मौलापुर नगरपालिकाले शिवरात्रीको अवसरमा मेला तथा सांस्कृतिक कार्यक्रम गर्ने



हाम्रो इकोनोमि

 

मौलापुर नगरपालिकाले शिवरात्रीको अवसरमा भव्य मेला तथा सांस्कृतिक कार्यक्रम आयोजना गर्ने भएको छ । पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले मौलापुर नगरपालिकाले फागुन २७ गते पर्ने महाशिवरात्री पर्वको अवसरमा मेला आयोजना गर्न लागेको हो । पुरातात्त्विक महादेव मन्दिर प्राङ्गणमा आयोजना हुने उक्त मेलाको अवसरमा चर्चित नेपाली तथा भारतीय कलाकारहरुको सांस्कृतिक प्रस्तुतिसमेत रहने जनाइएको छ । ऐतिहासिक,धार्मिक तथा सांस्कृतिक महत्व झल्किने किसिमले आयोजना हुने उक्त मेलाको अवसरमा पुरातात्त्विक महादेव मन्दिरमा स्थानीय तथा विशेष विधिहरुबाट भगवान शिवको पुजा अनुष्ठान गरिने आयोजक मौलापुर नगरपालिकाले जनाएको छ ।

फागुन २६ गतेबाट नै मेलाको शुभारम्भ गरिने भएपनि मुल पुजा फागुन २७ गते शिवरात्रीको दिन हुनेछ । सोही दिन दिउँसो १ बजेदेखि भोजपुरी सुपरस्टार अभिनेत्री अक्षरा सिंह तथा अभिनेता प्रदीप पाण्डे ‘चिन्टु’ लगायतका लोकप्रिय नेपाली एवम् भारतीय कलाकारहरुको सांस्कृतिक प्रस्तुति रहने बताइएको छ । साथै फागुन २६ गते देखि लगातार ६ दिनसम्म रात्रि भारत वृन्दावनको मथुराको कलाकार द्वारा प्रसिद्ध रासलिला (शिवलिला) प्रदर्शन हुने जानकारी आयोजकले दिएको छ ।

आयोजकका अनुसार फागुन २८ गते भने नेपाल तथा भारतका चर्चित कुस्ती खेलाडीहरुको सहभागितामा कुस्ती प्रतियोगिता आयोजना हुनेछ । गत वर्ष पनि फागुनमा पुरातात्त्विक महादेव मन्दिरको प्राङ्गणमा मधानी महायज्ञको आयोजना गरिएको थियो । कार्यक्रमका प्रमुख अतिथि समेत रहेकी राष्ट्रपति विद्यादेवी भण्डारीले पशुपतिनाथ मन्दिरको मुल भट्टद्वारा मन्त्रोच्चारण गराई उक्त मन्दिरमा विशेष पुजा गरेकी थिइन् ।

भोजपुरी सिनेमा जगतका सुपरस्टार अभिनेता दिनेशलाल यादव निरहुआ तथा अभिनेत्री आम्रपाली दुबे, नेपाली सुपस्टार निखिल उप्रेती, अभिनेत्री केकी अधिकारीलगायत दर्जनौं कलाकारहरुले सांस्कृतिक प्रस्तुति गर्दा दुई लाखभन्दा बढी दर्शकको उपस्तिथि रहेको थियो । मेला आयोजना हुन लागेको पुरातात्त्विक महादेव मन्दिर १२०० वर्ष पुरानो रहेको पुरातात्त्विक उत्खननबाट देखिएको थियो । सो मन्दिर पर्यटकहरुका लागि एउटा महत्वपूर्ण गन्तव्य बनाउन मौलापुर नगरपालिकाले मन्दिरको संरक्षण एवम् प्रचारको कार्य गर्दै आएको हो । देशको थप नयाँ सय वटा पर्यटकीय गन्तव्यमा समेत उक्त मन्दिर छनोट भएको हो ।

प्रतिक्रिया दिनुहोस
गोलभेँडा फालेर माइतीघर मण्डलामा किसानको प्रदर्शन

  तरकारी किसानहरूले बुधबार काठमाडौंको माइतीघर मण्डलामा गोलभेँडा सडकमा फालेर सरकारविरुद्ध विरोध प्रदर्शन...

सिंहदरबार अगाडि मोटरसाइकल पार्किङ गरेर अखिलको प्रदर्शन, ६ विद्यार्थी नेता पक्राउ

    सिंहदरबार अगाडि मोटरसाइकल पार्किङ गरेर प्रदर्शनमा उत्रिएका नेकपा एमाले निकट विद्यार्थी...

इरानका पुल र विद्युत केन्द्र ध्वस्त पार्ने ट्रम्पको धम्की

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरान वार्तामा नफर्किए अर्को हप्तादेखि त्यहाँका पुल...

सरकारको विरोध गर्दा गोली हान्ने धम्की आयो : ऐन महर

    प्रतिपक्षी दल नेकपा एमालेका प्रमुख सचेतक ऐन महरले गुण र दोषको...