केन्द्रीय कमिटी मैले बनाएको हुँ, आवश्यक परे औंला चलाउन सक्छु – ओली



हाम्रो इकोनोमि

 

 

प्रधानमन्त्री एवम् ओलीपक्षीय नेकपाका अध्यक्ष केपी शर्मा ओलीले केन्द्रीय कमिटी आफूले बनाएको र आवश्यक परेका बेला त्यसमाथि पनि औंला चलाउन सक्ने टिप्पणी गरेका छन्। जुन हातले नाम लिएको हो त्यसले काट्न पनि सक्ने भन्दै उनले भने, ‘देवप्रसाद गुरुङलाई मैले प्रमुख सचेतक बनाएको हुँ, मैले हटाएँ । उहाँहरुले भनेको केन्द्रीय कमिटी पनि मैले बनाएको हुँ । जरुरी परेका बेला… अहिलेसम्म औंला चलाएको छैन् है । उहाँहरूको पद केही पनि चलाइदिएको छैन ।’ सोमबार गण्डकी प्रदेशको कार्यकर्ता भेलालाई सम्बोधन गर्दे ओलीले पार्टी एकीकरणका लागि आफूले अल्पमत र बहुमत केही पनि नहेरेको बताए । ‘मैलै पार्टी एकता गर्दा बहुमत हेरिनँ,’ ओलीको भनाइ छ,‘ किनभने म अध्यक्ष थिएँ । पार्टी एकताका लागि केही हेरिनँ।

एकीकरण सकिनेबित्तिकै उहाँहरूले आफ्नो धन्दा शुरू गर्नुभयो । पार्टी कब्जा गर्ने, आन्दोलन ध्वस्त पार्ने ।’ आफ्नो अपमान गर्न आफूमाथि झुटा लान्छाना लगाइएको उनले दाबी गरे। ओलीले भने, ‘मेरो अपमान कसरी गर्न सकिन्छ । झुटा लाञ्छना कसरी लगाउन सकिन्छ । झुटा लान्छनाको प्रचार किन ? यो मसँग मात्रै सम्बन्धित छैन् । यो पार्टी र आन्दोलनसँग सम्बन्धित छ । देशी विदेशी शक्तिले हमला गरिरहे पनि पार्टी कार्यकतामा कुनै अलमल नभएको भन्दै उनले धन्यावाद दिए। उनी भन्छन्,‘यत्रो हमला भइरहेको छ, देशी विदेशी सक्ति लागिरहेका छन् । तर, पनि पार्टी कार्यकर्तामा अलमल, दुविधा छैन । यो ठीक ढंगले अगाडि बढीरहेको छ, बढ्छ ।’

प्रतिक्रिया दिनुहोस
हुम्लाको दक्षिण क्षेत्रका चार गाउँपालिकामा नुन अभाव

     हुम्लाको दक्षिण क्षेत्रका चार गाउँपालिकाका बासिन्दाले बर्सेनि नुन अभाव झेल्दै आएका...

ओली भेट्न गुन्डु पुगे राष्ट्रपति पौडेल

    नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली भेट्न राष्ट्रपति रामचन्द्र पौडेल गुन्डु...

इरानसँग चलिरहेको युद्ध चाँडै अन्त्य हुन्छ : ट्रम्प

    अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग चलिरहेको युद्ध चाँडै अन्त्य हुने संकेत...

होर्मुज स्ट्रेट सञ्चालनमा सहयोग नभए नेटोको भविष्य नराम्रो हुनेछ : ट्रम्प

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युरोपेली मुलुकहरूले होर्मुज स्ट्रेट पुन: सञ्चालन लागि...