प्रचण्ड-माधव पक्ष पुग्यो संसद सचिवालय



हाम्रो इकोनोमि

 

संसद सचिवालयले नेकपा विभाजनमा  आधिकारिता नआई संसदीय दलको नेता परिवर्तन सम्बन्धी पत्राचारलाई मान्न नसकिने बताएलगत्तै प्रचण्ड-माधव पक्षीय शीर्ष नेताहरुले संसदका महासचिवलाई भेटेका छन् । सिंहदरवारमा केहीबेरमात्र बसेको आफू पक्षीय सांसदहरुको बैठकपछि प्रचण्ड,मधव नेपाल र झलनाथ खनाल सहितका नेताहरु संसद सचिवालयका महासचिव डा.भरतराज गौतमलाई भेट्न उनको कार्यकक्षमा पुगेका हुन् ।

आफूहरुले दलको नेताबाट केपी ओली सहित उपनेता सुवास नेम्वाङ र सचेतक शान्ता चौधरीमाथि गरिएको कारवाहीलाई मान्यता दिलाउन प्रचण्ड-माधव पक्षले सचिवालयलाई दबाब दिइरहेको छ । ११२ जना सांसदको हस्ताक्षरसहित अहिलेसम्म आफूहरुले गरेका निर्णयलाई मान्यता दिन प्रचण्ड-माधव पक्षले महासचिवलाई आग्रह गरेको छ । aहुमत सांसद आफूहरुसँग रहेकाले सोही बमोजिम हुनुपर्ने भन्दै उनीहरुले सचिवालयलाई पत्र दिएका छन् ।

प्रतिक्रिया दिनुहोस
एमाले: विगतका गल्तीमा आममाफी, आलोचना गरे कारबाही

     नेकपा (एमाले) ले भर्खरै ललितपुरको च्यासलमा सम्पन्न आफ्नो तेस्रो केन्द्रीय कमिटी...

कांग्रेस महाधिवेशनमा सात हजार ११४ प्रतिनिधि, २०० बढी स्वयंसेवक परिचालन

    नेपाली कांग्रेसको १५ औँ महाधिवेशनअन्तर्गत निर्वाचनमा भाग लिने महाधिवेशन प्रतिनिधिको अन्तिम...

कांग्रेसले पदाधिकारीको संख्या बढायो, वरिष्ठ उपसभापति पद थप्ने

    नेपाली कांग्रेसले पदाधिकारीको संख्या बढाउने भएको छ । खुलामञ्चमा बसेको केन्द्रीय...

नेपाली कांग्रेस १५औँ महाधिवेशनको निर्वाचन कार्यतालिका सार्वजनिक

    नेपाली कांग्रेसको आइतबारदेखि सुरु भएको १५औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत आजदेखि बन्दसत्र हुने...