ताप्लेजुङमा भीषण आगलागी, ४० भन्दा बढी घर जले



हाम्रो इकोनोमि

 

ताप्लेजुङको दोभान बजारमा आगलागी हुँदा चालीस बढी घर जलेका छन् । आज बिहान करिब ९ बजेदेखि सुरु भएको आगलागी अझै नियन्त्रणमा आउन सकेको छैन । आगो नियन्त्रणको प्रयास भइरहेको ताप्लेजुङ प्रहरी प्रमुख डिएसपी बालनरसिंह राणाले बताए । उनका अनुसार स्थानीयले चालीस घर जलेको जानकारी प्रहरीलाई दिएका छन् ।

आगो निभाउन ताप्लेजुङ नगरपालिकाको दमकल प्रयोग गरिएको छ । ताप्लेजुङबाट दोभान बजार पुग्न गाडीमा करिब एक घण्टा लाग्छ । आगलागीको कारण खुलेको छैन । आगोले पुर्याएको क्षतिको विवरण पनि आउन बाँकी छ ।

दोभान ताप्लेजुङ जिल्लाको दोस्रो ठूलो बजार हो । यहाँ काठले बनेका कच्ची घरहरु धेरै छन् । बाटो पनि साँघुरो छ । दोभान बजारमा एक सय जति घरहरु रहेको स्थानीय बताउँछन् ।

प्रतिक्रिया दिनुहोस
राष्ट्रपति पौडेल बाढी प्रभावित क्षेत्रमा पुगे

    राष्ट्रपति रामचन्द्र पौडेल बाढी प्रभावित क्षेत्रमा पुगेका छन् । नुवाकोट पुगेर...

त्रिशूली ३ बी मा हराएका आफन्त खोजीको माग गर्दै माइतीघरमा धर्ना

     रसुवा बाढीका क्रममा त्रिशूली ३ बी मा हराएका आफन्तहरुको खोजीको माग...

बाढीले गोरखामा दुई पुल र दुई जलविद्युत् आयोजना बगायो

    उत्तरी गोरखाको चुमनुब्री गाउँपालिका–४ नाम्रुङस्थित बूढीगण्डकी र थेराङ खोलाको बाढीले दुई...

भोटेकोशी बाढीमा चार हजार ४४ जना अझै बेपत्ता, एक हजार ३४१ शव फेला

  रसुवास्थित भोटेकोशी नदीमा भदौ १० गते गएको विनाशकारी बाढीमा परी मृत्यु भएकामध्ये...