निर्वाचन आयोग घेराउ गर्ने प्रचण्ड–माधव समूहको तयारी



हाम्रो इकोनोमि

 

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–माधव समूहको भोलि बोलाइएको केन्द्रीय कमिटी बैठकले निर्वाचन आयोगलाई निर्णय छिटो गर्न झक्झकाउने भएको छ । भोलि बोलाइएको बैठकपछि केन्द्रीय सदस्यहरुलाई सनाखतका लागि निर्वाचन आयोग लैजाने तयारीमा यो समूह जुटेको छ । पार्टीको आधिकारिकता विवाद छिट्टै अन्त्य गरेर प्रधानमन्त्री केपी शर्मा ओली विरुद्धको अविश्वासको प्रस्ताव प्रक्रियागतरुपमै संसदीय दलको बैठकबाटै अघि बढाउने यो समूहको तयारी छ ।

हिजोमात्र प्रधानमन्त्री ओलीले आफूलाई विधि प्रक्रियाबाट हाउँन चेतावनी नै दिएका थिए । पार्टीको आधिकारिकता विवाद नटुंगिएकाले ओलीलाई हटाउन अप्ठ्यारो भएको प्रचण्ड–माधव समूहको निष्कर्ष छ । त्यसैले निर्वाचन आयोगको ढिलासुस्तीमा शंसकित बनेको यो समूहले आफ्ना केन्द्रीय सदस्यहरुलाई नै आयोगमा उपस्थित गराउने तयारी गरेको हो ।

प्रतिक्रिया दिनुहोस
काठमाडौं उपत्यकाबाट सबै जिल्लावासीले नागरिकताको प्रतिलिपि पाउने

    अन्य जिल्लाका नेपाली नागरिकले पनि अब काठमाडौं उपत्यकाबाट नागरिकताको प्रतिलिपि लिन...

आनीको नियुक्तिप्रति कांग्रेसको पनि आपत्ति

    लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्माको नियुक्तिलाई लिएर प्रमुख प्रतिपक्षी...

बैंकहरूको गैरबैंकिङ सम्पत्ति ४७ अर्ब नाघ्यो

    वाणिज्य बैंकहरूमा कर्जा असुली तथा धितो व्यवस्थापनसँग जोडिएको गैरबैंकिङ सम्पत्तिको आकार...

बजारमा चलनचल्तीको मुद्रा ९ खर्ब नजिक

    दसैँको चहलपहलसँगै नेपाली बजारमा नगदको प्रवाह उल्लेख्य रूपमा बढेको छ ।...