम्मा ४७ सांसद आवश्यक पर्छन् ।  बागमती प्रदेशमा पनि एमालेका मुख्यमन्त्री डोरमणि पौडेल स्पष्ट बहुमतमा छन् । उनीसँग एमालेका ५८ सांसद छन् । बहुमतका लागि ५६ सांसद पर्याप्त हुन्छ ।

उता, माओवादी केन्द्रका मुख्यमन्त्री रहेको कर्णाली प्रदेशमा सरकार हेरफेर हुन सक्छ । मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको दल माओवादीसँग १३ सांसद छन् । बहुमतका लागि २१ सांसद आवश्यक हुन्छ । सरकार टिकाउन शाहीले कांग्रेसका ६ र राप्रपाका एक सांसद जुटाउँदा पनि एक अभैm कम हुन्छ । त्यस्तै, एमालेसँग कर्णालीमा २० सांसद छन् । एमालेले राप्रपाको एक वा कांग्रेसको ६ सांसद जुटाएर सरकार बनाउन सक्छ ।

त्यस्तै, सुदूरपश्चिम प्रदेशमा बहुमतका लागि आवश्यक २७ सांसद आवश्यक हुनेमा मुख्यमन्त्री त्रिलोचन भट्टको माओवादी केन्द्रसँग आधा सांसद मात्र छन् । एमालेले समर्थन फिर्ता लिएमा भट्टले सरकार टिकाउन कांग्रेसका १२ र जनता समाजवादी पार्टीका दुई सांसदको समर्थन लिनुपर्नेछ । २५ सांसद रहेको एमालेले सरकार बनाउन भने जसपाको दुई वा कांग्रेसको १२ सांसद जुटाउनुपर्नेछ ।

गण्डकी प्रदेशमा मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङलाई बहुमतका लागि ३१ सांसद आवश्यक पर्छ । एमालेका २८ सांसद छन् । माओवादीले समर्थन फिर्ता लिएमा उनले राष्ट्रिय जनमोर्चाका ३ र जनता समाजवादीका २ वा कांग्रेसका १५ सांसदको समर्थनमा सरकार बचाउन सक्छन् । कांग्रेसले १५, माओवादी १२, जनमोर्चा ३ र जसपा २ मिलेर ३२ सांसदको समर्थनमा नयाँ सरकार पनि बन्न सक्छ ।

त्यस्तै लुम्बिनी प्रदेशमा मुख्यमन्त्री शंकर पोखरेललाई ३ सांसद अपुग हुन्छन् । बहुमतका लागि ४४ सांसद आवश्यक पर्छन्, एमालेसँग ४१ सांसद छन् । माओवादीले समर्थन फिर्ता लिएमा मुख्यमन्त्री पोखरेलले जसपाका ६ वा कांग्रेसका १९ सांसदको समर्थन लिनुपर्नेछ । पोखरेलको विकल्पमा माओवादी २०, कांग्रेस १९ र जसपा ६ मिलेर वैकल्पिक सरकार बनाउन सक्छन् ।

वर्तमान राजनीतिक घटनाक्रमले प्रदेश २ लाई भने प्रत्यक्ष प्रभावित पार्ने छैन । प्रदेश २ मा जसपाका मुख्यमन्त्री लालबाबु राउतसँग ५४ सांसद छन्, बहुमतका लागि ५४ आवश्यक हुन्छ ।

प्रतिक्रिया दिनुहोस
एमाले: विगतका गल्तीमा आममाफी, आलोचना गरे कारबाही

     नेकपा (एमाले) ले भर्खरै ललितपुरको च्यासलमा सम्पन्न आफ्नो तेस्रो केन्द्रीय कमिटी...

कांग्रेस महाधिवेशनमा सात हजार ११४ प्रतिनिधि, २०० बढी स्वयंसेवक परिचालन

    नेपाली कांग्रेसको १५ औँ महाधिवेशनअन्तर्गत निर्वाचनमा भाग लिने महाधिवेशन प्रतिनिधिको अन्तिम...

कांग्रेसले पदाधिकारीको संख्या बढायो, वरिष्ठ उपसभापति पद थप्ने

    नेपाली कांग्रेसले पदाधिकारीको संख्या बढाउने भएको छ । खुलामञ्चमा बसेको केन्द्रीय...

नेपाली कांग्रेस १५औँ महाधिवेशनको निर्वाचन कार्यतालिका सार्वजनिक

    नेपाली कांग्रेसको आइतबारदेखि सुरु भएको १५औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत आजदेखि बन्दसत्र हुने...