पशुपति आर्यघाटमा दाह संस्कारका लागि निःशुल्क दाउरा : वनमन्त्री आले



हाम्रो इकोनोमि

 

 

वन तथा वातावरण मन्त्री प्रेमबहादुर आलेले पशुपति आर्यघाटमा दाह संस्कारका लागि दाउरा किन्नुपर्ने अवस्थाको अन्त्य गर्ने बताउनुभएको छ । सोमबार राष्ट्रिय सहकारी महासंघले आयोजना गरेको सहकारीमा युवा समावेशिता विषयक दुईदिने राष्ट्रिय गोष्ठिको उद्घाटन समारोहमा बोल्दै वन मन्त्री आलेले पशुपति आर्यघाटमा दाह संस्कार गर्न दाउरा किन्नुपर्ने अवस्थाको अन्त्य गर्दै वन तथा वातावरण मन्त्रालयले निःशुल्क दाउरा उपलब्ध गराउने बताउनुभएको हो । यसको निम्ति मन्त्रालयले गृहकार्य अगाडि बढाएको र यसैपल्ट लागू गरिने उहाँको भनाइ छ ।

उहाँले भन्नुभयो , ‘पशुपति आर्यघाटमा १२÷१५ हजार तिरेर दाह संस्कार गर्न दाउरा किन्नुपर्ने अवस्थामा यसलाई निःशुल्क गर्नुपर्छ भनेर मेरो मन्त्रालयले यो गृहकार्य अगाडि बढाएको छ । यसैपल्ट यो लागू गर्दैछौँ ।’ मन्त्री आलेले खुल्ला चिडियाखानाको अवधारणा अगाडि बढाएको पनि बताउनुभयो । कम्तिमा ३५ जिल्लामा यो कार्यक्रम अगाडि बढाउनको निम्ति मन्त्रालयमा छलफल गरिरहेको पनि उहाँले बताउनुभयो । ‘ओपन जू को रुपमा कन्सेप्ट मैले अगाडि बढाएको छु’, उहाँले भन्नुभयो, ‘कम्तिमा पनि ३५ वटा जिल्लामा यो कार्यक्रम अगाडि बढाउनुपर्छ भनेर मैले मेरो मन्त्रालयबाट बजेटको तयारी अगाडी बढाएको छु ।’ उहाँले प्रधानमन्त्री जडिबुटी तथा कृषि वन रोजगार कार्यक्रम मन्त्रालयले अगाडि बढाएको पनि बताउनुभयो । कम्तिमा ७ वटा जिल्लाबाट जडिबुटी उत्पादनको पकेट क्षेत्रको रुपमा कार्यक्रम अगाडि बढाउने उहाँले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस
हुम्लाको दक्षिण क्षेत्रका चार गाउँपालिकामा नुन अभाव

     हुम्लाको दक्षिण क्षेत्रका चार गाउँपालिकाका बासिन्दाले बर्सेनि नुन अभाव झेल्दै आएका...

ओली भेट्न गुन्डु पुगे राष्ट्रपति पौडेल

    नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली भेट्न राष्ट्रपति रामचन्द्र पौडेल गुन्डु...

इरानसँग चलिरहेको युद्ध चाँडै अन्त्य हुन्छ : ट्रम्प

    अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग चलिरहेको युद्ध चाँडै अन्त्य हुने संकेत...

होर्मुज स्ट्रेट सञ्चालनमा सहयोग नभए नेटोको भविष्य नराम्रो हुनेछ : ट्रम्प

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युरोपेली मुलुकहरूले होर्मुज स्ट्रेट पुन: सञ्चालन लागि...