सरकारसँग वार्ता गर्न विप्लवको टोली गठन



हाम्रो इकोनोमि

 

सरकारसँग वार्ताको लागि नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ को नेतृत्वमा दुई सदस्य रहेको वार्ता टोली बनाएको छ । वार्ता टोलीका अर्का सदस्यमा उदय चलाउने ‘दीपक’ रहेको स्रोतले बताएको छ । यद्यपि वार्ता टोलीको आधिकारिक नाम भने सार्वजनिक गरेको छैन । सरकारले आजै गृहमन्त्री रामबहादुर थापा ‘बादल’ को नेतृत्वमा टोली गठन गरेलगत्तै विप्लव समूहले पनि वार्ता टोली बनाएको हो । टोलीमा रहेका सदस्य र वार्ताप्रतिको धारणाबारे केहीबेरमा विज्ञप्ति निकालेर सार्वजनिक गर्ने तयारी भइरहेको चन्द नेतृत्वको नेकपा उच्च स्रोतले नेपाल प्रेसलाई बताएको छ ।

‘विप्लव’ नेतृत्वकाे नेकपाले सरकारसँग वार्ताको लागि प्रकाण्डको नेतृत्वमा धर्मेन्द्र बास्तोला र चिरन पुन सदस्य रहेको तीन सदस्यीय कार्यदल बनाएको थियो । तर, धर्मेन्द्र हाल प्रहरी हिरासतमा रहेकाले वार्ता टोली सदस्यमा हेरफेर हुन लागेको बताइएको छ । ‘विप्लव’ नेतृत्वकाे नेकपाले वार्ताको लागि पार्टीमाथिको प्रतिबन्ध फुकुवा गर्नुपर्ने, पक्राउ परेका नेता/कार्यकर्ताको रिहाइ हुनुपर्नेलगायतका माग अघि सार्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस
हुम्लाको दक्षिण क्षेत्रका चार गाउँपालिकामा नुन अभाव

     हुम्लाको दक्षिण क्षेत्रका चार गाउँपालिकाका बासिन्दाले बर्सेनि नुन अभाव झेल्दै आएका...

ओली भेट्न गुन्डु पुगे राष्ट्रपति पौडेल

    नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली भेट्न राष्ट्रपति रामचन्द्र पौडेल गुन्डु...

इरानसँग चलिरहेको युद्ध चाँडै अन्त्य हुन्छ : ट्रम्प

    अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग चलिरहेको युद्ध चाँडै अन्त्य हुने संकेत...

होर्मुज स्ट्रेट सञ्चालनमा सहयोग नभए नेटोको भविष्य नराम्रो हुनेछ : ट्रम्प

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युरोपेली मुलुकहरूले होर्मुज स्ट्रेट पुन: सञ्चालन लागि...