म मधेसविरोधी होइन् : प्रधानमन्त्री ओली



हाम्रो इकोनोमि

 

 

प्रधानमन्त्री केपी शर्मा ओलीले सुनकोशी-मरिन डाइभर्सन आयोजनाबाट १ लाख ८५ हजार बिघा सिँचाई गर्न सकिने र ३१ मेगावट विद्युत उत्पादन गर्न मिल्ने दुई मुख्य फाइदा देखाएका छन् । आज सिन्धुलीको कुसुमटारमा आयोजना शिलान्यास गर्दै ओलीले भने, ‘ ‘यो महत्वपूर्ण आयोजना हो ,यसले जमिनमुनी दबिएको पानीको सतह आउने पानीले माटो मलिलो बनाउँछ । पर्यावरणलाई समेत सन्तुलित बनाउँछ ।’

‘यो आयोजनाले तराई र पहाडलाई जोड्नुका साथै एउटा ठूलो कुराको जवाफ दिन्छ । केपी ओलीलाई मधेसविरोधी भनेर तराईमा पस्त नदिने भन्थे । तर, केपी ओलीलाई मधेसमा पस्न नदिएपनि तराई मधेसमा पानी पठाइन्छ । मुख्य मन्त्रीज्यूलाई म भन्न चाहान्छु मलाई तराई मधेसमा पस्न नदिएर केही भएन पानी चाँही पस्न दिनु होला । तराईमा त्यस्ता जनताहरू छैनन् , मलाई केही छैन अर्को कमला सुनकोशी डाइभर्सनबाट थप १ लाख ७० हजार हेक्टरमा क्षेत्रफल सिँचाई पुगेपछि तराईबासीहरूले आफैं गेट बनाउँनेछन् , ओलीले भने ।’

उनले भने, ‘यो देश हाम्रो यो देशको पानी देशभरी नै पुर्‍याउनुपर्छ । हावाको उदाहरण दिँदै उनले भने हावालाई छेक्न मिल्दैन । तराई सबै हाम्रो बरा, पर्सा , सर्लाही र रौतहट पनि हाम्रै हो उनको भनाइ थियो ।’ आयोजना निर्माणमा एक मिनेट पनि ढिला नगर्न प्रधानमन्त्रीले निर्देशन दिएका छन् ।

प्रतिक्रिया दिनुहोस
एमाले: विगतका गल्तीमा आममाफी, आलोचना गरे कारबाही

     नेकपा (एमाले) ले भर्खरै ललितपुरको च्यासलमा सम्पन्न आफ्नो तेस्रो केन्द्रीय कमिटी...

कांग्रेस महाधिवेशनमा सात हजार ११४ प्रतिनिधि, २०० बढी स्वयंसेवक परिचालन

    नेपाली कांग्रेसको १५ औँ महाधिवेशनअन्तर्गत निर्वाचनमा भाग लिने महाधिवेशन प्रतिनिधिको अन्तिम...

कांग्रेसले पदाधिकारीको संख्या बढायो, वरिष्ठ उपसभापति पद थप्ने

    नेपाली कांग्रेसले पदाधिकारीको संख्या बढाउने भएको छ । खुलामञ्चमा बसेको केन्द्रीय...

नेपाली कांग्रेस १५औँ महाधिवेशनको निर्वाचन कार्यतालिका सार्वजनिक

    नेपाली कांग्रेसको आइतबारदेखि सुरु भएको १५औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत आजदेखि बन्दसत्र हुने...