मौलापुर नगरपालिकाले शिवरात्रीको अवसरमा मेला तथा सांस्कृतिक कार्यक्रम गर्ने



हाम्रो इकोनोमि

 

मौलापुर नगरपालिकाले शिवरात्रीको अवसरमा भव्य मेला तथा सांस्कृतिक कार्यक्रम आयोजना गर्ने भएको छ । पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले मौलापुर नगरपालिकाले फागुन २७ गते पर्ने महाशिवरात्री पर्वको अवसरमा मेला आयोजना गर्न लागेको हो । पुरातात्त्विक महादेव मन्दिर प्राङ्गणमा आयोजना हुने उक्त मेलाको अवसरमा चर्चित नेपाली तथा भारतीय कलाकारहरुको सांस्कृतिक प्रस्तुतिसमेत रहने जनाइएको छ । ऐतिहासिक,धार्मिक तथा सांस्कृतिक महत्व झल्किने किसिमले आयोजना हुने उक्त मेलाको अवसरमा पुरातात्त्विक महादेव मन्दिरमा स्थानीय तथा विशेष विधिहरुबाट भगवान शिवको पुजा अनुष्ठान गरिने आयोजक मौलापुर नगरपालिकाले जनाएको छ ।

फागुन २६ गतेबाट नै मेलाको शुभारम्भ गरिने भएपनि मुल पुजा फागुन २७ गते शिवरात्रीको दिन हुनेछ । सोही दिन दिउँसो १ बजेदेखि भोजपुरी सुपरस्टार अभिनेत्री अक्षरा सिंह तथा अभिनेता प्रदीप पाण्डे ‘चिन्टु’ लगायतका लोकप्रिय नेपाली एवम् भारतीय कलाकारहरुको सांस्कृतिक प्रस्तुति रहने बताइएको छ । साथै फागुन २६ गते देखि लगातार ६ दिनसम्म रात्रि भारत वृन्दावनको मथुराको कलाकार द्वारा प्रसिद्ध रासलिला (शिवलिला) प्रदर्शन हुने जानकारी आयोजकले दिएको छ ।

आयोजकका अनुसार फागुन २८ गते भने नेपाल तथा भारतका चर्चित कुस्ती खेलाडीहरुको सहभागितामा कुस्ती प्रतियोगिता आयोजना हुनेछ । गत वर्ष पनि फागुनमा पुरातात्त्विक महादेव मन्दिरको प्राङ्गणमा मधानी महायज्ञको आयोजना गरिएको थियो । कार्यक्रमका प्रमुख अतिथि समेत रहेकी राष्ट्रपति विद्यादेवी भण्डारीले पशुपतिनाथ मन्दिरको मुल भट्टद्वारा मन्त्रोच्चारण गराई उक्त मन्दिरमा विशेष पुजा गरेकी थिइन् ।

भोजपुरी सिनेमा जगतका सुपरस्टार अभिनेता दिनेशलाल यादव निरहुआ तथा अभिनेत्री आम्रपाली दुबे, नेपाली सुपस्टार निखिल उप्रेती, अभिनेत्री केकी अधिकारीलगायत दर्जनौं कलाकारहरुले सांस्कृतिक प्रस्तुति गर्दा दुई लाखभन्दा बढी दर्शकको उपस्तिथि रहेको थियो । मेला आयोजना हुन लागेको पुरातात्त्विक महादेव मन्दिर १२०० वर्ष पुरानो रहेको पुरातात्त्विक उत्खननबाट देखिएको थियो । सो मन्दिर पर्यटकहरुका लागि एउटा महत्वपूर्ण गन्तव्य बनाउन मौलापुर नगरपालिकाले मन्दिरको संरक्षण एवम् प्रचारको कार्य गर्दै आएको हो । देशको थप नयाँ सय वटा पर्यटकीय गन्तव्यमा समेत उक्त मन्दिर छनोट भएको हो ।

प्रतिक्रिया दिनुहोस
कुमारी बैंकको २६औँ साधारणसभा सम्पन्न, सेयरधनीलाई ५५ करोड नगद लाभांश

    कुमारी बैंक लिमिटेडको २६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले...

लक्ष्मी सनराइज बैंकको सीईओमा सुमेद भट्टराई नियुक्त

    लक्ष्मी सनराइज बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुमेद भट्टराई...

नबिल बैंकद्वारा नयाँ नोट वितरण सुरु

    नेपालीहरूको प्रमुख चाड बडादसैँलाई लक्षित गर्दै नबिल बैंक लिमिटेडले ग्राहकका लागि...

वाणिज्य बैंकहरुले दुई महिनामा कमाए १७ अर्ब ८१ करोड

    वाणिज्य बैंकहरुले चालु आर्थिक वर्ष २०८२/८३ को दुई महिनामा १७ अर्ब...