प्रचण्डको पछाडी लाग्दा म त बर्वाद भए : माधव नेपाल



हाम्रो इकोनोमि

 

नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले आफु माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, प्रचण्डको पछाडी लाग्दा बर्वाद भएको बताउनु भएको छ । सर्वोच्च अदालतले सत्तारुढ नेकपा खारेज गरेर एमाले र माओवादी केन्द्र ब्युँत्याएपछि उहाको यस्तो प्रतिक्रिया आएको हो ।

नेता नेपालले सर्वोच्चको आदेशपछाडी सबैभन्दा अप्ठ्यारो आफुलाई नै परेको बताउनु भयो । ‘हो । सबैभन्दा अप्ठ्यारो मलाई नै पऱ्यो, मैले त सोच्दै नसोचेको कुरा भयो । यो ढंगको निर्णय त कसरी होला र ? कसरी होला र भन्नेमात्रै लाग्थ्यो के ?, उहाको भनाई छ ।

तत्कालिन नेकपा रहँदा उहाले प्रचण्डसँग मिलेर अध्यक्ष एंव प्रधानमन्त्री केपी शर्मा ओलीलाई हटाउन गुटबन्दीमा लाग्नु भएको थियो । तर, सर्वोच्चले पूर्वपार्टीहरु ब्युँत्याइदिएपछि उहालाई निक्कै ठुलो धक्का लागेको छ ।

आफु निकट नेताहरुसँग उहाले आफ्नो राजनीतिक जिवन नै सक्किएको भन्दै गुनासो पोख्न थाल्नु भएको एक नेताले जनताटाइम्सलाई जानकारी दिनुभयो । ‘प्रचण्डको पछाडी लाग्दा आफ्नो भविष्य नै धरापमा पर्यो, न आफ्नो पक्षमा एमाले रह्यो न त नेकपा नै रह्यो भन्नुहुन्छ’, ति नेताले नेपालको भनाई उदृत गर्दै भन्नुभयो ।

प्रतिक्रिया दिनुहोस
काठमाडौं उपत्यकाबाट सबै जिल्लावासीले नागरिकताको प्रतिलिपि पाउने

    अन्य जिल्लाका नेपाली नागरिकले पनि अब काठमाडौं उपत्यकाबाट नागरिकताको प्रतिलिपि लिन...

आनीको नियुक्तिप्रति कांग्रेसको पनि आपत्ति

    लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्माको नियुक्तिलाई लिएर प्रमुख प्रतिपक्षी...

बैंकहरूको गैरबैंकिङ सम्पत्ति ४७ अर्ब नाघ्यो

    वाणिज्य बैंकहरूमा कर्जा असुली तथा धितो व्यवस्थापनसँग जोडिएको गैरबैंकिङ सम्पत्तिको आकार...

बजारमा चलनचल्तीको मुद्रा ९ खर्ब नजिक

    दसैँको चहलपहलसँगै नेपाली बजारमा नगदको प्रवाह उल्लेख्य रूपमा बढेको छ ।...