निर्वाचन आयोग घेराउ गर्ने प्रचण्ड–माधव समूहको तयारी



हाम्रो इकोनोमि

 

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–माधव समूहको भोलि बोलाइएको केन्द्रीय कमिटी बैठकले निर्वाचन आयोगलाई निर्णय छिटो गर्न झक्झकाउने भएको छ । भोलि बोलाइएको बैठकपछि केन्द्रीय सदस्यहरुलाई सनाखतका लागि निर्वाचन आयोग लैजाने तयारीमा यो समूह जुटेको छ । पार्टीको आधिकारिकता विवाद छिट्टै अन्त्य गरेर प्रधानमन्त्री केपी शर्मा ओली विरुद्धको अविश्वासको प्रस्ताव प्रक्रियागतरुपमै संसदीय दलको बैठकबाटै अघि बढाउने यो समूहको तयारी छ ।

हिजोमात्र प्रधानमन्त्री ओलीले आफूलाई विधि प्रक्रियाबाट हाउँन चेतावनी नै दिएका थिए । पार्टीको आधिकारिकता विवाद नटुंगिएकाले ओलीलाई हटाउन अप्ठ्यारो भएको प्रचण्ड–माधव समूहको निष्कर्ष छ । त्यसैले निर्वाचन आयोगको ढिलासुस्तीमा शंसकित बनेको यो समूहले आफ्ना केन्द्रीय सदस्यहरुलाई नै आयोगमा उपस्थित गराउने तयारी गरेको हो ।

प्रतिक्रिया दिनुहोस
एमाले: विगतका गल्तीमा आममाफी, आलोचना गरे कारबाही

     नेकपा (एमाले) ले भर्खरै ललितपुरको च्यासलमा सम्पन्न आफ्नो तेस्रो केन्द्रीय कमिटी...

कांग्रेस महाधिवेशनमा सात हजार ११४ प्रतिनिधि, २०० बढी स्वयंसेवक परिचालन

    नेपाली कांग्रेसको १५ औँ महाधिवेशनअन्तर्गत निर्वाचनमा भाग लिने महाधिवेशन प्रतिनिधिको अन्तिम...

कांग्रेसले पदाधिकारीको संख्या बढायो, वरिष्ठ उपसभापति पद थप्ने

    नेपाली कांग्रेसले पदाधिकारीको संख्या बढाउने भएको छ । खुलामञ्चमा बसेको केन्द्रीय...

नेपाली कांग्रेस १५औँ महाधिवेशनको निर्वाचन कार्यतालिका सार्वजनिक

    नेपाली कांग्रेसको आइतबारदेखि सुरु भएको १५औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत आजदेखि बन्दसत्र हुने...