एकैचोटी ३ दर्जन पुल उद्घाटन गरे प्रधानमन्त्री ओलीले



हाम्रो इकोनोमि

 

प्रधानमन्त्री केपी शर्मा ओली आइतनवार झापामा झण्डै ३ दर्जन पुल उद्घाटन गर्ने कार्यक्रम छ ।
त्यस्तै चीन–नेपाल मैत्री औद्योगिक पार्कको शिलान्यासलगायत कार्यक्रमका लागि गृहजिल्ला झापा आइपुग्नु भएको छ ।

उहाँलाई यति एयरलायन्सको पहिलो उडानबाट भद्रपुर अवतरण गरेपछि प्रदेश नं १ का प्रदेश प्रमुख सोमनाथ अधिकारी प्यासी, प्रदेश नं ३ का प्रदेश प्रमुख विष्णु प्रसाई, भौतिक पूर्वाधार तथा यातायातमन्त्री वसन्त नेम्वाङ, सङ्घीय तथा प्रदेश सांसद, नेकपाका केन्द्रीय नेतासहित सयौँ कार्यकर्र्ताले भव्य स्वागत गर्नुभयो । प्रधानमन्त्री ओलीले आज पहिलो कार्यक्रमका रूपमा कमल गाउँपालिकाको तोपगाछी क्याम्पबाट धरमपुर मङ्गलबारे जोड्ने कमल खोलाको पक्की पुलको उद्घाटन गर्नुहुनेछ ।

यसैगरी दिउँसो दमक नगरपालिका–१० मा रहेको मावा खोलाको पुल उद्घाटन र बहुचर्चित नेपाल–चीन मैत्री औद्योगिक पार्कको शिलान्यास गर्नुहुने कार्यक्रम रहेको प्रधानमन्त्रीका सचिवालय सदस्य होमबहादुर थापाले जानकारी दिनुभयो ।

त्यसपछि प्रधानमन्त्री ओलीले इलामको चुलाचुली जोड्ने रतुवा पुलको उद्घाटन र मदन भण्डारी लोकमार्गका ३१ वटा पुलको एकैचोटी शिलान्यास गर्नुहुने थापाले बताउनुभयो । झापा क्षेत्र नम्बर ५ मा बन्ने चीन–नेपाल मैत्री औद्योगिक पार्क ९चाइना–नेपाल फ्रेन्ड्शिप इन्डस्ट्रियल पार्क०को शिलान्यास उहाले केही समय पछाडी गर्दै हुनुहुन्छ । प्रधानमन्त्री ओलीकै निर्वाचन क्षेत्रमो यो पार्क बन्न लागेको छ । प्रधानमन्त्री ओलीसँगै नेकपा संसदीय दलका उपनेता सुवास नेम्वाङ, उद्योगमन्त्री लेखराज भट्ट लगायतका नेताहरु पनि हुनुहुन्छ ।

झापाको दमक नगरपालिका, कमल गाउँपालिका र गौरादह नगरपालिकामा फैलिने औद्योगिक क्षेत्रलाई ‘चीन–नेपाल मैत्री औद्योगिक पार्क’ नाम दिइएको छ । ६४ अर्ब रुपैयाँ लगानी रहने ‘चीन–नेपाल मैत्री औद्योगिक पार्क’ पीपीपी मोडलमा निर्माण गर्ने सम्झौता भइसकेको छ ।

सरकारले एक सातामा पाँच वटा औद्योगिक क्षेत्र शिलान्यास कार्यक्रम निर्धारण गरेको थियो । सो कार्यक्रमअनुसार फागुन १० गते कञ्चनपुरको दैजीछेला औद्योगिक क्षेत्र, फागुन ११ गते बाँकेको नौबस्ता औद्योगिक क्षेत्र, फागुन १३ गते रुपन्देहीको मोतीपुर औद्योगिक क्षेत्र र १४ गते मकवानपुरको मोतीपुर औद्योगिक क्षेत्र शिलान्यास भइसकेका छन् । हाल नेपालमा ११ वटा औद्योगिक क्षेत्र सन्चालित छन् । प्रधानमन्त्री ओली आजै साँझ झापाको कार्यक्रम सकेर भद्रपुरबाटै यति एयरको जहाजबाट काठमाडौँ फर्किने कार्यक्रम रहेको छ ।

 

प्रतिक्रिया दिनुहोस
फागुन २० देखि २२ गतेसम्म सार्वजनिक बिदा

    निर्वाचनमा उत्साहजनक सहभागिताका बढाउन निर्वाचन आयोगले फागुन २० देखि २२ गतेसम्म...

नेपाल उद्योग वाणिज्य महासंघमा चुनावी दौड सुरु

    निजी क्षेत्रका व्यवसायीको छाता संस्था नेपाल उद्योग वाणिज्य महासंघमा पनि चुनावी...

रास्वपाले निर्वाचन आचारसंहिता उल्लंघन गरेको राप्रपाको आरोप

    राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रवक्ता मोहन कुमार श्रेष्ठले रास्वपाले ध्वनी प्रदुषणा हुनेगरी...

ओखलढुङ्गा अस्मिता थापाका ६ संकल्प: पूर्वाधारदेखि प्रविधिसम्मको ‘रोडम्याप’

    आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्यको उपनिर्वाचनका लागि नेकपा...