नेकपा नफुटेसम्म जसपा सरकारमा जांदैन : राजेन्द्र महतो



हाम्रो इकोनोमि

 

जनता समाजवादी पार्टी (जसपा)का शीर्ष नेता  राजेन्द्र महतोले नेकपा पार्टी कानुनीरुपमा अलग नभएसम्म जसपा कसैसँग सत्ता समिकरण नगर्ने बताउनुभएको छ ।

दलिय व्यवस्थामा फरक–फरक पार्टीबीच सहकार्य हुनु स्वभाविक भएको बताउँदै उहाँले नेकपा दुई समूहमा विभाजन भएपनि कुन समूह आधिकारीक हो भन्ने प्रष्ट नभएकाले सत्ता समिकरण यस्तो अवस्थामा सम्भव नरहेको स्पष्ट पानुभयो ।

नेपाली रेडियो नेटर्वकको नेपाली बहसमा पत्रकार ऋषी धमलासँग कुरा गर्दै नेता महतोले भन्नुभयोे,“कुनै व्यक्तिसँग सत्ता साझेदारी गर्ने होईन, पार्टी पार्टीबीच सहकार्य हुने हो, त्यसैले नेकपाको कुन समूह सिँगो नेकपा पार्टी हो भन्ने कानुनीरुपमा पुष्टि भएपछि मात्र सत्ता समिकरण गर्ने छौँ ।”

समूहले कुनै पनि हालतमा काम नगर्ने भन्दै उहाँले आधिकारीक पार्टीसँग सहकार्य हुन सक्ने दावी गर्नुभयो । देशमा राजनीतिक संकट नेकपा पार्टी कै कारण आएको आरोेप लगाउनुभयो । प्रतिगमन गर्ने र आन्दोलन गर्ने दुवै समूह एकै पार्टीको नाममा लडिरहेकाले यो संविधानको व्यवस्था विपरित भएको नतो महतोले टिप्पणी गर्नुभएको छ ।

प्रतिक्रिया दिनुहोस
एमाले: विगतका गल्तीमा आममाफी, आलोचना गरे कारबाही

     नेकपा (एमाले) ले भर्खरै ललितपुरको च्यासलमा सम्पन्न आफ्नो तेस्रो केन्द्रीय कमिटी...

कांग्रेस महाधिवेशनमा सात हजार ११४ प्रतिनिधि, २०० बढी स्वयंसेवक परिचालन

    नेपाली कांग्रेसको १५ औँ महाधिवेशनअन्तर्गत निर्वाचनमा भाग लिने महाधिवेशन प्रतिनिधिको अन्तिम...

कांग्रेसले पदाधिकारीको संख्या बढायो, वरिष्ठ उपसभापति पद थप्ने

    नेपाली कांग्रेसले पदाधिकारीको संख्या बढाउने भएको छ । खुलामञ्चमा बसेको केन्द्रीय...

नेपाली कांग्रेस १५औँ महाधिवेशनको निर्वाचन कार्यतालिका सार्वजनिक

    नेपाली कांग्रेसको आइतबारदेखि सुरु भएको १५औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत आजदेखि बन्दसत्र हुने...