प्रचण्डको पछाडी लाग्दा म त बर्वाद भए : माधव नेपाल



हाम्रो इकोनोमि

 

नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले आफु माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, प्रचण्डको पछाडी लाग्दा बर्वाद भएको बताउनु भएको छ । सर्वोच्च अदालतले सत्तारुढ नेकपा खारेज गरेर एमाले र माओवादी केन्द्र ब्युँत्याएपछि उहाको यस्तो प्रतिक्रिया आएको हो ।

नेता नेपालले सर्वोच्चको आदेशपछाडी सबैभन्दा अप्ठ्यारो आफुलाई नै परेको बताउनु भयो । ‘हो । सबैभन्दा अप्ठ्यारो मलाई नै पऱ्यो, मैले त सोच्दै नसोचेको कुरा भयो । यो ढंगको निर्णय त कसरी होला र ? कसरी होला र भन्नेमात्रै लाग्थ्यो के ?, उहाको भनाई छ ।

तत्कालिन नेकपा रहँदा उहाले प्रचण्डसँग मिलेर अध्यक्ष एंव प्रधानमन्त्री केपी शर्मा ओलीलाई हटाउन गुटबन्दीमा लाग्नु भएको थियो । तर, सर्वोच्चले पूर्वपार्टीहरु ब्युँत्याइदिएपछि उहालाई निक्कै ठुलो धक्का लागेको छ ।

आफु निकट नेताहरुसँग उहाले आफ्नो राजनीतिक जिवन नै सक्किएको भन्दै गुनासो पोख्न थाल्नु भएको एक नेताले जनताटाइम्सलाई जानकारी दिनुभयो । ‘प्रचण्डको पछाडी लाग्दा आफ्नो भविष्य नै धरापमा पर्यो, न आफ्नो पक्षमा एमाले रह्यो न त नेकपा नै रह्यो भन्नुहुन्छ’, ति नेताले नेपालको भनाई उदृत गर्दै भन्नुभयो ।

प्रतिक्रिया दिनुहोस
प्रभु बैंकका ग्राहकलाई मेदान्ता–द मेडिसिटीमा उपचारमा १५ प्रतिशतसम्म छुट

    प्रभु बैंक लिमिटेडका कर्मचारी, उनीहरूका परिवार तथा बैंकका डेबिट र क्रेडिट...

१० दिनपछि सुरुङभित्रबाट दुई जनाको जीवितै उद्धार

    रसुवाको भोटेकोशीमा १० भदौमा आएको विनाशकारी बाढीका कारण त्रिशूली–३ ‘ए’ जलविद्युत्...

गोली हानेर एक जना शिक्षकको हत्या

  संखुवासभाको मकालु गाउँपालिकामा –१ चिर्खाङमा गोली हानेर एक जना शिक्षकको हत्या भएको...

३ करोडमाथि सहयोग गर्ने बैंकहरु कुन कुन हो, नविलले दियो १५ करोड

    भोटेकोशी बाढी प्रभावितको उद्धार, राहत तथा पुनःस्थापनाका लागि बैंकिङ क्षेत्रबाट ठूलो...