चीनबाट रासायनिक मल आउन थाल्यो, भारतको भर छैन



हाम्रो इकोनोमि

 

सरकारले चिनियाँ नाकाबाट पहिलो पटक रासायनिक मल ल्याउन गरेको परीक्षण सफल भएको छ । चिनियाँ बजारबाट खरिद गरिएको चार हजार मेट्रिक टन यूरिया मल आगामी शनिबार तिब्बतको सिगात्सेबाट तातोपानी आइपुग्ने निश्चित भएको साल्ट ट्रेडिङ कर्पोरेसनले जनाएको छ ।

साल्ट ट्रेडिङको ग्लोबल टेण्डरबाट मल ल्याउने जिम्मा पाएको नेपाली कम्पनी शिल्क मार्केटले शनिबारसम्म मल तातोपानी आइपुग्ने जनाएको छ । सिगात्सेको गोदामबाट चार हजार मेट्रिकटन युरिया मल तातोपानीतर्फ ल्याउन थालिएको कम्पनीका प्रमुख सञ्चालन अधिकृत कल्याण सिलवालले बताए । ‘मल सिगात्सेबाट तातोपानी ल्याउने चरणमा छ, शनिबार मल आइपुग्छ । उत्तरी नाकाबाट पहिलो पटक रासायनिक मल ल्याउन सफल भएका छौं,’ सिलवाललले भने ।

पहिलो पटक उत्तरी नाकाबाट मल तातोपानी नाका हुँदै नेपाल आइपुग्ने निश्चित भएको साल्ट ट्रेडिङका सूचना अधिकारी कुमार राजभण्डारीले पनि पुष्टि गरे । ‘चार हजार मेट्रिकटन युरिया अहिले सिगात्सेको गोदाममा आइपुगेको छ, अर्को सातासम्म तातोपानी नाका भएर नेपाल आइपुग्छ,’ सूचना अधिकारी राजभण्डारीले भने । चीनमै उत्पादन भएको युरिया शिल्क मार्केट कम्पनीले खरिद गरेको र नेपाल ल्याउने प्रक्रियामा रहेको उनको भनाइ छ ।

सिगात्सेबाट तातोपानी नाका हुँदै युरिया मल कन्टेनरमा नेपाल आइपुग्ने साल्ट ट्रेडिङले जनाएको छ । चीनमै खरिद गरिएको मल पनि हालसम्म भारततर्फको जलमार्ग भएर नेपाल भित्रिने गरेको र अहिले पहिलो पटक परीक्षणको रुपमा उत्तरी नाकाबाट पनि मल ल्याउन प्रयास गरेको कर्पोरेसनले जनाएको छ । कुल १८ करोड १८ लाख ८० हजार रुपैयाँ बराबरको (प्रतिमेट्रिकटन ३८९.९० अमेरिकी डलर) ४ हजार मेट्रिकटन मल उत्तरी नाकाबाट भित्रिने जनाइएको छ ।

कर्पोरेसनकाअनुसार लागतमा खासै फरक नपरे पनि दुरीका कारण छिटो मल ल्याउन सकिन्छकी भनेर मल ल्याइएको हो । उत्तरको बाटो भएर पहिलो पटक मल ल्याउने पहल सफलताउन्मुख रहेको कृषि तथा पशुपन्छी विकास मन्त्रालयले जनाएको छ । कृषि मन्त्रालयका सचिव डा. योगेन्द्र कुमार कार्कीले पहिलो पटक उत्तरबाट मल ल्याउने काम नतिजाउन्मुख रहेको बताए ।

तत्कालीन कृषि तथा पशुपन्छी विकास मन्त्री घनश्याम भुसालले परीक्षणको रुपमा ९ हजार मेट्रिकटन मल उत्तरी नाकाबाट ल्याउन पहल गरेका थिए । जसअनुसार ५ हजार मेट्रकटन डीएपी मल ल्याउने जिम्मा कृषि सामग्री कम्पनी लिमिटेड र ४ हजार मेट्रिकटन युरिया मल ल्याउने जिम्मा साल्ट ट्रेडिङले पाएको थियो, जसमध्ये कृषि सामग्रीले खोलेको टेण्डरमा कुनै पनि आवेदन परेको थिएन ।

प्रतिक्रिया दिनुहोस
कुमारी बैंकको २६औँ साधारणसभा सम्पन्न, सेयरधनीलाई ५५ करोड नगद लाभांश

    कुमारी बैंक लिमिटेडको २६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले...

लक्ष्मी सनराइज बैंकको सीईओमा सुमेद भट्टराई नियुक्त

    लक्ष्मी सनराइज बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुमेद भट्टराई...

वाणिज्य बैंकहरुले दुई महिनामा कमाए १७ अर्ब ८१ करोड

    वाणिज्य बैंकहरुले चालु आर्थिक वर्ष २०८२/८३ को दुई महिनामा १७ अर्ब...

ग्लोबल आइएमई बैंकको नायव प्रमुख कार्यकारी अधिकृतमा दीपचन्द्र रेग्मी

    ग्लोबल आइएमई बैंकको नायव प्रमुख कार्यकारी अधिकृत (डीसीईओ) मा दीपचन्द्र रेग्मी...