एक पद छाड्न प्रधानमन्त्री केपी ओली तयार



हाम्रो इकोनोमि

 

प्रधानमन्त्री केपी शर्मा ओलीले आफूले एक पद छाड्न तयार रहेको सन्देश नेकपा अध्यक्षद्वय पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाललाई पठाएका छन् । ओली निकट नेता एवं लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले प्रचण्ड नेपाल निकट नेता घनश्याम भुषालमार्फत प्रधानमन्त्री ओलीको सन्देश पठाएका हुन् । सिंहदरबारमा पोखरेल र भुषालबीच बिहीबार भेटवार्ता भएको थियो ।

भेटवार्तामा पार्टी विभाजनबाट फेरि एकतातर्फ कसरी लैजान सकिन्छ भनेर सामान्य छलफल भएको भुषालले बताएका छन् । पोखरेल र भुषाल निकट स्रोतले ओलीको सन्देश बोकेर पोखरेलले भुषाललाई भेट्न पुगेका थिए । स्रोतले भन्यो, ‘प्रधानमन्त्रीले प्रधानमन्त्री र पार्टी अध्यक्ष पदमध्ये एउटा छाडेर अगाडि जान सकिन्छ भन्ने सन्देश पठाउनु भएको थियो । यो विषय पुरानो भइसकेको भुषालले बताएका थिए । त्यसपछि पोखरेलले नेतृत्व नयाँ पुस्तामा हस्तान्त्रणका विषयमा छलफल गरौँ भन्ने कुरा गर्नु भएको थियो । यसमा छलफल गर्न सकिने कुरा भुषालले गर्नुभयो ।’

पोखरेलले पूर्वएमालेको नारामा एकताबद्ध हुन नसकिने कुरा भुषालसँग राखेका थिए । तर, भुषालले वैचारिक र नेतृत्व दुबै ठाउँमा नयाँ तरिकाले जान नसक्ने अवस्थामा एक ठाउँमा बस्न नसकिने बताएका स्रोतको दावी छ । पोखरेलले जबजको मार्गदर्शनलाई अगाडि सारेर जानुपर्नेमा जोड दिएका थिए । भुषालले पूर्वएमाले र पूर्वमाओवादी भन्ने कुरा छाडेर वैचारिक हिसाबमा पनि नयाँ तरिकाले सोच्नुपर्नेमा जोड दिएका स्रोतको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस
एमाले: विगतका गल्तीमा आममाफी, आलोचना गरे कारबाही

     नेकपा (एमाले) ले भर्खरै ललितपुरको च्यासलमा सम्पन्न आफ्नो तेस्रो केन्द्रीय कमिटी...

कांग्रेस महाधिवेशनमा सात हजार ११४ प्रतिनिधि, २०० बढी स्वयंसेवक परिचालन

    नेपाली कांग्रेसको १५ औँ महाधिवेशनअन्तर्गत निर्वाचनमा भाग लिने महाधिवेशन प्रतिनिधिको अन्तिम...

कांग्रेसले पदाधिकारीको संख्या बढायो, वरिष्ठ उपसभापति पद थप्ने

    नेपाली कांग्रेसले पदाधिकारीको संख्या बढाउने भएको छ । खुलामञ्चमा बसेको केन्द्रीय...

नेपाली कांग्रेस १५औँ महाधिवेशनको निर्वाचन कार्यतालिका सार्वजनिक

    नेपाली कांग्रेसको आइतबारदेखि सुरु भएको १५औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत आजदेखि बन्दसत्र हुने...