कांग्रेसपनि फुट्यो, देउवा ओलीतिर, रामचन्द्र प्रचण्ड गुटमा



हाम्रो इकोनोमि

 

प्रतिनिधिसभा विघटनपश्चात् गत साता बुढानीलकण्ठस्थित सभापति शेरबहादुर देउवाको घरमा बसेको काङ्ग्रेस पदाधिकारीहरूको बैठकमा अपेक्षित तर आश्चर्यजनक दृष्य देखियो । काङ्ग्रेसले केपी शर्मा ओली या प्रचण्डमध्ये कोसँग सहकार्य गर्नु उचित हुन सक्छ भन्ने विषयले बैठकमा प्रवेश पाउने बित्तिकै रामचन्द्र पौडेलले भने- ‘हामीले केपीसँग सहकार्य गर्ने कुरा सोच्नु पनि हुँदैन, प्रचण्डसँग नै मिलेर जानुपर्छ ।’ पौडेलका कुरामा कृष्ण सिटौलाले पनि समर्थन जनाए, तर सभापति शेरबहादुर देउवा भने प्रचण्डका विपक्षमा उभिए । उनले झोक्किँदै भने- ‘प्रचण्ड धोखेबाज हुन्, उनले हामीलाई धेरै पटक धोखा दिइसकेका छन् । त्यसैले केपीसँग नै सहमति बनाएर जानुपर्छ ।’

यसरी देउवा केपीसँग गठबन्धन बनाउने कुरा गरेपछि रामचन्द्र निकै चर्किए, दुई पक्षबीच चर्काचर्की पऱ्यो । बैठक काङ्ग्रेसको थियो, तर नेताहरू प्रचण्ड र केपीको खेमामा बाँडिए । त्यसपछि नेता अर्जुन नरसिंह केसीलगायतले हस्तक्षेप गर्दै ‘नेकपा विभाजन नभएको अवस्थामा कुनै एक पक्षसँग सहकार्य गर्ने भन्नुको कुनै अर्थ रहन्न, त्यसैले अहिले काङ्ग्रेस तटस्थ रहनुपर्छ’ भने । अन्ततः सबै नेताहरू तत्कालका लागि तटस्थ रहन सहमत भएका छन् । तर समय आउनेबित्तिकै काङ्ग्रेसका नेताहरू केपी र प्रचण्ड खेमामा विभाजित हुने निश्चित देखिएको छ ।

प्रतिक्रिया दिनुहोस
गोलभेँडा फालेर माइतीघर मण्डलामा किसानको प्रदर्शन

  तरकारी किसानहरूले बुधबार काठमाडौंको माइतीघर मण्डलामा गोलभेँडा सडकमा फालेर सरकारविरुद्ध विरोध प्रदर्शन...

सिंहदरबार अगाडि मोटरसाइकल पार्किङ गरेर अखिलको प्रदर्शन, ६ विद्यार्थी नेता पक्राउ

    सिंहदरबार अगाडि मोटरसाइकल पार्किङ गरेर प्रदर्शनमा उत्रिएका नेकपा एमाले निकट विद्यार्थी...

इरानका पुल र विद्युत केन्द्र ध्वस्त पार्ने ट्रम्पको धम्की

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरान वार्तामा नफर्किए अर्को हप्तादेखि त्यहाँका पुल...

सरकारको विरोध गर्दा गोली हान्ने धम्की आयो : ऐन महर

    प्रतिपक्षी दल नेकपा एमालेका प्रमुख सचेतक ऐन महरले गुण र दोषको...