नेपालको नयाँ नक्साबारे बाबुराम भट्टराईको असन्तुष्टि



हाम्रो इकोनोमि

 

भारतले हडपेका भूभागहरु समावेश गर्दै नेपालले नयाँ नक्सा प्रकाशित गरेको विषयलाई लिएर पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले पहिलोपटक असन्तुष्टि जनाएका छन् । उनको असन्तुष्टि भारतीय मिडियासँगको कुराकानीमा व्यक्त भएको हो ।डा. भट्टराई हालै आफ्नो स्वास्थ्य उपचारका सिलसिलामा नयाँ दिल्ली पुगेका थिए । त्यहाँ बसाइका क्रममा उनले इन्डिया टुडेलाई हिन्दीमा दिएको अन्तर्वार्ता अहिले सामाजिक सञ्जालमा आलोचनाको विषय बनिरहेको छ । अन्तर्वार्ताकारले नेपालमा नयाँ नक्सा सार्वजनिक गरिएको विषयलाई लिएर प्रश्न गरेकी थिइन् ।

उनले प्रश्न यस्तो थियो, ‘हालै नेपालमा नक्साको विवाद भयो, तपाईंलाई के लाग्छ ओलीले संसदबाट नक्सा पास गर्न हतार गरे ? के उनले प्रतिक्षा गर्नुपथ्यो र भारतसित कुराकानी गर्नुपर्‍थ्यो कि राष्ट्रवादको झण्डा फहराउनुपर्‍थ्यो ? यसमा डा. भट्टराईले अनपेक्षित जवाफ दिए । नयाँ नक्साको बचाउ गर्नुको सट्टा उनले यसलाई नेपालको आन्तरिक राजनीतिको उपजका रुपमा व्याख्या गरे । देशभित्रको आन्तरिक संकट समाधान गर्न नसकेपछि राष्ट्रियताको विषय ल्याइएको उनको टिप्पणी छ ।

डा. भट्टराईको जवाफ जस्ताको तस्तैः

‘दक्षिण एसियाका धेरै देशहरूमा यस्तो हुन्छ । जब आन्तरिक संकट उत्पन्न हुन्छ, त्यसलाई समाधान गर्न नसकेपछि शासकले राष्ट्रियताको विषय अगाडि ल्याउँछन् र मानिसहरूको ध्यान मोड्छन् । नेपालमा पनि यस्तै भयो । जुन सीमा समस्याको कुरा छ, त्यो त अंग्रेजको जमानादेखि नै थियो । त्यसलाई समाधान गर्नका लगि राजनीतिक संयन्त्र बनाइएको थियो, त्यसलाई क्रियाशील गर्दै समाधान गर्नुपर्ने थियो । गल्ती त दुवैतर्फबाट भएको छ । तर, पनि सानो देश भएकाले ज्यादा नोक्सान नेपाललाई भइरहेको छ । इन्डिया नेपालको सबैभन्दा ठूलो आर्थिक साझेदार हो । हाम्रो आर्थिक समाजिक सम्बन्ध छ । उसित सम्बन्ध बिग्रिँदा नेपाली जनताले धेरै नोक्सानी व्यहोर्नुपर्छ । हामी चाहन्छौं, यस्ता संवेदशील कुराहरुलाई वार्ताकै माध्यमबाट समाधान गरिनुपर्छ ।’

स्मरणीय के छ भने नयाँ नक्सासहितको निशान छाप नेपालको संसदबाट पारित गर्न संविधान संसोधन हुँदा डा. भट्टराईले पनि समर्थन जनाएका थिए । यति मात्रै होइन, उक्त संशोधनको विपक्षमा बोल्ने र फरक प्रस्ताव गर्ने सांसद सरीता गिरीलाई उनको पार्टीले पार्टी सदस्य र सांसदसमेत नरहने गरी कारवाही गरेको थियो । त्यतिबेला डा. भट्टराईले कुनै असन्तुष्टि व्यक्त गरेका थिएनन् । तर, भारत पुगेर त्यहाँको मिडियासँग नयाँ नक्साप्रति असन्तुष्टि जनाउनु अर्थपूर्ण मानिएको छ ।

भट्टराईले भारत बसाईमा आफूले व्यक्तिगत सम्वन्ध रहेका साथीभाइहरुसँग अनौपचारिक संवाद गरेको अन्तरवार्तामा बताए । औपचारिक कुराकानी भने कसैसँग नगरेको उनको भनाइ छ । नेपाल फर्किएलगत्तै डा. भट्टराईले चाँडै चुनावी सरकार निर्माण हुनुपर्ने वकालत गरेका छन् । उनले ट्वीटरमार्फत राजनीतिक सहमति गरेर चुनावी सरकार निर्माण गर्न आह्वान गरेका हुन् । उनले संविधान संशोधन गर्नुपर्नेलगायत विभिन्न मागहरु पनि अघि सारेका छन् ।

प्रतिक्रिया दिनुहोस
फागुन २० देखि २२ गतेसम्म सार्वजनिक बिदा

    निर्वाचनमा उत्साहजनक सहभागिताका बढाउन निर्वाचन आयोगले फागुन २० देखि २२ गतेसम्म...

नेपाल उद्योग वाणिज्य महासंघमा चुनावी दौड सुरु

    निजी क्षेत्रका व्यवसायीको छाता संस्था नेपाल उद्योग वाणिज्य महासंघमा पनि चुनावी...

रास्वपाले निर्वाचन आचारसंहिता उल्लंघन गरेको राप्रपाको आरोप

    राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रवक्ता मोहन कुमार श्रेष्ठले रास्वपाले ध्वनी प्रदुषणा हुनेगरी...

ओखलढुङ्गा अस्मिता थापाका ६ संकल्प: पूर्वाधारदेखि प्रविधिसम्मको ‘रोडम्याप’

    आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्यको उपनिर्वाचनका लागि नेकपा...