सात दिनभित्र अनधिकृत व्यापार व्यवसाय हटाउन महानगरको पत्रचार



हाम्रो इकोनोमि

 

काठमाडौं महानगरपालिकाले बसन्तपुर क्षेत्रका अनधिकृत व्यापार र प्रयोग ७ दिनभित्र हटाउन पुरातत्व विभागलाई महानगरको पत्रचार गरेको छ ।  वसन्तपुरको वारुणयन्त्र कार्यालयबाट उत्तरतर्फको भवन र तलेजु भवानी मन्दिर नजिकको भवनमा रहेका अनधिकृत व्यापार हटाएर ७ दिनभित्र जानकारी गराउन काठमाडौं महानगरपालिकाले पुरातत्व विभागलाई पत्र पठाएको हो । महानगरको सम्पदा तथा पर्यटन विभागले पत्र पठाएको हो ।

वसन्तपुरसहित काठमाडौंका विश्व सम्पदा क्षेत्रको सांस्कृतिक, ऐतिहासिक र पुरातात्विक महत्व जोगाउनु विभागको पनि दायित्व हो । पत्रमा भनिएको छ, बसन्तपुर क्षेत्रमा विभागले हेर्नु पर्ने स्थानहरु भोगचलन गरी भवनहरुमा पुरातात्विक महत्व विपरीत व्यापारिक प्रयोजनमा ल्याइएको जनगुनासो प्राप्त भएको छ ।

‘अनधिकृत व्यापार व्यवसाय तहाँ विभागले (७) सात दिनभित्र हटाइ यस कार्यालयलाई जानकारी गराउनु हुन अनुरोध छ । तोकिएको समयभित्र उल्लेखित अनधिकृत प्रयोजन नहटाइएमा यस कार्यालयबाट हटाइने व्यहोरासमेत मिति २०७७ फागुन १४ गतेको निर्णयानुसार अनुरोध छ ।’ पत्रमा भनिएको छ ।

स्थानीय सरकार सञ्चालन ऐन २०७४, काठमाडौं महानगरपालिका भवन निर्माण मापदण्ड २०७५ र प्राचीन स्मारक ऐन २०१३ समेतका कानुनी व्यवस्थाबमोजिम बसन्तपुर क्षेत्रका प्राचीन संरक्षण, मर्मत र जीर्णोद्धार गर्नुका साथै उक्त क्षेत्रमा सञ्चालित अनधिकृत व्यापार व्यवसाय हटाउनु यस कार्यालयको प्राथमिक योजनाभित्र पर्दछ । पत्रमा भनिएको छ, काठमाडौं महानगरपालिका उक्त क्षेत्रभित्र रहेका अनधिकृत व्यापारिक प्रयोजन हटाउने अभियानमा लागेको छ ।

प्रतिक्रिया दिनुहोस
कांग्रेसका नेता शेखर कोइरालापनि देउवा गुटमा

    नेपाली कांग्रेसका नेता डा. शेखर कोइराला साउन २९ गतेबाट सुरु हुने...

नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६ सुरु

    नेपाल अटोमोबाइल इम्पोर्टर्स एन्ड म्यानुफ्याक्चरर्स एसोसिएसन (नाइमा) को दोस्रो संस्करण ‘नाइमा...

देउवालाई भव्य स्वागतको तयारी, ७ हजार नेता–कार्यकर्ता एयरपोर्ट जाने

    करिब ५ महिनापछि स्वदेश फर्किन लागेका नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाको...

बिज्ञापन बोर्डले फेरि रोक्यो लोकल्याणकारी विज्ञापनको विल

    बिज्ञापन बोर्डले २०८३ श्रावण महिनामा प्रकाशन गरेको लोकल्याणकारी विज्ञापन वापतको पत्रपत्रिकाको...