प्रचण्ड-माधव पक्ष पुग्यो संसद सचिवालय



हाम्रो इकोनोमि

 

संसद सचिवालयले नेकपा विभाजनमा  आधिकारिता नआई संसदीय दलको नेता परिवर्तन सम्बन्धी पत्राचारलाई मान्न नसकिने बताएलगत्तै प्रचण्ड-माधव पक्षीय शीर्ष नेताहरुले संसदका महासचिवलाई भेटेका छन् । सिंहदरवारमा केहीबेरमात्र बसेको आफू पक्षीय सांसदहरुको बैठकपछि प्रचण्ड,मधव नेपाल र झलनाथ खनाल सहितका नेताहरु संसद सचिवालयका महासचिव डा.भरतराज गौतमलाई भेट्न उनको कार्यकक्षमा पुगेका हुन् ।

आफूहरुले दलको नेताबाट केपी ओली सहित उपनेता सुवास नेम्वाङ र सचेतक शान्ता चौधरीमाथि गरिएको कारवाहीलाई मान्यता दिलाउन प्रचण्ड-माधव पक्षले सचिवालयलाई दबाब दिइरहेको छ । ११२ जना सांसदको हस्ताक्षरसहित अहिलेसम्म आफूहरुले गरेका निर्णयलाई मान्यता दिन प्रचण्ड-माधव पक्षले महासचिवलाई आग्रह गरेको छ । aहुमत सांसद आफूहरुसँग रहेकाले सोही बमोजिम हुनुपर्ने भन्दै उनीहरुले सचिवालयलाई पत्र दिएका छन् ।

प्रतिक्रिया दिनुहोस
काठमाडौं उपत्यकाबाट सबै जिल्लावासीले नागरिकताको प्रतिलिपि पाउने

    अन्य जिल्लाका नेपाली नागरिकले पनि अब काठमाडौं उपत्यकाबाट नागरिकताको प्रतिलिपि लिन...

आनीको नियुक्तिप्रति कांग्रेसको पनि आपत्ति

    लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्माको नियुक्तिलाई लिएर प्रमुख प्रतिपक्षी...

बैंकहरूको गैरबैंकिङ सम्पत्ति ४७ अर्ब नाघ्यो

    वाणिज्य बैंकहरूमा कर्जा असुली तथा धितो व्यवस्थापनसँग जोडिएको गैरबैंकिङ सम्पत्तिको आकार...

बजारमा चलनचल्तीको मुद्रा ९ खर्ब नजिक

    दसैँको चहलपहलसँगै नेपाली बजारमा नगदको प्रवाह उल्लेख्य रूपमा बढेको छ ।...