प्रमाण भेटीयो भने जो कोहीलाई पनि कारबाही गर्छु : अख्तियार प्रमुख राई



हाम्रो इकोनोमि

 

अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईले प्रमाण भेटाए भने कारबाही गर्न पछि नहट्ने चेतावनी दिनु भएको छ । उहाले भ्रष्टाचार नियन्त्रणको कामलाई प्रभावकारी बनाउने बताउदै प्रमाण भेटिएमा जो कोही पनि कारवाहीमा दायरामा आउने बताउनु भएको हो ।

घट्टेकुलो समाजले शनिबार आयोजना गरेको स्वागत कार्यक्रममा प्रमुख आयुक्त राईले तथ्य र प्रमाणको आधारमा कुनैपनि भ्रष्टाचारीलाई कारबाही गर्न पछि नहट्ने स्पष्ट पार्नुभयो । ‘मेरो कार्यकालमा भ्रष्टाचारको तथ्य र प्रमाणका आधारमा कसैलाई पनि कारबाही गर्न पछि हट्ने छैन,’ उहाले भन्नुभयो, ‘तर निर्दोष व्यक्तिलाई फसाउन खोज्नेलाई पनि कारबाहीको दायरामा ल्याइनेछ ।’

नागरिक समाज र जनअपेक्षाअनुसार भ्रष्टाचार न्यूनीकरण र नियन्त्रणका लागि प्रभावकारी ढङ्गले काम गर्ने समेत उहाले बताउनु भयो । ‘नागरिक समाज र जनताले भ्रष्ट्राचारलाई नियन्त्रण गर्नुपर्‍यो भनिरहेका छन् । यहाँ धेरै भ्रष्टाचार व्याप्त छ भन्ने आवाज उठाइराख्नु भएको छ,’ उहाले अगाडी भन्नुभयो, ‘त्यो आवाजलाई मेरो कार्यकालमा विगतमा भन्दा प्रभावकारी ढंगले लैजाने प्रतिबद्धता व्यक्त गर्न चाहन्छु ।’

प्रतिक्रिया दिनुहोस
एमाले: विगतका गल्तीमा आममाफी, आलोचना गरे कारबाही

     नेकपा (एमाले) ले भर्खरै ललितपुरको च्यासलमा सम्पन्न आफ्नो तेस्रो केन्द्रीय कमिटी...

कांग्रेस महाधिवेशनमा सात हजार ११४ प्रतिनिधि, २०० बढी स्वयंसेवक परिचालन

    नेपाली कांग्रेसको १५ औँ महाधिवेशनअन्तर्गत निर्वाचनमा भाग लिने महाधिवेशन प्रतिनिधिको अन्तिम...

कांग्रेसले पदाधिकारीको संख्या बढायो, वरिष्ठ उपसभापति पद थप्ने

    नेपाली कांग्रेसले पदाधिकारीको संख्या बढाउने भएको छ । खुलामञ्चमा बसेको केन्द्रीय...

नेपाली कांग्रेस १५औँ महाधिवेशनको निर्वाचन कार्यतालिका सार्वजनिक

    नेपाली कांग्रेसको आइतबारदेखि सुरु भएको १५औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत आजदेखि बन्दसत्र हुने...