विप्लव समूहमाथिको प्रतिबन्ध फुकुवा गर्ने सरकारको तयारी



हाम्रो इकोनोमि

 

सरकारले विप्लव समूहमाथिको प्रतिबन्ध फुकुवा गर्ने भएको छ । उक्त समूहसँग वार्ता गर्न गृहमन्त्री रामबहादुर थापा बादलको नेतृत्वमा समिति गठन भएको जानकारी दिन मंगलबार आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले प्रतिबन्ध फुकुवा गर्ने बताएका हुन् ।

प्रतिबन्ध फुकुवा भएपछि विप्लव समूह शान्ति प्रक्रियामा आउने मन्त्री गुरुङले विश्वास व्यक्त गरे । सरकारले २८ फागुन २०७५ देखि विप्लव समूहलाई प्रतिबन्ध लगाएको छ । हिंसात्मक गतिविधिमा लागेको भन्दै सरकारले विप्लव समूहको सम्पूर्ण गतिविधिमाथि रोक लगाएको थियो । त्यसयता नेपाल प्रहरीले समूहका नेता, कार्यकर्तालाई जहाँ भेट्यो, त्यही पक्राउ गर्ने नीति लिँदै आएको छ । तर, चार वटै सुरक्षा निकायले यो समस्याको समाधान राजनीतिक तहको वार्ताबाटै गर्नुपर्ने बताउँदै आएका थिए । हालसम्म समूहका करिब दुई हजार नेता, कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको छ ।

प्रतिक्रिया दिनुहोस
हुम्लाको दक्षिण क्षेत्रका चार गाउँपालिकामा नुन अभाव

     हुम्लाको दक्षिण क्षेत्रका चार गाउँपालिकाका बासिन्दाले बर्सेनि नुन अभाव झेल्दै आएका...

ओली भेट्न गुन्डु पुगे राष्ट्रपति पौडेल

    नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली भेट्न राष्ट्रपति रामचन्द्र पौडेल गुन्डु...

इरानसँग चलिरहेको युद्ध चाँडै अन्त्य हुन्छ : ट्रम्प

    अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग चलिरहेको युद्ध चाँडै अन्त्य हुने संकेत...

होर्मुज स्ट्रेट सञ्चालनमा सहयोग नभए नेटोको भविष्य नराम्रो हुनेछ : ट्रम्प

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युरोपेली मुलुकहरूले होर्मुज स्ट्रेट पुन: सञ्चालन लागि...