रेशम चौधरीलाई रिहाइ गर्नेभए प्रचण्डको सरकारमा जान्छौ : जसपा



हाम्रो इकोनोमि

 

उपेन्द्र यादव, महन्थ ठाकुरसहितका मधेस केन्द्रित दलका नेताहरूले राजनीतिक अस्थिरताको फाइदा उठान शुरु गरेका छन् । उपेन्द्र–महन्थले संविधान संशोधन र रेशमलाल चौधरीको रिहाइ माग गरेका छन् । नेकपाभित्रको विवादले राजनीति तरल बनेका बेला उपेन्द्र–महन्थले यस्ता उट्पट्याङ माग राखेका हुन् ।

प्रचण्ड–माधव समूहसँग राजेन्द्र श्रेष्ठले संविधान र रेशमलाल चौधरीको रिहाइको माग गरिएको बताएका छन् । प्रचण्ड–माधवसँग उपेन्द्र–महन्थले पार्टी विभाजनको पनि सर्टिफिकेट मागेका छन् ।

मुलुकमा राजनीतिक अस्थिरता भएका बेला उपेन्द्र–महन्थहरूले संविधान संशोधनको विषयलाई उठाउने गरेका छन् । सरकारमा सहभागी भएर बाहिरिएका उपेन्द्रले कहिल्यै पनि संविधान संशोधनको माग उठाएनन् ।

सरकार बाहिर आउनेवित्तिकै संविधान संशोधनका नाममा सरकारमा पुगेर हालिमुहाली गर्ने योजनामा सधैँ रहने गरेको आरोप छ । यस पटक पनि उपेन्द्र यादव सरकारमा हालिमुहाली गर्ने योजनामा छन् । उपेन्द्रले केपी ओलीसँग भन्दा आफूलाई प्रचण्ड–माधव समूहतिर निकट बनाएका छन् ।

प्रतिक्रिया दिनुहोस
काठमाडौं उपत्यकाबाट सबै जिल्लावासीले नागरिकताको प्रतिलिपि पाउने

    अन्य जिल्लाका नेपाली नागरिकले पनि अब काठमाडौं उपत्यकाबाट नागरिकताको प्रतिलिपि लिन...

आनीको नियुक्तिप्रति कांग्रेसको पनि आपत्ति

    लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्माको नियुक्तिलाई लिएर प्रमुख प्रतिपक्षी...

बैंकहरूको गैरबैंकिङ सम्पत्ति ४७ अर्ब नाघ्यो

    वाणिज्य बैंकहरूमा कर्जा असुली तथा धितो व्यवस्थापनसँग जोडिएको गैरबैंकिङ सम्पत्तिको आकार...

बजारमा चलनचल्तीको मुद्रा ९ खर्ब नजिक

    दसैँको चहलपहलसँगै नेपाली बजारमा नगदको प्रवाह उल्लेख्य रूपमा बढेको छ ।...