शहरी विकास मन्त्रालयको यस्तो छ मास्टर प्लान



हाम्रो इकोनोमि

 

शहरी विकास मन्त्रालयले मोरङ जिल्लाको उर्लाबारी नगरपालिकामा सन्थाल जातिको एकीकृत वस्ती निर्माण गर्ने भएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीको विशेष चासो रहेको एकीकृत सन्थाल वस्ती निर्माणको लागि मन्त्रालयले मास्टर प्लान तयार गरिसकेको छ । फागुन १८ गते मङ्गलबार नै प्रधानमन्त्री केपी शर्मा ओलीले सो वस्ती शिलान्यास गर्न लागेका हुन् । उर्लाबारी नगरपालिकाको रातोहोली खोल्सीको किनारमा सन्थाल एकीकृत वस्ती विकास गर्ने सम्पूर्ण तयारी भइसकेको शहरी विकास मन्त्रालयले जनाएको छ ।

सन्थाल एकीकृत वस्ती विकास कार्यक्रमको लागि उक्त समुदायमा गएर गरिएको सर्भेक्षणअनुसार उक्त नगरपालिकामा १०६ परिवार सन्थाल र २६ परिवार उराव जातिको जग्गा नभएको र २७ परिवार सन्थाल जातिको घर बनाउन पुग्ने आफ्नै जग्गा भए पनि आफ्नो घर बनाउन नसक्ने स्थिति रहेको छ । अहिले मन्त्रालयले रातोहोली खोल्सीको किनारमा २६ उराव र १०६ सन्थाल जातिको गरी कुल १३२ वटा घर निर्माण गर्न लागेको हो । पुरै वस्ती निर्माणका लागि ३० करोड रकम खर्च हुने जनाइएको छ । मन्त्रालय मातहतको सघन शहरी तथा भवन निर्माण विभागका अनुसार रातोहोलीको उत्तर दक्षिण फैलिएको ७८० मिटर लम्बाई भित्र पर्ने करिब ५२,८२८ व.मी. जग्गाबाट खोल्सीको बहाव रेहेको चौडाई ११ मिटर, रातोहोलीको २७ मिटर चौडाईमा पर्ने २१,०६० व.मी. जग्गा छाडी बाँकी खोल्सी पूर्वको ३१,७६८ व.मी. जग्गामा सन्थाल एकीकृत वस्ती विकास गर्न लागिएको हो ।

एकीकृत वस्ती विकास सन्बन्धी कार्यविधि २०७५ अनुसार नै सन्थाल वस्तीको निर्माण स्थानिय प्रविधि, सिप र सामाग्री प्रयोग गरी प्रत्येक परिवारका लागि कम्तीमा २ सयन कोठा, एक भान्साघर र एक शौचालयको व्यवस्था गरिने विभागले जनाएको छ । समग्र वस्तीका लागि भने आवश्यक पर्ने अन्य सामाजिक तथा आर्थिक पूर्वाधार अन्तर्गत सडक, खानेपानी, मनोरञ्जन स्थल, खोल्सी संरक्षण, सरसफाई, बाल विकास केन्द्र, सामुदायिक भवनलगायतको निर्माण गर्नेगरी मास्टर प्लान डिजाइन गरिएको हो ।

मन्त्रालयले उर्लाबारीको सम्भावित चार वटा स्थानहरु रातोहोली खोल्सीको जग्गा, बक्राहा खोला किनारा रातोहोली पारीको क्षेत्र, मावा खोला किनारा क्षेत्र तथा नारी शिल्प केन्द्रको जग्गामध्ये रातोहोली खोल्सीको जग्गामा सो वस्ती निर्माण गर्ने निर्णय भएको थियो । प्रभु साहले शहरी विकास मन्त्रीको पद सम्हालेको दुई महिनामै यो दोस्रो ठूलो परियोजनाको शिलान्यास हुन लागेको हो । यसअघि गत माघ १७ गते प्रधानमन्त्री केपी शर्मा ओलीले नै चितवनको भरतपुर महानगर सिटी हलको शिलान्यास गरेका थिए ।

प्रतिक्रिया दिनुहोस
एमाले: विगतका गल्तीमा आममाफी, आलोचना गरे कारबाही

     नेकपा (एमाले) ले भर्खरै ललितपुरको च्यासलमा सम्पन्न आफ्नो तेस्रो केन्द्रीय कमिटी...

कांग्रेस महाधिवेशनमा सात हजार ११४ प्रतिनिधि, २०० बढी स्वयंसेवक परिचालन

    नेपाली कांग्रेसको १५ औँ महाधिवेशनअन्तर्गत निर्वाचनमा भाग लिने महाधिवेशन प्रतिनिधिको अन्तिम...

कांग्रेसले पदाधिकारीको संख्या बढायो, वरिष्ठ उपसभापति पद थप्ने

    नेपाली कांग्रेसले पदाधिकारीको संख्या बढाउने भएको छ । खुलामञ्चमा बसेको केन्द्रीय...

नेपाली कांग्रेस १५औँ महाधिवेशनको निर्वाचन कार्यतालिका सार्वजनिक

    नेपाली कांग्रेसको आइतबारदेखि सुरु भएको १५औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत आजदेखि बन्दसत्र हुने...