अविश्वासको प्रस्ताव ल्याउन कांग्रेस तयार



हाम्रो इकोनोमि

 

 प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गर्ने भएको छ । प्रतिनिधिसभा विघटनको असंवैधानिक प्रयास गरेको, सुशासन कायम गर्न नसकेको तथा जनमतको सम्मान गर्न नसकेको लगायतका निष्कर्षसहित ओलीविरुद्ध अविश्वास प्रस्ताव दर्ता गर्न कांग्रेस तयार भएको हो ।

यसबारेमा औपचारिक निर्णय लिन सभापति शेरबहादुर देउवाले आजै पदाधिकारी बैठक बोलाएका छन् भने शुक्रबार (भोलि) संसदीय दलको बैठक बस्दैछ ।सभापति देउवानिकट एक नेताले अविश्वास प्रस्ताव दर्ता गर्ने विषयमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को प्रचण्ड-माधव पक्षसँग सहमति भइसकेको र जनता समाजवादी पार्टीसँग पनि छलफल चलिरहेको जानकारी दिए ।‘वर्तमान सरकारले नैतिकरूपमा वैधता गुमाइसकेकोले संसदीय प्रक्रियाबाटै यसलाई विस्थापन गर्नुपर्छ भन्नेमा सहमति बनेको छ । केही कानूनी परामर्शमा छौं’ ती नेताले भने ।

प्रतिनिधिसभा पुनःस्थापना भएलगत्तै कांग्रेस सभापति शेरबहादुर देउवालाई भेटेर नेकपा नेताहरू पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपालले सहकार्यको प्रस्ताव गरेका थिए । नेकपा विभाजनको प्रतीक्षा सभापति देउवाले गरेको भएपनि प्रधानमन्त्री ओलीको निरन्तरताले नेकपा विभाजनमा ढिलाइ हुने देखेपछि अविश्वास प्रस्तावमा सहमति जुटेको छ । प्रचण्ड-माधव पक्षले संसदमा दर्ता गरेको अविश्वास प्रस्तावमा प्रधानमन्त्रीको वैकल्पिक उम्मेदवारका रूपमा प्रचण्डलाई अघि सारिएको छ ।

अब कांग्रेसको अगुवाईमा नयाँ संयुक्त प्रस्ताव दर्ता हुनेछ । जसमा देउवालाई प्रधानमन्त्रीको वैकल्पिक उम्मेदवारका रुपमा प्रस्तुत गरिनेछ । देउवालाई भेटेकै दिन नेकपा नेता नेपालले कांग्रेस नेताहरु कृष्ण सिटौला, डा.मिनेन्द्र रिजाल, रमेश लेखकलगायतलाई भेटेका थिए । संयुक्त अविश्वास प्रस्ताव ल्याउने विषयमा सहमति जुटेको सभापति देउवानिकट नेताले पुष्टि गरेपनि कांग्रेसले औपचारिक निर्णय भने गर्न बाँकी छ । यद्यपि पार्टीको बैठक बस्नै बाँकी छ तर भोलीसम्म अविश्वासको प्रस्ताव नयाँ आउछ होला’ ती नेताले नेपाल प्रेससंग भने । संयुक्त अविश्वास प्रस्ताव दर्ता गर्दाका कानूनी प्रश्न र त्यसको समाधानबारे नेताहरू परामर्शमा छन् ।

प्रधानमन्त्री ओलीविरुद्ध अविश्वास प्रस्ताव ल्याउने विषयमा कांग्रेस र नेकपा प्रच्ण्ड-माधव पक्षबीच हप्तादिनयता विभिन्न चरणमा वार्ताहरू भएका थिए । कांग्रेसका तर्फबाट कृष्ण सिटौला, मिनेन्द्र रिजाल र रमेश लेखक तथा नेकपाबाट माधवकुमार नेपाल, जनार्दन शर्मा र वर्षमान पुनलगायतका नेताहरू अनौपचारिक छलफलमा जुट्दै आएका थिए । सहमति नजिक पुगेसँगै कांग्रेसले मंगलबार नै आफ्ना सांसदहरुलाई काठमाडौं नछाड्न अनौपचारिक सर्कुलर जारी गरेको थियो ।

प्रतिक्रिया दिनुहोस
गोलभेँडा फालेर माइतीघर मण्डलामा किसानको प्रदर्शन

  तरकारी किसानहरूले बुधबार काठमाडौंको माइतीघर मण्डलामा गोलभेँडा सडकमा फालेर सरकारविरुद्ध विरोध प्रदर्शन...

सिंहदरबार अगाडि मोटरसाइकल पार्किङ गरेर अखिलको प्रदर्शन, ६ विद्यार्थी नेता पक्राउ

    सिंहदरबार अगाडि मोटरसाइकल पार्किङ गरेर प्रदर्शनमा उत्रिएका नेकपा एमाले निकट विद्यार्थी...

इरानका पुल र विद्युत केन्द्र ध्वस्त पार्ने ट्रम्पको धम्की

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरान वार्तामा नफर्किए अर्को हप्तादेखि त्यहाँका पुल...

सरकारको विरोध गर्दा गोली हान्ने धम्की आयो : ऐन महर

    प्रतिपक्षी दल नेकपा एमालेका प्रमुख सचेतक ऐन महरले गुण र दोषको...