पार्टीभित्रको एकता खल्बल्याउने मुख्य नायक वामदेव नै भएको खुलासा



हाम्रो इकोनोमि

 

नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को उपाध्यक्ष वामदेव गौतमले दाहाल–नेपाल र ओली समूहका दोस्रो तहका नेताहरूलाई एकताबद्ध गरी एकता अभियान अगाडि बढाउने बताएका छन् । सकेसम्म आफैं नेतृत्वमा आउने र नसकेमा युवा पुस्तालाई हस्तान्तरण गर्ने केपी ओलीको फर्मुलालाई वामदेवले अनुशरण गरेका छन् ।

पार्टीभित्रको एकता खल्बल्याउन वामदेव गौतमले नै प्रारम्भ गरे । संगठन विभाग प्रमुख, उपाध्यक्ष, प्रतिनिधिसभामा निर्वाचन उठ्नका लागि निर्वाचन क्षेत्र खालि गराउनेदेखि उनले राष्टि«यसभामा गएर संविधान संशोधन गरेर प्रधानमन्त्री बन्ने योजना बुनिरहे । सचिवालयको नेतृत्वको व्यवस्थापनमा आधाभन्दा बढी समय वामदेवकै व्यवस्थापनमा खर्च भयो ।

कहिले प्रचण्ड, कहिले ओली र कहिले स्वतन्त्र भएर बसेका वामदेवले अहिले पार्टीमा एकता अभियानका नाममा समानान्तर गतिविधि गरिरहेका छन् । उनको अवस्था धेरै नै संकुचन भएको छ । अहिले पार्टीमा मुद्दाको पक्षधरता भन्दा पनि युवाका नाममा प्रतिगमनको अगुवाइ गरिरहेका केपी ओलीसँग त्यसका विरुद्ध खडा भइरहेका प्रचण्ड र माधवकुमार नेपाललाई दाँजिरहेका छन् र तिनलाई एकैपटक विदाइ गर्नुपर्छ भन्दै युवाका नाममा विष्णु पौडेललाई नेतृत्वमा स्थापित गर्न वामदेव अग्रसर भएका छन् । यसका लागि अहिले विवादास्पद व्यापारी दीपक भट्टले व्यवस्थापन गरिरहेका छन् ।

वामदेव गौतम, विष्णु पौडेल, टोपबहादुरसहितका केही नेतालाई विवादास्पद व्यवसायी दीपक भट्टले वैठक बसाइरहेको भट्ट निकट सूत्रले बताएको छ । केपी र केपीका मतियारलाई चोख्याउने, विचारको भन्दा पनि मुख्य नेतृत्वको इगोको लडाईं भन्दै गलत व्यक्तिलाई नेतृत्वमा स्थापित गर्ने कार्य वेठीक छ ।

संविधानमा स्थापित गणतन्त्र, संघीयता, समावेशिता, समानुपातिकका मुद्दालाई खारेज गरेर प्रतिगमनको यात्रामा लैजान खोज्ने केपीको कार्यलाई जनदवाव र सर्वोच्च अदालतले सच्याएको छ । अव फेरि त्यो खतराबाट जोगाउन नेपाली काँग्रेस, जसपासँग मिलेर भए पनि केपी र उनका मतियारलाई वहिर्गमन गराउनुपर्ने समयको माग हो । झिल्को अनलाईनले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
हुम्लाको दक्षिण क्षेत्रका चार गाउँपालिकामा नुन अभाव

     हुम्लाको दक्षिण क्षेत्रका चार गाउँपालिकाका बासिन्दाले बर्सेनि नुन अभाव झेल्दै आएका...

ओली भेट्न गुन्डु पुगे राष्ट्रपति पौडेल

    नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली भेट्न राष्ट्रपति रामचन्द्र पौडेल गुन्डु...

इरानसँग चलिरहेको युद्ध चाँडै अन्त्य हुन्छ : ट्रम्प

    अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग चलिरहेको युद्ध चाँडै अन्त्य हुने संकेत...

होर्मुज स्ट्रेट सञ्चालनमा सहयोग नभए नेटोको भविष्य नराम्रो हुनेछ : ट्रम्प

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युरोपेली मुलुकहरूले होर्मुज स्ट्रेट पुन: सञ्चालन लागि...