सूर्य हामीले पाइसक्यौं, घोषणा हुन मात्र बाँकी छ : प्रचण्ड



हाम्रो इकोनोमि

 

 

नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेकपाको आधिकारिकता आफूहरुले पाउने निश्चित भएको दाबी गरेका छन्। संविधान, राजनीतिक दल सम्बन्धी ऐन र अन्य कारणले सूर्य चिह्न र नेकपाको आधिकारिकता आफूहरुले पाउने निश्चित भएको उनले दाबी गरे। ‘निर्वाचन आयोगले पनि दल र कानुन अनुसार निर्णय गर्छ। अब सूर्य हामीले पाइसक्यौं’ दाहालले भने,  ‘घोषणा हुन मात्र बाँकी छ।’ प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभा विघटनविरुद्धको मुद्दा दर्ता भएपछि सर्वोच्च अदालत सेटिङ गरेको छु भनेर देशभर भन्दै हिँडेको तर, आफूअनुकल फैसला नआउँदा बर्बराउँदै हिँडेको दाहालको टिप्पणी छ।

‘अब निर्वाचन आयोगबाट पनि ओलीको अर्को सेटिङ भत्कँदैछ’, दाहालले भने, ‘आयोगले केही दिनमा बहुमतको पार्टी हाम्रो भएको फैसला गर्छ। मैले थाहा पाएर भनेको हुँ। यसमा दुविधा गर्न पर्दैन।’

अब विस्तारै  भ्रममा रहेका मान्छेहरू फर्किदै गरेको भन्दै उनले बाँकी पनि ब्युँझिनुपर्ने बताए। ‘केही साथीहरु भ्रममा हुनुहुन्छ भने आउनुस् तपाईंहरु निन्द्राबाट ब्युँझिएर आउनुस्’, दाहालले भने ‘आधिकारिक पार्टी यही हुन्छ आउनुस्। सर्वोच्चले जनताको पक्षमै आउँछ भनेको थिएँ। मैले सेटिङ गरेर भनेको थिइनँ।अहिले संविधानले जितेको छ।’

प्रतिक्रिया दिनुहोस
हुम्लाको दक्षिण क्षेत्रका चार गाउँपालिकामा नुन अभाव

     हुम्लाको दक्षिण क्षेत्रका चार गाउँपालिकाका बासिन्दाले बर्सेनि नुन अभाव झेल्दै आएका...

ओली भेट्न गुन्डु पुगे राष्ट्रपति पौडेल

    नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली भेट्न राष्ट्रपति रामचन्द्र पौडेल गुन्डु...

इरानसँग चलिरहेको युद्ध चाँडै अन्त्य हुन्छ : ट्रम्प

    अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग चलिरहेको युद्ध चाँडै अन्त्य हुने संकेत...

होर्मुज स्ट्रेट सञ्चालनमा सहयोग नभए नेटोको भविष्य नराम्रो हुनेछ : ट्रम्प

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युरोपेली मुलुकहरूले होर्मुज स्ट्रेट पुन: सञ्चालन लागि...