रेशम चौधरीलाई रिहाइ गर्नेभए प्रचण्डको सरकारमा जान्छौ : जसपा



हाम्रो इकोनोमि

 

उपेन्द्र यादव, महन्थ ठाकुरसहितका मधेस केन्द्रित दलका नेताहरूले राजनीतिक अस्थिरताको फाइदा उठान शुरु गरेका छन् । उपेन्द्र–महन्थले संविधान संशोधन र रेशमलाल चौधरीको रिहाइ माग गरेका छन् । नेकपाभित्रको विवादले राजनीति तरल बनेका बेला उपेन्द्र–महन्थले यस्ता उट्पट्याङ माग राखेका हुन् ।

प्रचण्ड–माधव समूहसँग राजेन्द्र श्रेष्ठले संविधान र रेशमलाल चौधरीको रिहाइको माग गरिएको बताएका छन् । प्रचण्ड–माधवसँग उपेन्द्र–महन्थले पार्टी विभाजनको पनि सर्टिफिकेट मागेका छन् ।

मुलुकमा राजनीतिक अस्थिरता भएका बेला उपेन्द्र–महन्थहरूले संविधान संशोधनको विषयलाई उठाउने गरेका छन् । सरकारमा सहभागी भएर बाहिरिएका उपेन्द्रले कहिल्यै पनि संविधान संशोधनको माग उठाएनन् ।

सरकार बाहिर आउनेवित्तिकै संविधान संशोधनका नाममा सरकारमा पुगेर हालिमुहाली गर्ने योजनामा सधैँ रहने गरेको आरोप छ । यस पटक पनि उपेन्द्र यादव सरकारमा हालिमुहाली गर्ने योजनामा छन् । उपेन्द्रले केपी ओलीसँग भन्दा आफूलाई प्रचण्ड–माधव समूहतिर निकट बनाएका छन् ।

प्रतिक्रिया दिनुहोस
एमाले: विगतका गल्तीमा आममाफी, आलोचना गरे कारबाही

     नेकपा (एमाले) ले भर्खरै ललितपुरको च्यासलमा सम्पन्न आफ्नो तेस्रो केन्द्रीय कमिटी...

कांग्रेस महाधिवेशनमा सात हजार ११४ प्रतिनिधि, २०० बढी स्वयंसेवक परिचालन

    नेपाली कांग्रेसको १५ औँ महाधिवेशनअन्तर्गत निर्वाचनमा भाग लिने महाधिवेशन प्रतिनिधिको अन्तिम...

कांग्रेसले पदाधिकारीको संख्या बढायो, वरिष्ठ उपसभापति पद थप्ने

    नेपाली कांग्रेसले पदाधिकारीको संख्या बढाउने भएको छ । खुलामञ्चमा बसेको केन्द्रीय...

नेपाली कांग्रेस १५औँ महाधिवेशनको निर्वाचन कार्यतालिका सार्वजनिक

    नेपाली कांग्रेसको आइतबारदेखि सुरु भएको १५औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत आजदेखि बन्दसत्र हुने...