देउवाद्वारा अविश्वासको प्रस्ताव दर्ता गर्न इन्कार



हाम्रो इकोनोमि

 

प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसले प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध आज अविश्वासको प्रस्ताव दर्ता गर्न नसक्ने निर्णयमा पुगेको छ । सभापति शेरबहादुर देउवालाई प्रधामन्त्री बनाउने विषयमा कांग्रेसभित्रै विवाद भएकाले ओलीविरुद्धको अविश्वास प्रस्ताव तत्कालका लागि थाँती राखिएको स्रोतले जानकारी दिएको छ ।

नेकपाको प्रचण्ड–नेपाल खेमाले देउवालाई भावी प्रधानमन्त्रीका रुपमा प्रस्ताव गर्दै संसदमा प्रधानमन्त्री ओलीविरुद्ध अविश्वास प्रस्तावको तयारी गरेको थियो । तर आफ्नै पार्टी भित्र विवाद रहेकाले तत्कालै अविश्वास प्रस्ताव दर्ता गर्न नसकिने जानकारी देउवाले दाहाल–नेपाल खेमालाई गराएको देउवा निकट स्रोतले जानकारी दिएको छ ।

कांग्रेसभित्रै देउवा इतर खेमाले तत्काल प्रचण्डलाई प्रधानमन्त्री मान्ने र एकवर्षपछि चुनावी सरकारको नेतृत्व देउवालाई दिने प्रस्ताव राखेपछि उहा असन्तुष्ट हुनु भएको हो । संविधानअनुसार पनि सरकार बनेपछि दुई वर्षभित्र अविश्वासको प्रस्ताव राख्न नपाउने संवैधानिक व्यवस्था छ । देउवा निकट एक नेताका अनुसार देउवालाई फसाउन लागेको चाल पाएपछि उहाँ पछि हट्नु भएको जानकारी दिनुभयो ।

तत्काल देउवालाई प्रधानमन्त्री बनाउँदा आउँदो भदौमा हुने पार्टीको महाधिवेशनलाई प्रत्यक्ष प्रभाव पार्ने आँकलनसहित उनी इतर खेमाले अवरोध गरेको जानकारी आएपछि देउवा रुष्ट बन्नु भएको छ । कांग्रेसबाट खवर आएपछि अ के गर्ने भन्नेबारेमा प्रचण्ड–नेपाल समुहले आफ्ना सांसदलाई सिहदरवारमा बोलाएको छ । सिंहदरबारस्थित दलको कार्यालयमा बैठक बोलाइएको सांसद रेखा शर्माले जानकारी दिनुभयो । बैठकमा अब कसरी अगाडी बढ्ने भन्नेमा निर्णय हुने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस
फागुन २० देखि २२ गतेसम्म सार्वजनिक बिदा

    निर्वाचनमा उत्साहजनक सहभागिताका बढाउन निर्वाचन आयोगले फागुन २० देखि २२ गतेसम्म...

नेपाल उद्योग वाणिज्य महासंघमा चुनावी दौड सुरु

    निजी क्षेत्रका व्यवसायीको छाता संस्था नेपाल उद्योग वाणिज्य महासंघमा पनि चुनावी...

रास्वपाले निर्वाचन आचारसंहिता उल्लंघन गरेको राप्रपाको आरोप

    राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रवक्ता मोहन कुमार श्रेष्ठले रास्वपाले ध्वनी प्रदुषणा हुनेगरी...

ओखलढुङ्गा अस्मिता थापाका ६ संकल्प: पूर्वाधारदेखि प्रविधिसम्मको ‘रोडम्याप’

    आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्यको उपनिर्वाचनका लागि नेकपा...