रघुजी पन्तविरुद्ध मुद्दा दायर गर्दै कोमल ओली



हाम्रो इकोनोमि

 

राष्ट्रियसभा सदस्य एवं गायिका कोमल ओलीले प्रचण्ड–माधव समूहका नेता रघुजी पन्तविरुद्ध मुद्दा दायर गर्ने भएकी छिन् । पछिल्लो समय आफूलाई नागरिक समाजका अगुवाका रुपमा पहिचान बढाउँदै आएका नेता पन्तविरुद्ध ओलीले मानहानीको मुद्दा दायर गर्न लागेकी हुन् ।

पन्तले एक कार्यक्रममा राष्ट्रियसभा सांसद ओलीलाई पिडौंला देखाएर ‘पोइल जान पाम..’ गीत गाएपछि सांसद बनाइएको अभिव्यक्ति दिएका थिए । उनको उक्त अभिव्यक्ति अहिले सर्वत्र आलोचना र चर्चाको विषय बनेको छ ।

पन्तले पार्टीमा कोमल ओलीको कुनै योगदान नरहेको तथा विवाह नगरी पार्टीमा वर्षौं योगदान गरेका महिलाहरुले टिकट नपाएको बताएका छन् । तर, ओलीले पिडौंला देखाएकै भरमा राष्ट्रियसभा सदस्यको भूमिका पाएको उनले आरोप लगाएका छन् ।

ओलीले पन्तको उक्त अभिव्यक्तिलाई निच सोच भएको प्रतिक्रिया दिँदै उनको अभिव्यक्तिप्रति गम्भीर आपत्ति जनाएकी छिन् । पन्तको महिलालाई हेर्ने दृष्टिकोण अत्यन्तै निकृष्ट रहेको ओलीको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस
काठमाडौं उपत्यकाबाट सबै जिल्लावासीले नागरिकताको प्रतिलिपि पाउने

    अन्य जिल्लाका नेपाली नागरिकले पनि अब काठमाडौं उपत्यकाबाट नागरिकताको प्रतिलिपि लिन...

आनीको नियुक्तिप्रति कांग्रेसको पनि आपत्ति

    लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्माको नियुक्तिलाई लिएर प्रमुख प्रतिपक्षी...

बैंकहरूको गैरबैंकिङ सम्पत्ति ४७ अर्ब नाघ्यो

    वाणिज्य बैंकहरूमा कर्जा असुली तथा धितो व्यवस्थापनसँग जोडिएको गैरबैंकिङ सम्पत्तिको आकार...

बजारमा चलनचल्तीको मुद्रा ९ खर्ब नजिक

    दसैँको चहलपहलसँगै नेपाली बजारमा नगदको प्रवाह उल्लेख्य रूपमा बढेको छ ।...