योगेश भट्टराईले प्रचण्ड–माधव गुट छोडने संकेत



हाम्रो इकोनोमि

 

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को प्रचण्ड–माधव समूहमा रहेका नेता योगेश भट्टराईले प्रचण्ड–माधव छोडेको संकेत गरेका छन । उनले प्रचण्ड-माधव नेपाल पक्षीय नेकपाले संसदीय दल बैठक योगेश भट्टराईले बहिस्कार गरेका छन ।

उता नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को प्रचण्ड–माधव समूहमा रहेका नेताहरुले आफ्नै शिर्ष नेतृत्वको पोल खोल्न शुरु गर्नुभएको छ । यसक्रममा नेता योगेश भट्टराईले पार्टी एकताको सम्भावना अझै पनि जीवितै रहेकाले शिर्ष नेताले पदको लोभ त्याग गर्नुपर्ने बताउनु भएको हो । प्रेस संगठन नेपाल ताप्लेजुङले शुक्रबार फुङलिङमा आयोजना गरेको पत्रकार भेटघाटमा उहाले प्रधानमन्त्री केपी शर्मा ओलीले प्रधानमन्त्री र प्रचण्ड–माधवले सत्ताप्रतिको लोभ त्यागे एकताको सम्भावना रहेको बताउनु भयो ।

‘नेकपा एकता हुने सम्भावना जीवित छ, एकता मरिसकेको छैन, त्यो कोमामा पनि पुगि सकेको छैन’ नेता भट्टराईले भन्नुभयो, ‘तर एकताका लागि अब प्रत्येक नेताले पदीय लोभ त्याग गर्न सक्नुपर्छ ।’ उहाले आफ्ना शिर्ष नेताद्वय पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधव नेपालले पार्टी भित्रकै तेस्रो व्यक्तिलाई प्रधानमन्त्री बनाएर आफुहरु पदमा नजाने घोषणा गर्नुपर्ने जिकिर समेत गर्नुभयो । ताप्लेजुङबाट प्रतिनिधिसभामा निर्वाचित भट्टराई फागुन १८ गते दोभानबजारमा भएको आगलागी क्षेत्रको निरीक्षण तथा राहत वितरणका लागि गृह जिल्ला आइपुग्नु भएको हो ।

प्रतिक्रिया दिनुहोस
एमाले: विगतका गल्तीमा आममाफी, आलोचना गरे कारबाही

     नेकपा (एमाले) ले भर्खरै ललितपुरको च्यासलमा सम्पन्न आफ्नो तेस्रो केन्द्रीय कमिटी...

कांग्रेस महाधिवेशनमा सात हजार ११४ प्रतिनिधि, २०० बढी स्वयंसेवक परिचालन

    नेपाली कांग्रेसको १५ औँ महाधिवेशनअन्तर्गत निर्वाचनमा भाग लिने महाधिवेशन प्रतिनिधिको अन्तिम...

कांग्रेसले पदाधिकारीको संख्या बढायो, वरिष्ठ उपसभापति पद थप्ने

    नेपाली कांग्रेसले पदाधिकारीको संख्या बढाउने भएको छ । खुलामञ्चमा बसेको केन्द्रीय...

नेपाली कांग्रेस १५औँ महाधिवेशनको निर्वाचन कार्यतालिका सार्वजनिक

    नेपाली कांग्रेसको आइतबारदेखि सुरु भएको १५औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत आजदेखि बन्दसत्र हुने...