अविश्वास प्रस्ताव पुरानो हो, अहिले म ओली पक्षमा छु : माया ज्ञवाली



हाम्रो इकोनोमि

 

पुस ५ गते प्रतिनिधिसभा विघटनपछि प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध अविश्‍वास प्रस्तावमा हस्ताक्षर गरेकी नेकपा सांसद माया ज्ञवालीले आफू प्रचण्ड-माधव पक्षमा नरहेको घोषणा गरेकी छन् ।

ज्ञवाली पुनःस्थापित प्रतिनिधिसभामा समानुपातिक सांसद हुन् । अविश्वास प्रस्तावमा हस्ताक्षर गर्नेमध्ये ९० जनामा उनको पनि नाम थियो ।  ज्ञवालीले अहिले आफू सत्ता पक्षमै रहेको बताइन् । यसबीचमा वामदेव गौतमको पार्टी एकता अभियानसँग समेत उनी संलग्न भएकी छन् ।

ज्ञवालीले भनिन्, ‘म केपी ओली नेतृत्वको पार्टीमा छु र पार्टी एकता होस् भनेर वामदेव गौतम कमरेडलाई पनि साथ दिएकी हुँ । संसदमा भोलि के प्रस्ताव आउँछन् त्यो फरक कुरा हो, तर म पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी ओलीको पक्षमा छु अहिले ।’

आफू यसबीचमा ओलीपक्षीय अखिल नेपाल महिला संघको अभियानमा समेत जोडिएको उनले बताइन् । ज्ञवाली दासढुंगा दुर्घटनामा निधन भएका तत्कालीन एमालेका संगठन विभाग प्रमुख जीवराज आश्रितकी पत्नी हुन् ।

प्रतिक्रिया दिनुहोस
काठमाडौं उपत्यकाबाट सबै जिल्लावासीले नागरिकताको प्रतिलिपि पाउने

    अन्य जिल्लाका नेपाली नागरिकले पनि अब काठमाडौं उपत्यकाबाट नागरिकताको प्रतिलिपि लिन...

आनीको नियुक्तिप्रति कांग्रेसको पनि आपत्ति

    लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्माको नियुक्तिलाई लिएर प्रमुख प्रतिपक्षी...

बैंकहरूको गैरबैंकिङ सम्पत्ति ४७ अर्ब नाघ्यो

    वाणिज्य बैंकहरूमा कर्जा असुली तथा धितो व्यवस्थापनसँग जोडिएको गैरबैंकिङ सम्पत्तिको आकार...

बजारमा चलनचल्तीको मुद्रा ९ खर्ब नजिक

    दसैँको चहलपहलसँगै नेपाली बजारमा नगदको प्रवाह उल्लेख्य रूपमा बढेको छ ।...