फेरी देउवाले ज्योतिषलाई भेटे, यस्तो छ कारण



हाम्रो इकोनोमि

 

सरकार परिवर्तनको चर्चासँगै भावी प्रधानमन्त्रीका एक दावेदारका रुपमा हेरिएका कांग्रेस सभापति शेरबहादुर देउवाले ज्योतिषी भेटेका छन् । देउवाले तिनै ज्योतिषी भेटेका हुन् जसले उनलाई सातपटक प्रधानमन्त्री बन्ने मीठो भविष्यवाणी गरिदिएका थिए ।

ज्योतिषी सुरेशचन्द्र रिजालले  बूढानीलकण्ठस्थित देउवा निवासमा पुगेर भेटेको बताए । देउवालाई उनले अबको तीन महिना सावधानी अपनाउनुपर्ने सुझाव दिएका थिए ।  रिजालले भने, ‘उहाँसँग मेरो नियमित भेट भइराख्छ । हिजो पनि भेटेको हुँ । फेरि पनि भेट्छु ।’

देउवा मात्र नभएर प्रधानमन्त्री ओली र प्रचण्डको पनि आफूले सही भविष्यवाणी गरेको दाबी गर्छन् । आफूले ११ महिना अगाडि प्रचण्डलाई केपी शर्मा ओलीबाट खतरा छ भनेर भविष्यवाणी गरेको उनले बताए । पछिल्लो राजनीतिक परिवर्तनको संकेत आफूले नयाँ वर्षको शुरूआती समयदेखि नै गराउँदै आएको रिजालको दाबी छ ।

प्रतिक्रिया दिनुहोस
काठमाडौं उपत्यकाबाट सबै जिल्लावासीले नागरिकताको प्रतिलिपि पाउने

    अन्य जिल्लाका नेपाली नागरिकले पनि अब काठमाडौं उपत्यकाबाट नागरिकताको प्रतिलिपि लिन...

आनीको नियुक्तिप्रति कांग्रेसको पनि आपत्ति

    लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्माको नियुक्तिलाई लिएर प्रमुख प्रतिपक्षी...

बैंकहरूको गैरबैंकिङ सम्पत्ति ४७ अर्ब नाघ्यो

    वाणिज्य बैंकहरूमा कर्जा असुली तथा धितो व्यवस्थापनसँग जोडिएको गैरबैंकिङ सम्पत्तिको आकार...

बजारमा चलनचल्तीको मुद्रा ९ खर्ब नजिक

    दसैँको चहलपहलसँगै नेपाली बजारमा नगदको प्रवाह उल्लेख्य रूपमा बढेको छ ।...