सूर्य हामीले पाइसक्यौं, घोषणा हुन मात्र बाँकी छ : प्रचण्ड



हाम्रो इकोनोमि

 

 

नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेकपाको आधिकारिकता आफूहरुले पाउने निश्चित भएको दाबी गरेका छन्। संविधान, राजनीतिक दल सम्बन्धी ऐन र अन्य कारणले सूर्य चिह्न र नेकपाको आधिकारिकता आफूहरुले पाउने निश्चित भएको उनले दाबी गरे। ‘निर्वाचन आयोगले पनि दल र कानुन अनुसार निर्णय गर्छ। अब सूर्य हामीले पाइसक्यौं’ दाहालले भने,  ‘घोषणा हुन मात्र बाँकी छ।’ प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभा विघटनविरुद्धको मुद्दा दर्ता भएपछि सर्वोच्च अदालत सेटिङ गरेको छु भनेर देशभर भन्दै हिँडेको तर, आफूअनुकल फैसला नआउँदा बर्बराउँदै हिँडेको दाहालको टिप्पणी छ।

‘अब निर्वाचन आयोगबाट पनि ओलीको अर्को सेटिङ भत्कँदैछ’, दाहालले भने, ‘आयोगले केही दिनमा बहुमतको पार्टी हाम्रो भएको फैसला गर्छ। मैले थाहा पाएर भनेको हुँ। यसमा दुविधा गर्न पर्दैन।’

अब विस्तारै  भ्रममा रहेका मान्छेहरू फर्किदै गरेको भन्दै उनले बाँकी पनि ब्युँझिनुपर्ने बताए। ‘केही साथीहरु भ्रममा हुनुहुन्छ भने आउनुस् तपाईंहरु निन्द्राबाट ब्युँझिएर आउनुस्’, दाहालले भने ‘आधिकारिक पार्टी यही हुन्छ आउनुस्। सर्वोच्चले जनताको पक्षमै आउँछ भनेको थिएँ। मैले सेटिङ गरेर भनेको थिइनँ।अहिले संविधानले जितेको छ।’

प्रतिक्रिया दिनुहोस
काठमाडौं उपत्यकाबाट सबै जिल्लावासीले नागरिकताको प्रतिलिपि पाउने

    अन्य जिल्लाका नेपाली नागरिकले पनि अब काठमाडौं उपत्यकाबाट नागरिकताको प्रतिलिपि लिन...

आनीको नियुक्तिप्रति कांग्रेसको पनि आपत्ति

    लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्माको नियुक्तिलाई लिएर प्रमुख प्रतिपक्षी...

बैंकहरूको गैरबैंकिङ सम्पत्ति ४७ अर्ब नाघ्यो

    वाणिज्य बैंकहरूमा कर्जा असुली तथा धितो व्यवस्थापनसँग जोडिएको गैरबैंकिङ सम्पत्तिको आकार...

बजारमा चलनचल्तीको मुद्रा ९ खर्ब नजिक

    दसैँको चहलपहलसँगै नेपाली बजारमा नगदको प्रवाह उल्लेख्य रूपमा बढेको छ ।...