सरकारमा जानुको औचित्य छैन : राजेन्द्र महतो



हाम्रो इकोनोमि

 

जनता समाजवादी पार्टीका नेता राजेन्द्र महतोले तत्काल आफूहरू सरकारमा नजाने बताएका छन् । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को करिब दुईतिहाइ बहुमतमा बनेको सरकारमा जानुको औचित्य नभएको उनको तर्क छ ।

‘अहिलेसम्म कम्युनिस्ट पार्टीको करिब दुईतिहाइको सरकार छ । यस्तोबेला हामी सकारमा गएर कुनै अर्थ हुँदैन   उनले भने, ‘अहिले कांग्रेस पनि सरकारमा सहभागी हुँदैन, हुनु हुँदैन ।’

उनले तत्काल नेकपाको दुवै पक्षसँग सहकार्य नहुने समेत स्पष्ट पारेका छन् । महतोले प्रधानमन्त्री केपी ओलीमाथि अविश्वासको प्रस्ताव ल्याउने विषयमा पनि छलफल नभएको बताए । ‘हामीबीच अविश्वासको प्रस्तावबारे अहिले केही चर्चा छैन’, उनले भने, ‘अविश्वासको प्रस्ताव कसैले ल्यायो भने त्यैबेला छलफल हुन्छ ।’

प्रतिक्रिया दिनुहोस
हुम्लाको दक्षिण क्षेत्रका चार गाउँपालिकामा नुन अभाव

     हुम्लाको दक्षिण क्षेत्रका चार गाउँपालिकाका बासिन्दाले बर्सेनि नुन अभाव झेल्दै आएका...

ओली भेट्न गुन्डु पुगे राष्ट्रपति पौडेल

    नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली भेट्न राष्ट्रपति रामचन्द्र पौडेल गुन्डु...

इरानसँग चलिरहेको युद्ध चाँडै अन्त्य हुन्छ : ट्रम्प

    अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग चलिरहेको युद्ध चाँडै अन्त्य हुने संकेत...

होर्मुज स्ट्रेट सञ्चालनमा सहयोग नभए नेटोको भविष्य नराम्रो हुनेछ : ट्रम्प

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युरोपेली मुलुकहरूले होर्मुज स्ट्रेट पुन: सञ्चालन लागि...