फागुन २३ गते राष्ट्रपतिद्वारा संसद अधिवेशन आह्वान



हाम्रो इकोनोमि

 

 

राष्ट्रपति विद्यादेवी भण्डारीले संसद अधिवेशन आह्वान गरेकी छन् । आज बसेको मन्त्रिपरिषद् बैठकले सिफारिस गरेअनुसार राष्ट्रपतिले फागुन २३ गते अपरान्ह ४ बजेका लागि संसद अधिवेशन आह्वान गरेकी हुन् । राष्ट्रपतिको कार्यालयले केही बेरअघि जारी गरेको विज्ञप्तिमा मन्त्रिपरिषद्को सिफारिसमा नेपालको संविधानको धारा ९३ को उपधारा (१) बमोजिम नयाँ बानेश्‍वरस्थित संसद भवनमा प्रतिनिधिसभाको अधिवेशन आव्हान गरिएको उल्लेख छ ।

सर्वोच्च अदालतले फागुन ११ गते संसद पुन:स्थापनाको फैसला गर्दै १३ दिनभित्र संसदको अधिवेशन आव्हान गर्न परमादेश जारी गरेको थियो ।

 

प्रतिक्रिया दिनुहोस
काठमाडौं उपत्यकाबाट सबै जिल्लावासीले नागरिकताको प्रतिलिपि पाउने

    अन्य जिल्लाका नेपाली नागरिकले पनि अब काठमाडौं उपत्यकाबाट नागरिकताको प्रतिलिपि लिन...

आनीको नियुक्तिप्रति कांग्रेसको पनि आपत्ति

    लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्माको नियुक्तिलाई लिएर प्रमुख प्रतिपक्षी...

बैंकहरूको गैरबैंकिङ सम्पत्ति ४७ अर्ब नाघ्यो

    वाणिज्य बैंकहरूमा कर्जा असुली तथा धितो व्यवस्थापनसँग जोडिएको गैरबैंकिङ सम्पत्तिको आकार...

बजारमा चलनचल्तीको मुद्रा ९ खर्ब नजिक

    दसैँको चहलपहलसँगै नेपाली बजारमा नगदको प्रवाह उल्लेख्य रूपमा बढेको छ ।...