अविश्वास प्रस्ताव पुरानो हो, अहिले म ओली पक्षमा छु : माया ज्ञवाली



हाम्रो इकोनोमि

 

पुस ५ गते प्रतिनिधिसभा विघटनपछि प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध अविश्‍वास प्रस्तावमा हस्ताक्षर गरेकी नेकपा सांसद माया ज्ञवालीले आफू प्रचण्ड-माधव पक्षमा नरहेको घोषणा गरेकी छन् ।

ज्ञवाली पुनःस्थापित प्रतिनिधिसभामा समानुपातिक सांसद हुन् । अविश्वास प्रस्तावमा हस्ताक्षर गर्नेमध्ये ९० जनामा उनको पनि नाम थियो ।  ज्ञवालीले अहिले आफू सत्ता पक्षमै रहेको बताइन् । यसबीचमा वामदेव गौतमको पार्टी एकता अभियानसँग समेत उनी संलग्न भएकी छन् ।

ज्ञवालीले भनिन्, ‘म केपी ओली नेतृत्वको पार्टीमा छु र पार्टी एकता होस् भनेर वामदेव गौतम कमरेडलाई पनि साथ दिएकी हुँ । संसदमा भोलि के प्रस्ताव आउँछन् त्यो फरक कुरा हो, तर म पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी ओलीको पक्षमा छु अहिले ।’

आफू यसबीचमा ओलीपक्षीय अखिल नेपाल महिला संघको अभियानमा समेत जोडिएको उनले बताइन् । ज्ञवाली दासढुंगा दुर्घटनामा निधन भएका तत्कालीन एमालेका संगठन विभाग प्रमुख जीवराज आश्रितकी पत्नी हुन् ।

प्रतिक्रिया दिनुहोस
एमाले: विगतका गल्तीमा आममाफी, आलोचना गरे कारबाही

     नेकपा (एमाले) ले भर्खरै ललितपुरको च्यासलमा सम्पन्न आफ्नो तेस्रो केन्द्रीय कमिटी...

कांग्रेस महाधिवेशनमा सात हजार ११४ प्रतिनिधि, २०० बढी स्वयंसेवक परिचालन

    नेपाली कांग्रेसको १५ औँ महाधिवेशनअन्तर्गत निर्वाचनमा भाग लिने महाधिवेशन प्रतिनिधिको अन्तिम...

कांग्रेसले पदाधिकारीको संख्या बढायो, वरिष्ठ उपसभापति पद थप्ने

    नेपाली कांग्रेसले पदाधिकारीको संख्या बढाउने भएको छ । खुलामञ्चमा बसेको केन्द्रीय...

नेपाली कांग्रेस १५औँ महाधिवेशनको निर्वाचन कार्यतालिका सार्वजनिक

    नेपाली कांग्रेसको आइतबारदेखि सुरु भएको १५औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत आजदेखि बन्दसत्र हुने...