संसदीय दलमा माधव नेपाल धेरै कमजोर, कसको कति हेर्नुहोस नामसहित



हाम्रो इकोनोमि

 

 

सर्वोच्च अदालतले नेकपा एमाले पुनःस्थापित गरिदिएपछि सबैभन्दा संकटमा परेका माधव नेपाल आफ्नाे समूहसहित ‘मूलघर’मै फर्कन तयार भएका छन् । कतिपय नेपाल निकट नेताहरु उनलाई ओलीसँग भन्दा प्रचण्डसँगै कम्फर्टेबल हुने सुझाव दिएका थिए ।

पुनःस्थापित नेकपा एमालेको केन्द्रीय कमिटी र संसदीय दलको गणितले भने नेपाललाई माओवादी केन्द्रसँग जानुभन्दा एमालेमै बसेर शक्ति अभ्यास गर्दा ‘कम्फर्टेबल’ हुने देखिन्छ ।

एमाले फुटाएर माओवादी केन्द्रमा जानका लागि नेपाललाई संसदीय दलले साथ दिंदैन । उनीसँग एमालेका ४० प्रतिशत सांसद छैनन् । लालबाबु पण्डितजस्ता उनका सहयोगीले समेत अब ओलीको पक्षमा लाग्ने बताइसकेको अवस्थामा सांसदहरुको संख्या अझ घट्न सक्छ ।

तर एमालेको केन्द्रीय कमिटीमा भने माधव नेपालसँग बलियो हिस्सा छ । माओवादीसँग एकता गर्नुअघिको २०१ सदस्यीय केन्द्रीय कमिटीका केन्द्रीय सदस्यमध्ये कतिपयको निधन र केही संवैधानिक पदमा गएकाले रिक्त छन् ।

एमालेको उपाध्यक्ष विद्या भण्डारी राष्ट्रपति, गणेश तिमल्सिना राष्ट्रियसभा अध्यक्ष, अग्नि खरेल महान्यायाधिवक्ता, धर्मनाथ यादव प्रदेश प्रमुख र सानुकुमार श्रेष्ठ वागमती प्रदेशको सभामुख भएपछि केन्द्रीय सदस्य रहेनन् ।

त्यस्तै रवीन्द्र अधिकारी, महिन लिम्बु र दिनेशचन्द्र यादवको निधन भइसकेको छ भने राधाकृष्ण मैनाली,प्रल्हाद गिरी कारबाहीमा परेर निष्कासन भएका थिए ।

बाँकी रहेका केन्द्रीय सदस्यमध्ये वामदेव गौतम र हरि पराजुली कता खुल्छन् भन्ने प्रष्ट छैन । सोमनाथ अधिकारी प्यासी पनि प्रदेश प्रमुख भएका छन् । त्यस्तै वंशीधर मिश्र र महेन्द्रबहादुर पाण्डे राजदूत भएका छन् । उनीहरुको पद के हुन्छ भन्ने प्रष्ट छैन ।

यी बाहेकका केन्द्रीय सदस्यहरुमध्ये केपी ओलीको पक्षमा १०५ जना देखिन्छन् भने माधव नेपालको पक्षमा ८९ जना देखिएका छन् । यो संख्या सर्वोच्चकाे पछिल्लो फैसलापछि तलमाथि हुनसक्छ । तर एमाले विघटनअघिको आबद्धताका आधारमा केन्द्रीय कमिटीमा ओली पक्ष बहुमतमा भए पनि माधव नेपाल पक्ष पनि बलियो उपस्थितिमा छ ।

 

पदाधिकारीमध्ये अध्यक्ष ओली,महासचिव ईश्वर पोखरेल,उपमहासचिवव बिष्णु पौडेल र सचिवहरु प्रदिप ज्ञवाली र पृथ्वीसुब्बा गुरुङ ओली पक्षमा छन् । उपाध्यक्ष बामदेव तटस्थ रहदा अन्य पदाधिकारीहरु उपाध्यक्ष भीम रावल,अष्टलक्ष्मी शाक्य,युवराज ज्ञवाली,उपमहासचिव घनश्याम भुसाल,सचिवहरु योगेश भट्टराई, भीम आचार्य र गोकर्ण विष्ट माधव पक्षमा छन् ।

संसदीय दलमा भने ओलीको करीव दुई तिहाई बहुमत छ । एमालेका १२१ सांसदमध्ये हाल १२० जना छन् । ती मध्ये ओलीको पक्षमा ८२ छन् भने माधव नेपालको पक्षमा ३८ मात्र छन् ।

संसदमा को कति , नामसहित

 

प्रतिक्रिया दिनुहोस
फागुन २० देखि २२ गतेसम्म सार्वजनिक बिदा

    निर्वाचनमा उत्साहजनक सहभागिताका बढाउन निर्वाचन आयोगले फागुन २० देखि २२ गतेसम्म...

नेपाल उद्योग वाणिज्य महासंघमा चुनावी दौड सुरु

    निजी क्षेत्रका व्यवसायीको छाता संस्था नेपाल उद्योग वाणिज्य महासंघमा पनि चुनावी...

रास्वपाले निर्वाचन आचारसंहिता उल्लंघन गरेको राप्रपाको आरोप

    राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रवक्ता मोहन कुमार श्रेष्ठले रास्वपाले ध्वनी प्रदुषणा हुनेगरी...

ओखलढुङ्गा अस्मिता थापाका ६ संकल्प: पूर्वाधारदेखि प्रविधिसम्मको ‘रोडम्याप’

    आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्यको उपनिर्वाचनका लागि नेकपा...