सरकारमा जानुको औचित्य छैन : राजेन्द्र महतो



हाम्रो इकोनोमि

 

जनता समाजवादी पार्टीका नेता राजेन्द्र महतोले तत्काल आफूहरू सरकारमा नजाने बताएका छन् । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को करिब दुईतिहाइ बहुमतमा बनेको सरकारमा जानुको औचित्य नभएको उनको तर्क छ ।

‘अहिलेसम्म कम्युनिस्ट पार्टीको करिब दुईतिहाइको सरकार छ । यस्तोबेला हामी सकारमा गएर कुनै अर्थ हुँदैन   उनले भने, ‘अहिले कांग्रेस पनि सरकारमा सहभागी हुँदैन, हुनु हुँदैन ।’

उनले तत्काल नेकपाको दुवै पक्षसँग सहकार्य नहुने समेत स्पष्ट पारेका छन् । महतोले प्रधानमन्त्री केपी ओलीमाथि अविश्वासको प्रस्ताव ल्याउने विषयमा पनि छलफल नभएको बताए । ‘हामीबीच अविश्वासको प्रस्तावबारे अहिले केही चर्चा छैन’, उनले भने, ‘अविश्वासको प्रस्ताव कसैले ल्यायो भने त्यैबेला छलफल हुन्छ ।’

प्रतिक्रिया दिनुहोस
काठमाडौं उपत्यकाबाट सबै जिल्लावासीले नागरिकताको प्रतिलिपि पाउने

    अन्य जिल्लाका नेपाली नागरिकले पनि अब काठमाडौं उपत्यकाबाट नागरिकताको प्रतिलिपि लिन...

आनीको नियुक्तिप्रति कांग्रेसको पनि आपत्ति

    लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्माको नियुक्तिलाई लिएर प्रमुख प्रतिपक्षी...

बैंकहरूको गैरबैंकिङ सम्पत्ति ४७ अर्ब नाघ्यो

    वाणिज्य बैंकहरूमा कर्जा असुली तथा धितो व्यवस्थापनसँग जोडिएको गैरबैंकिङ सम्पत्तिको आकार...

बजारमा चलनचल्तीको मुद्रा ९ खर्ब नजिक

    दसैँको चहलपहलसँगै नेपाली बजारमा नगदको प्रवाह उल्लेख्य रूपमा बढेको छ ।...