योगेश भट्टराईले प्रचण्ड–माधव गुट छोडने संकेत



हाम्रो इकोनोमि

 

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को प्रचण्ड–माधव समूहमा रहेका नेता योगेश भट्टराईले प्रचण्ड–माधव छोडेको संकेत गरेका छन । उनले प्रचण्ड-माधव नेपाल पक्षीय नेकपाले संसदीय दल बैठक योगेश भट्टराईले बहिस्कार गरेका छन ।

उता नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को प्रचण्ड–माधव समूहमा रहेका नेताहरुले आफ्नै शिर्ष नेतृत्वको पोल खोल्न शुरु गर्नुभएको छ । यसक्रममा नेता योगेश भट्टराईले पार्टी एकताको सम्भावना अझै पनि जीवितै रहेकाले शिर्ष नेताले पदको लोभ त्याग गर्नुपर्ने बताउनु भएको हो । प्रेस संगठन नेपाल ताप्लेजुङले शुक्रबार फुङलिङमा आयोजना गरेको पत्रकार भेटघाटमा उहाले प्रधानमन्त्री केपी शर्मा ओलीले प्रधानमन्त्री र प्रचण्ड–माधवले सत्ताप्रतिको लोभ त्यागे एकताको सम्भावना रहेको बताउनु भयो ।

‘नेकपा एकता हुने सम्भावना जीवित छ, एकता मरिसकेको छैन, त्यो कोमामा पनि पुगि सकेको छैन’ नेता भट्टराईले भन्नुभयो, ‘तर एकताका लागि अब प्रत्येक नेताले पदीय लोभ त्याग गर्न सक्नुपर्छ ।’ उहाले आफ्ना शिर्ष नेताद्वय पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधव नेपालले पार्टी भित्रकै तेस्रो व्यक्तिलाई प्रधानमन्त्री बनाएर आफुहरु पदमा नजाने घोषणा गर्नुपर्ने जिकिर समेत गर्नुभयो । ताप्लेजुङबाट प्रतिनिधिसभामा निर्वाचित भट्टराई फागुन १८ गते दोभानबजारमा भएको आगलागी क्षेत्रको निरीक्षण तथा राहत वितरणका लागि गृह जिल्ला आइपुग्नु भएको हो ।

प्रतिक्रिया दिनुहोस
काठमाडौं उपत्यकाबाट सबै जिल्लावासीले नागरिकताको प्रतिलिपि पाउने

    अन्य जिल्लाका नेपाली नागरिकले पनि अब काठमाडौं उपत्यकाबाट नागरिकताको प्रतिलिपि लिन...

आनीको नियुक्तिप्रति कांग्रेसको पनि आपत्ति

    लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्माको नियुक्तिलाई लिएर प्रमुख प्रतिपक्षी...

बैंकहरूको गैरबैंकिङ सम्पत्ति ४७ अर्ब नाघ्यो

    वाणिज्य बैंकहरूमा कर्जा असुली तथा धितो व्यवस्थापनसँग जोडिएको गैरबैंकिङ सम्पत्तिको आकार...

बजारमा चलनचल्तीको मुद्रा ९ खर्ब नजिक

    दसैँको चहलपहलसँगै नेपाली बजारमा नगदको प्रवाह उल्लेख्य रूपमा बढेको छ ।...