रघुजी पन्तविरुद्ध मुद्दा दायर गर्दै कोमल ओली



हाम्रो इकोनोमि

 

राष्ट्रियसभा सदस्य एवं गायिका कोमल ओलीले प्रचण्ड–माधव समूहका नेता रघुजी पन्तविरुद्ध मुद्दा दायर गर्ने भएकी छिन् । पछिल्लो समय आफूलाई नागरिक समाजका अगुवाका रुपमा पहिचान बढाउँदै आएका नेता पन्तविरुद्ध ओलीले मानहानीको मुद्दा दायर गर्न लागेकी हुन् ।

पन्तले एक कार्यक्रममा राष्ट्रियसभा सांसद ओलीलाई पिडौंला देखाएर ‘पोइल जान पाम..’ गीत गाएपछि सांसद बनाइएको अभिव्यक्ति दिएका थिए । उनको उक्त अभिव्यक्ति अहिले सर्वत्र आलोचना र चर्चाको विषय बनेको छ ।

पन्तले पार्टीमा कोमल ओलीको कुनै योगदान नरहेको तथा विवाह नगरी पार्टीमा वर्षौं योगदान गरेका महिलाहरुले टिकट नपाएको बताएका छन् । तर, ओलीले पिडौंला देखाएकै भरमा राष्ट्रियसभा सदस्यको भूमिका पाएको उनले आरोप लगाएका छन् ।

ओलीले पन्तको उक्त अभिव्यक्तिलाई निच सोच भएको प्रतिक्रिया दिँदै उनको अभिव्यक्तिप्रति गम्भीर आपत्ति जनाएकी छिन् । पन्तको महिलालाई हेर्ने दृष्टिकोण अत्यन्तै निकृष्ट रहेको ओलीको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस
एमाले: विगतका गल्तीमा आममाफी, आलोचना गरे कारबाही

     नेकपा (एमाले) ले भर्खरै ललितपुरको च्यासलमा सम्पन्न आफ्नो तेस्रो केन्द्रीय कमिटी...

कांग्रेस महाधिवेशनमा सात हजार ११४ प्रतिनिधि, २०० बढी स्वयंसेवक परिचालन

    नेपाली कांग्रेसको १५ औँ महाधिवेशनअन्तर्गत निर्वाचनमा भाग लिने महाधिवेशन प्रतिनिधिको अन्तिम...

कांग्रेसले पदाधिकारीको संख्या बढायो, वरिष्ठ उपसभापति पद थप्ने

    नेपाली कांग्रेसले पदाधिकारीको संख्या बढाउने भएको छ । खुलामञ्चमा बसेको केन्द्रीय...

नेपाली कांग्रेस १५औँ महाधिवेशनको निर्वाचन कार्यतालिका सार्वजनिक

    नेपाली कांग्रेसको आइतबारदेखि सुरु भएको १५औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत आजदेखि बन्दसत्र हुने...