फेरी देउवाले ज्योतिषलाई भेटे, यस्तो छ कारण



हाम्रो इकोनोमि

 

सरकार परिवर्तनको चर्चासँगै भावी प्रधानमन्त्रीका एक दावेदारका रुपमा हेरिएका कांग्रेस सभापति शेरबहादुर देउवाले ज्योतिषी भेटेका छन् । देउवाले तिनै ज्योतिषी भेटेका हुन् जसले उनलाई सातपटक प्रधानमन्त्री बन्ने मीठो भविष्यवाणी गरिदिएका थिए ।

ज्योतिषी सुरेशचन्द्र रिजालले  बूढानीलकण्ठस्थित देउवा निवासमा पुगेर भेटेको बताए । देउवालाई उनले अबको तीन महिना सावधानी अपनाउनुपर्ने सुझाव दिएका थिए ।  रिजालले भने, ‘उहाँसँग मेरो नियमित भेट भइराख्छ । हिजो पनि भेटेको हुँ । फेरि पनि भेट्छु ।’

देउवा मात्र नभएर प्रधानमन्त्री ओली र प्रचण्डको पनि आफूले सही भविष्यवाणी गरेको दाबी गर्छन् । आफूले ११ महिना अगाडि प्रचण्डलाई केपी शर्मा ओलीबाट खतरा छ भनेर भविष्यवाणी गरेको उनले बताए । पछिल्लो राजनीतिक परिवर्तनको संकेत आफूले नयाँ वर्षको शुरूआती समयदेखि नै गराउँदै आएको रिजालको दाबी छ ।

प्रतिक्रिया दिनुहोस
हुम्लाको दक्षिण क्षेत्रका चार गाउँपालिकामा नुन अभाव

     हुम्लाको दक्षिण क्षेत्रका चार गाउँपालिकाका बासिन्दाले बर्सेनि नुन अभाव झेल्दै आएका...

ओली भेट्न गुन्डु पुगे राष्ट्रपति पौडेल

    नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली भेट्न राष्ट्रपति रामचन्द्र पौडेल गुन्डु...

इरानसँग चलिरहेको युद्ध चाँडै अन्त्य हुन्छ : ट्रम्प

    अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग चलिरहेको युद्ध चाँडै अन्त्य हुने संकेत...

होर्मुज स्ट्रेट सञ्चालनमा सहयोग नभए नेटोको भविष्य नराम्रो हुनेछ : ट्रम्प

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युरोपेली मुलुकहरूले होर्मुज स्ट्रेट पुन: सञ्चालन लागि...