प्रचण्ड-माधव समुहको नियन्त्रणमा पाँच सांसद (नामसहित)



हाम्रो इकोनोमि

 

सत्तारुढ नेकपाका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीलाई ‘कू’ गर्न नसकेपछि पार्टी बिभाजन गरी बाहिरिनु भएका अध्यक्ष पुष्पकमल दाहाल, प्रचण्ड र बरिष्ठ नेता माधवकुमार नेपाल सांसद खरिद बिक्रितिर लाग्नुभएको तथ्य बाहिर आएको छ । सर्वाेच्च अदालतले प्रतिनिधिसभा पुनःस्थापना गरी संसद बैठक सुरु हुने दिन आएपछि प्रचण्ड–माधव समुहले नेकपाका सांसदलाई करोडौं अफर दिएर केही दिनदेखि बडिगार्डसहित होटलमा राखेको तथ्य खुलेको हो ।

स्रोतका अनुसार आफूहरुतिर नरहने निश्चित भएपछि प्रचण्ड–माधव समुहका सांसद झपट रावल नेतृत्वको टीमलाई जिम्मा दिएर प्रतिनिधिसभाका पाँच सांसदलाई होटलमा राखिएको हो । सो समुहले आफ्नो संसदीय दलमा जवर्जस्ती गरेर पुर्याइएका पाँच जना सांसदलाई शुक्रवार साँझसम्म बबरमहलस्थित एक होटलमा राखेको स्रोतको भनाई छ । सो होटलमा प्रतिनिधिसभाका सांसद माया ज्ञवाली न्यौपाने, गंगा सत्गौवा चौधरी, चाँद तारा, लक्ष्मी चौधरी र सविना हुसेनलाई शुक्रवार साँझसम्म राखिएको र पाँचै जना सांसदको निगरानी युवा नेतासमेत रहनुभएका झपट रावलले गर्नुभएको स्रोतको भनाई छ ।

सिंहदरवारबाट नजिकै र जिल्ला प्रशासन कार्यालय काठमाडौंसँगै जोडिएको होटलमा सांसदलाई राखेर खरिद बिक्रिको काम भएको सूचना बाहिर आएपछि शुक्रवार सो होटलबाट ललितपुरतिर सारिएको स्रोतले बतायो । ‘पाँच जना सांसदलाई होटलबाट झपट रावलले लैजानु भएको देखियो, उहाँहरुलाई रावलले नै सार्ने काम गर्नुभएको छ,’ सोही समुहका एक नेताले भने । उनका अनुसार प्रत्येक सांसदलाई पाँच करोडको प्रलोभन दिएर प्रचण्ड–माधव समुहले आफ्नो नियन्त्रण र निगरानीमा राखेको छ ।

सांसदलाई आफ्नो सुरक्षामा राख्ने जिम्मेवारी पाउनु भएका प्रचण्ड–माधव समुहका नेता तथा सांसद झपट रावलले यस बिषयमा आफूलाई जानकारी नभएको बताउनु भयो । तपाईंको जिम्मामा रहनुभएका नेकपाका पाँच सांसद अहिले कहाँ हुनुहुन्छ ? भन्ने  जिज्ञासामा सांसद रावलले हाँस्दै ‘सवै माननीयहरु घरमै हुनुहुन्छ’ भन्ने जवाफ दिनुभयो । हामीले घरमै पुगेर बुझ्दा पाँचै जना सांसदहरु दुई दिनदेखि घरमा त जानुभएकै छैन नि भन्ने थप प्रश्न गरेपछि रावलले हाँस्दै ‘दिउसो त कता घरमा हुुन्छन र हो मित्र ?’ भन्दै फोन राख्नुभयो । यो तथ्यले प्रचण्ड–माधव समुहले पाँच सांसद प्रचण्ड–माधव समुहले आफ्नो नियन्त्रणमा राखेको प्रष्ट भएको छ । जनताटाइम्सबाट साभार

प्रतिक्रिया दिनुहोस
हुम्लाको दक्षिण क्षेत्रका चार गाउँपालिकामा नुन अभाव

     हुम्लाको दक्षिण क्षेत्रका चार गाउँपालिकाका बासिन्दाले बर्सेनि नुन अभाव झेल्दै आएका...

ओली भेट्न गुन्डु पुगे राष्ट्रपति पौडेल

    नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली भेट्न राष्ट्रपति रामचन्द्र पौडेल गुन्डु...

इरानसँग चलिरहेको युद्ध चाँडै अन्त्य हुन्छ : ट्रम्प

    अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग चलिरहेको युद्ध चाँडै अन्त्य हुने संकेत...

होर्मुज स्ट्रेट सञ्चालनमा सहयोग नभए नेटोको भविष्य नराम्रो हुनेछ : ट्रम्प

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युरोपेली मुलुकहरूले होर्मुज स्ट्रेट पुन: सञ्चालन लागि...