प्रधानमन्त्री ओलीको राजिनामा माग्नु नै अनैतिक काम हो : मन्त्री साह



हाम्रो इकोनोमि

 

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता तथा शहरी विकास मन्त्री प्रभु साहले प्रधानमन्त्री केपी शर्मा ओलीको राजिनामा माग्नु नै अनैतिक भएको बताएका छन् । एक टेलिभिजन अन्तर्वार्ताका क्रममा मन्त्री साहले आफ्नै पार्टी सरकारको विरुद्ध अविश्वासको प्रस्ताव ल्याउनेहरुले नैतिकताको कुरा गर्न नसुहाएको बताए । ५ वर्षको लागि म्यान्डेट पाएको सरकारले बीचमै छोड्नु जनादेशको अपमान हुने बताउदै मन्त्री साहले अत्यधिक सांसदको समर्थन प्राप्त रहेकोले प्रधानमन्त्रीले राजिनामा दिनुपर्छ भन्नेहरुले अनैतिक हुने बताए ।

“अहिले कतिपयले सम्माननीय प्रधानमन्त्रीज्यूको राजिनामा मागेर नैतिकताको विषयसंग जोडिरहेका छन्, यसमा म यति मात्र भन्छु कि आफ्नै पार्टीको सरकार विरुद्ध षड्यन्त्र गरि अविश्वासको प्रस्ताव ल्याउनेले नैतिकताको कुरा गर्न सुहाउँछ ? जनताले ५ वर्षको लागि सरकारले बीचमै छोड्दिदा चाहिँ नैतिकता हुने अनि जनादेशको सम्मान गर्दै पुरै ५ वर्ष सरकार संचालन गर्दा अनैतिक हुने ? यो भन्दा हास्यास्पद कुरा के हुन सक्छ ।” मन्त्री साहले भने, “जसले अहिले प्रधानमन्त्रीको राजिनामा माग्दैछ उसले आफै अनैतिकताको हद नाघिसकेको छ ।”

दुई चार जनाले फुटाउन चाहेपनि नेकपाको फुट सम्भव नभएको बताउदै मन्त्री साहले देशमा कम्युनिष्ट सरकारको विकल्प नरहेको जीकिर गरे । संसद पुनर्स्थापना पछि अस्थिरता फैलाउने तत्वहरु अग्रसर भएर सांसद तानातान र किनबेचमा लागेपनि पूरा नहुने मन्त्री साहले वताए । अझै पनि बहुमत सांसद प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वकै सरकारको पक्षमा रहेकोले सरकारको विकल्प खोज्नुको कुनै अर्थ नभएको मन्त्री साहको भनाई छ ।

प्रतिक्रिया दिनुहोस
प्रभु बैंकका ग्राहकलाई मेदान्ता–द मेडिसिटीमा उपचारमा १५ प्रतिशतसम्म छुट

    प्रभु बैंक लिमिटेडका कर्मचारी, उनीहरूका परिवार तथा बैंकका डेबिट र क्रेडिट...

१० दिनपछि सुरुङभित्रबाट दुई जनाको जीवितै उद्धार

    रसुवाको भोटेकोशीमा १० भदौमा आएको विनाशकारी बाढीका कारण त्रिशूली–३ ‘ए’ जलविद्युत्...

गोली हानेर एक जना शिक्षकको हत्या

  संखुवासभाको मकालु गाउँपालिकामा –१ चिर्खाङमा गोली हानेर एक जना शिक्षकको हत्या भएको...

३ करोडमाथि सहयोग गर्ने बैंकहरु कुन कुन हो, नविलले दियो १५ करोड

    भोटेकोशी बाढी प्रभावितको उद्धार, राहत तथा पुनःस्थापनाका लागि बैंकिङ क्षेत्रबाट ठूलो...